Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया–४स्थित पञ्चदेव आविमा शिक्षकहरुबाट आर्थिक रकम मागिएको खुलासा, कानुनी निकाय आकर्षित हुने
सुर्नया–४स्थित पञ्चदेव आविमा शिक्षकहरुबाट आर्थिक रकम मागिएको खुलासा, कानुनी निकाय आकर्षित हुने शिक्षकहरुबाट आर्थिक रकम मागिएको भरपाइ नै भेटिएको छ । यसरी शिक्षक नियुक्ती गरेबाफत आर्थिक लेनदेन हुने गरेको भएकाले नयाँ शिक्षक नियुक्तीमा उल्झन पैदा भएको छ । 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ ३१, २०८१

बैतडी, 
बैतडीको सुर्नया गाउँपालिका–४ स्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकहरुबाट ५८ हजार रुपैया रकम असुलेको पाइएको छ । शिक्षक नियुक्ती भएपछि दुवै शिक्षकबाट चन्दास्वरुप विद्यालयलाई आर्थिक सहयोग स्वरुप रकम असुलेको पाइएको हो ।  
गत वर्ष पालिका अनुदान कोटामा शिक्षक हेमराज भट्ट र सरस्वती लुहारलाई नियुक्त गरिएको थियो । उक्त नियुक्ती गरे वाफत ५८ हजार रुपैया रकम असुलेको पाइएको हो । शिक्षक नियुक्त भएपछि उनिहरुबाट सो रकम विद्यालयको खातामा राखिएको प्रद्यानाध्यापक केशव बहादुर मडैले स्वीकार गरेका छन् ।
यो घटना बाहिरिएपछि सुर्नया गाउँपालिका र शिक्षा विकास तथा समन्यव इकाई बैतडीले चासो राखेको थियो । यस विषयमा सत्यतथ्य बुझ्न विद्यालयलाई पत्र पठाएको थियो । 
सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंक प्रशाद अवस्थीले प्रद्याधानाध्यापक केशव बहादुर मडै र विद्यललय व्यवस्थापन समितिका अध्यक्ष करुणाकर भट्टलाई बुधबार पालिकामा बोलाइएको थियो । 
विव्यस अध्यक्ष र भट्टले शिक्षकद्धय हेमराज भट्ट र सरस्वती लुहारबाट चन्दा स्वरुप आर्थिक सहयोग मागिएको भरपाई देखाएको शिक्षा शाखा प्रमुख अवस्थीले जानकारी गराएका छन् ।  ‘हामिले विव्यस अध्यक्ष र प्रअलाई बोलाएका थियौँ, उनिहरुले भरपाई लिएर आएका थिए, दुवै शिक्षकले चन्दास्वरुप आर्थिक सहयोग गरेको भनिएको थियो,’ शिक्षा शाखा प्रमुख भट्टले भने । 
यसैगरी शिक्षा शाखा प्रमुख अवस्थीले दिवाखाजाको विषयमा बिलमा मसिनो चामल उल्लेख नभएको हुनाले अहिले नै विद्यार्थीको भागको चामल भन्न नसकिएको बताएका छन् । ‘पसलबाट डायरीमा दिवा खाजा भनेर आएको छ, तर बिलमा सो कुरा उल्लेख छैन,’ उनले भने । यसअघि विद्यार्थीकै लागि भनेर मसिनो चामल ल्याइएको र सो चामलबाट खानेपानी योजनामा काम गर्ने कामदारहरुलाई दिएको खुलेको थियो ।   
यस विषयमा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले पनि चासो राखेका छन् । प्रमुख जिल्ला अधिकारी शर्माले शिक्षक नियुक्ती भएपनि विद्याललाई चन्दास्वरुप उपलब्ध भएपनि नियमसंगत नभएको बताएका छन् । शिक्षकबाट रकम मागिएको भरपाई नै भेटिएको जानकारी पाएको र यो नियमसँगत नभएको उनको भनाइ छ । यसमा कानुनी निकाय र अख्तियार समेत आकर्षित भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 
प्रमुख जिल्ला अधिकारी शर्माले प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउने समेत बताए । 
समाचार संकलनका क्रममा विद्यालयमा पुगेका सञ्चारकर्मीहरुलाई नै उल्टै कारवाही हुनुपर्ने धारणा पनि राखेको पाइएको छ । शिक्षक नियुक्तीमा आर्थिक स्वार्थ बाझिने गतिबिधि भएको लिखित भरपाई समेत पालिकामा पुगेपछि विद्यालयले गरेको त्रुटीको पुष्टि भएको छ । तर उल्टै सञ्चारकर्मी र सञ्चार माध्यमलाई कारवाहीको धम्की दिइरहेको भेटिएको छ । 
  
शिक्षक नियुक्त गरेर चन्दास्वरुप शिक्षकबाट पैसा लिने गरेको परिपाटी बसेको पाइएपछि संघीय अनुदानको शिक्षक नियुक्तीमा उल्झन भएको भेटिएको छ । 
 


प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्