Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगासको भुवनेश्वरी माविमा छात्राहरु काम्ने समस्याले विद्यालयको वातावरण प्रभावित
सिगासको भुवनेश्वरी माविमा छात्राहरु काम्ने समस्याले विद्यालयको वातावरण प्रभावित
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असार २, २०८१

बैतडी, 
बैतडीको सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरु काम्ने समस्याका कारण विद्यालयको वातावरण प्रभावित भइरहेको विद्यालयले जनाएका छ । बिगत लामो समयदेखि दिउँसोको समयमा एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण देखिएको शिक्षकहरुले बताएका छन् । 
आइतबार पनि पाँच जना किशोरीहरुमा यस्तो समस्या देखिएको र एक किशोरी सामान्य घाइते भएको समेत विद्यालयका सूचना अधिकारी अमर सिंह धामीले जानकारी दिएका छन् । यसले पढाईमा बाधा पुगेको उनले बताए । 
यसअघि पनि यस्तै घटनाका कारण संगिता धामी घाइते हुन पुगेकी सूचना अधिकारी धामीले बताएका छन् । ‘संगितालाई प्रद्यानाध्यापकले कुटपिट गरेको भनिएको थियो, त्यसमा सत्यता छैन, आइतबार पनि यस्तो खालको घटना हुदा हामिले भिडियो नै बनाएर सामाजिक सञ्जालमा राखेका छौँ,’ उनले भने । 
विद्यालय भिरमा भएकाले खेलमैदानमा लडिबुडी गर्दागर्दै लड्ने स्थिति हुने भएकाले शिक्षकहरु मिलेर कक्षा कोठामा राखेको उनले बताए । 
‘खेलमैदान साँघुरो छ, त्यहाबाट लड्ने स्थिति हुन्छ, त्यँहाबाट लड्यो भने ठुलो घटना हुने स्थिति हुन्छ, आजलपनि कक्षा ७ मा अध्यायनरत किशोरी ललिताको हातमा चोट लागेको छ,’ उनले भने । 
गाउँमा ‘वैनाले छोएको’ भन्ने गरिएको शिक्षक धामीले बताएका छन् । यस विद्यालयमा यस्तो लक्षण करिब एक दर्जन किशोरीहरुमा समस्या रहेको र यसले विद्यालयको वातावरण प्रभाव परेको छ । 
सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले यस्तो समस्या विद्यालयमा मात्रै नभई गाउँमा पनि समस्या देखिएको बताएका छन् । यहाँका अधिकांश विद्यालयहरुमा यस्तो समस्या रहेको र यो समस्या समाधानको लागि आवश्यक चिकित्सकीय परामर्शको कार्यक्रम सञ्चालनका लागि पालिकाले पहल चालिरहेको बताएका छन् । ‘गत वर्ष पनि सारदा माविमा यस्तो समस्या विकराल थियो, त्यहाँ कार्यक्रम चलायौँ, अहिले त्यहाँ शान्त छ,’ अध्यक्ष धामीले भने ‘अन्य विद्यालयहरुमा पनि यस्तो समस्या देखिएकाले हामी रोकथामको कार्यक्रम चलाउछौँ,’ अध्यक्ष धामीले भने । 
यसअघि मनिसा धामीलाई शिक्षकहरुले कुटपिट गरेका भन्दै झुटो हल्ला फैलाएको अध्यक्ष धामीको भनाइ छ । शिक्षकले कुट्यो भनेर सामाजिक सञ्जालमा आयो, हामिले यसबारे अनुगमन गर्यौँ, त्यहाको समस्या हेर्दा बाहिर भनेजस्तो देखिएन, अझै पनि यसबारे अन्य निकायले बुझिरहेका छन्, हामि पनि आवश्यक सहयोग गर्छाैँ, उनले भने । 
सिगास गाउँपालिककाका शिक्षा शाखा प्रमुख रमेश प्रशाद भट्टले यस विषयमा प्रशानिक निकायले चासो राखेको बताएका छन् । ‘आज पनि शिवलिङ प्रहरी चौकीको टोली त्यहा पुगेर आएको छ, अब छ्टिटै इलाका प्रहरी कार्यालय पाटनबाट पनि टोली आउने भन्ने छ,’ शिक्षा शाखा प्रमुख भट्टले भने, ‘बाहिर हल्ला फौलाएजस्तो देखिदैन, अनुशान्धान मा छौँ,’ उनले भने ।  
यसअघि मनिसा धामीलाई कुटपिट गरी घाइते बनाएको आरोप लागेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
यस विषयमा शिक्षा विकास तथा समन्वय इकाईले पनि चासो राखेको प्रहरीको अनुसन्धानपछि आवश्यक कदम चाल्ने इकाई प्रमुख नरेन्द्र अवस्थीले बताए । 
 


प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्