Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौली नगरपालिका र वडा नं २ले अदालतको फैसला कार्यान्वयन गरेन,पुनः मुद्दा दर्ता
मेलौली नगरपालिका र वडा नं २ले अदालतको फैसला कार्यान्वयन गरेन,पुनः मुद्दा दर्ता
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, जेठ ९, २०८१

बैतडी
बैतडीको मेलौली नगरपालिकाको वडा नं २ को कार्यालय, मेलौली नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अदालतको परमादेश कार्यान्वयन नगरेको भन्दै  पुनः मुद्दा दायर गरिएको छ । मेलौली–२ का दिपेन्द्र बहादुर चन्दले फैसला कार्यान्वयन निर्देशनालयमा परमादेश कार्यान्वयन गराइ पाउँ भन्दै निवेदन दिएका हुन । 
२०७६ सालमा वर्षाका कारण घरमा क्षति पुगेको र आवश्यक क्षतिपूर्ति पाउ भन्दै वडा कार्यालयमा प्रहरी मुचुल्का, तस्वीर र निवेदन पेश गरेका थिए । तर उक्त निवेदन नै गायव पारिएको थियो । वडा कार्यालयले नगरपालिकामा पठाएको भनेको छ तर नगरपालिकाले भने वडाबाटै उक्त निवेदन नगरपालिकामा नपुगेको बताउदै आएको थियो । 
त्यसपछि चन्दले गायब भएका कागजातको बारेमा सूचनाको हक सम्बन्धि ऐन २०६४ बमोजिम सूचना माग्दा २ नं वडा कार्यालयले “ती कागजात मेलौली नगरपालिकाको कार्यालयमा पठाएका थियौं पछि नगरपालिकाले नैं गायब गरेको होला” भन्ने लिखित जानकारी दिएको छ । अर्कोतिर सो नगरपालिकाको कार्यालयले “ती कागजात २ नं वडा कार्यालयबाट गायब भएको” भन्ने लिखित सूचना दिएको छ !
यसबारे राष्ट्रिय सूचना आयोग, हेलो सरकार, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय  र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गर्दा कुनै कारवाही नभएपछि उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयका विरुद्ध रिट दायर गरेका थिए ।  सो रिटमा फैसला हुँदा कागजात गायब गर्नेलाई कारवाही गर्ने बारे फैसलामा अदालतले ‘केही नबोली मौन बसी  निवेदकलाई मनासिब राहत रकम दिनु’ भनी २०७९फागुन १७ गते  परमादेश जारी भएको थियो । 
सो परमादेश अबज्ञा गरि आजसम्म राहत नदिएकाले सोमबार  फैसला कार्यान्वयन निर्देशनालयमा परमादेश कार्यान्वयन गराइ पाउँ भन्ने निवेदन हुलाकबाट पठाएको चन्दले बताएका छन् । 
स्थानीय सरकारबाट सर्वसाधारणले सेवा पाउनु निकै कठिन भइ रहेको बताउदै चन्दले यस विषयको निचोडमा पुगि छाड्ने अडान लिएका छन् । 
आफू कुनैपनी राजनीतिक दलमा आबद्द नभएकै कारण आफुलाई राहात कार्यक्रममा नसमेटेको र अदालतको परमादेश कार्यान्वयन नभएको अवस्थामा कागजात गायब गर्ने व्यक्तिलाई कारवाही गर्न कीर्ते, जालसाजी र सार्वजनिक न्याय विरुद्धको कसूर मध्ये कुनै एक मुद्दा दिने बताएका छन् । यतिमात्रै हैन परमादेश अबज्ञा गरि अदालतको अपहेलना गरेको भन्ने समेत मुद्दा दिने उनले चेतावनी दिएका छन् । 
गैरराजनीतिक र न्याय खोज्न मरिहत्ते गर्ने मान्छे हुनाले मुद्दा  लडी लडी समय, श्रम र पैसा बर्बाद भएको र दुःख भोग्दै आएको बताउदै चन्दले जताततै न्याय मरेको अवस्था आएको दुःखेसो पोखे । 
यस विषयमा वडानं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले वडा कार्यालयबाट नगरपालिकाको कार्यालयमा सो निवेदन पेश गरेको विवरण्ता भेटिएको बताएका छन् । ‘वडा कार्यालयबाट राहात मागका लागि दिएको निवेदन पठाएको भेटिएको छ, तर नगरपालिकाबाटै के भयो थाहा भएन,’ वडा अध्यक्ष भट्टले भने । नगरपालिकाले आवश्यक निर्णयगरी राहात अझै पनि दिनसक्ने उनको भनाइ रहेको छ ।  
नगर प्रमुख भिम बहादुर चन्दले पनि २०७६ सालमा भएका विपदका घटनाको राहात दिन सकिने बताएका छन् । तर प्रक्रियामा आउनुपर्ने नगर प्रमुख चन्दको भनाइ छ । 
तर सुरुमा अदालतमा मुद्धा दायर गर्दा वडा कार्यालयमा पेश गरेका सबै कागजात पेश गरिएको छ । सोही कागजातका आधारमा परामादेश जारी गरेको हो । नगरपालिकाको विपद व्यवस्थापन समिति र नगर कार्यपालिकामा अदालतको फैसला आएको र कती राहात दिने भन्ने विषयमा छलफलगरी निर्णय गर्न सकिन्छ । यस विषयमा नगरपालिकाले चासो दिएको छैन । 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्