Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सडक डिभिजन कार्यालयमा तालाबन्दी, स्थानीय आन्दोलित
बैतडीको सडक डिभिजन कार्यालयमा तालाबन्दी, स्थानीय आन्दोलित
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ १६, २०८१

बैतडी, 
बैतडीको पाटन स्थित सडक डिभिजनको कार्यालयमा तालाबन्दी गरिएको छ । पाटन नगरपालिका–१ र ७ जोड्ने सुर्नया नदीमाथि बन्न लागेको मोटरेबल पुल निर्माणमा लापरवाही गरेको भन्दै सडक डिभिजन कार्यालयको कार्यालय प्रमुख, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरिएको हो । 
स्थानीयहरुले बुधबार संघर्षका कार्यक्रम स्वरुप तालाबन्दी गरेको वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकबारी दिए । संघर्षको कार्यक्रममा वडा नं १ र ७ का स्थानीयहरु सहभागि भई संघर्षमा उत्रिएको वडा अधयक्ष ठगुन्नाले बताए ।
बुधबार दिउँसो स्थानीयहरु सहभागि भई एक घण्टा राजमार्ग समेत अवरुद्ध गरेका थिए । 
सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द लामिछानेले पुल निर्माणको विषयमा ठोस निर्णय दिनुपर्ने संघर्षरत पक्षको माग रहेको छ । 
निर्माण कम्पनीलाई कालो सुचीमा राख्ने प्रक्रियामा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यसका लागि जेठ ११ गते नै १५ दिने सूचना काटिएको डिभिजन कार्यालयका ईन्जिनियर लिलाधर भट्टले जानकारी दिए । 
२०७१ साल साउन ६ गते ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने भन्दै २ करोड ९१ लाख २७ हजार ३५५ रुपैयामा चितवनको एड्भेन्चर कन्ट्रक्सन प्रालीसँग सम्झौता भएको थियो । सम्झौता भएको १० वर्ष पुरा भइसक्दापनि हालसम्म पुल निर्माणको काम पुरा भएको छैन । हालसम्म करिब ७० प्रतिशत मात्रै काम पुरा भएको छ । 
बेलाबेला सडक डिभिजन कार्यालयलाई पुल निर्माणको काम छिटो गराउन माग गर्दापनि ठोस प्रगति नभएपछि आन्दोलनमा उत्रिनु पर्ने अवस्था आएको स्थानीयहरुको भनाइ रहको छ । उक्त पुल नबन्दा वडा नं १ र ७ का स्थानीयहरुलाई निकै सास्ती भइरहेको छ ।
सडक डिभिजन कार्यालयका प्रमुखले पुल निर्माणको लागि ठोस निर्णय नदिएसम्म तालाबन्दी जारी रहने संघर्षका सहभागिहरुले बताएछन् । निर्माण कम्पनीका प्रतिनिधि र डिभिजन कार्यालयका प्रमुखसहितको मिलोमतोमा ढिलासुस्ती भइरहेको स्थानीयहरुको आरोप छ । 
 


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्