Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरपालिकाले सुरु ग¥यो शिक्षकहरुका लागि ‘इमिस’ सम्बन्धी तालिम
पाटन नगरपालिकाले सुरु ग¥यो शिक्षकहरुका लागि ‘इमिस’ सम्बन्धी तालिम
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, जेठ १७, २०८१

बैतडी,  
बैतडीको पाटन नगरपालिकाले शिक्षकहरुका लागि सिकाइ आपूरण तथा दु्रत सिकाई योजना कार्यान्वयन तथा इमिस अध्यावधिक सम्बन्धी तालिम सुरु गरेको छ । बिहिबार वडा नं ८, ९ र १०का सामुदायिक विद्यालयका प्रद्यानाध्यापक र कम्प्युटर शिक्षकहरुका लागि एक दिने तालिम सञ्चालन गरिएको हो । 
वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिश बिष्टको सभाध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख कमल सिंह बोहरा रहनु भएको थियो । 
यस तालिमबाट शिक्षकहरुलाई इमिस सम्बन्धी जानकारी अभिवृद्धि हुने अपेक्षा गरिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । नगरपालिकाका सबै विद्यालयका प्रद्यानाध्यापक र कम्प्युटर शिक्षकहरुलाई यो तालिम प्रदान गरिन लागिएको उनले बताए । 
कार्यक्रमका सहभागि शिक्षकहरुले इमिस सम्बन्धी देखिएका समस्या समाधान हुने र यस तालिमबाट पुनरताजकी प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । 

Kamal-singh-bohara-1717056158.jpg
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख बोहराले पाटन नगरपालिकाले शिक्षामा लगाएको लगानीको प्रतिफल आउनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘नगरपालिकाले नगर शिक्षकको तलव मार्फत मात्रै ४ करोड बजेट वार्षिका सक्ने गरेको छ, यसमा महालेखाको परिक्षकको कार्यालयले वर्षैपिच्छे सैद्धान्तिक बेरुजु देखाउछ, जसका कारण नयाँ आर्थिक वर्षमा आउन बजेट घ्टदो अवस्थामा छ, यति लगानीबाट प्रतिफल पनि राम्रो आउनुपर्यो, यसतर्फ सबैले सोच्नुपर्ने देखियो,’ ।  
नगरपालिकाका सामुदायिक विद्यालयहरुमा  नयाँ प्रद्यानाध्यापक छनौट भएको र सबै प्रद्यानाध्यापकहरुले विद्यालय सुधार तथा विकास योजना अनुसार काम गर्नुपर्ने अवगत गराए । यस वर्षको कक्षा ८ को तनिजाबाट अभिभावकहरु चिन्तित रहेको बताउदै अभिभावकहरुको नैरास्यतालाई खुसीमा बदल्नुपर्ने समेत उपप्रमुख बोहराले बताए । 

Harish-Bist-1717056180.jpg
उद्घाटन कार्यक्रमको समापन गर्दै वडा नं ८ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक हरिश बिष्टले शिक्षक तथा प्रद्यानाध्यापकहरुको मागको आधारमा यो तालिम आयोजना गरिएको अवगत गराए ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने अध्यक्ष बिष्टको जोड थियो । 
नगरपालिकाबाट पनि चालु शैक्षिक सत्रमा नयाँ तथा अतिरिक्त कार्यक्रम गर्ने तयारीमा रहेकाले सबैको सुझाव अनुसार अघि बढ्न सामाजिक विकास समिति तयार रहेको बताए । 
‘शिक्षामा परिवर्तनको लागि नगरपालिका र विद्यालयहरुबाट पनि नयाँ कार्यको थालनी भएको छ, यो शैक्षिक सत्रको सुरुवातमा भएको यस्ता कार्यक्रमले राम्रो नतिजा दिन्छ भन्नेमा विश्वस्त छौँ,’ बिष्टले भने ।  
अध्यक्ष बिष्टले प्राविधिक शैक्षिक सामाग्रीको अभाव तथा समस्या भोग्दै आएका विद्यालयहरुका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्न सकिने समेत बताए । 
उनले प्रविधिसँग जोडिएका शैक्षिक समाग्री अभाव रहेका विद्यालयहरुको सुची बनाउन समेत शिक्षा शाखालाई अवगत गराए । 
केही विद्यालयहरुमा कम्प्युटरको समेत अभाव रहेको गुनासो गरेका थिए भने केही विद्यालयहरुले इन्टरनेटमा आइरहने समस्याले काम गर्न असहज हुने गरेको गुनासो सुनाएका थिए । 
यस विषयमा नगरपालिकामा आवश्यक छलफल गरिने बताइएको थियो ।

 

 


प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्