Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बिरभान हत्या प्रकरण:४जनाको सङ्लग्नता,थप दुई पक्राउ, एक दिन शव घरमै,बाइक प्रयोग !
बिरभान हत्या प्रकरण:४जनाको सङ्लग्नता,थप दुई पक्राउ, एक दिन शव घरमै,बाइक प्रयोग !
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असार ३, २०८१

तीन  दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का बिरभान सिंह बिष्टको हत्या भएको खुलेको छ । उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उरिक्षक दिपक गिरिले वीरभानको हत्यामा सोही ठाउकी शिक्षिका भागरथी विष्ट र अन्य तीन जना युवाहरुको संलग्नता रहेको बताएका छन । प्रहरीले हत्याको आरोपमा शिक्षिका भागरथी विष्ट र सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पक्राउ गरेको जनाएको छ ।
५१ वर्षीय वीरभान बिष्ट असारको ्र१ गते देखि बेपत्ता भएका थिए । उनका आफन्तले सोमबार मात्रै प्रहरीमा उनी वेपत्ता भएको खबर गरेका थिए । आफन्तको उजुरीका आधारमा पक्राउ परेकी शिक्षिका भागरथीले दिएको प्रारम्भीक बयानका आधारमा प्रहरीले वीरभानको शव पनि फेला पारेको छ भने घटनामा सङ्लग्न मध्ये,भागरथी   र थप २ जना युवकहरु पक्राउ गरेको जनाएको छ ।
विष्टको शव पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको थियो । स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको थियो । बिष्टको मोबाइल भागरथीसँग फेला परेपछि उनकै बयानका आधारमा हत्यामा संलग्नको पहिचान गरिएको प्रहरीले जनाएको छ ।  हत्या गरिएका बिष्ट ट्रक चालक हुन् भने उनी शिक्षिका भागरथीका ससुरा नाता पर्छन ।
यसरी गरिएको थियो वीरभानको हत्या (प्रहरीले लिएको प्रारम्भीक बयानका आधारमा)
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ की भागरथी विष्ट र वीरभान विष्टका बीच आर्थिक लेनदेनको सम्बन्ध पनि थियो । अन्य सम्बन्धको बारेमा पुष्ठि भएको छैन ।

हत्यासम्मको स्थिति कसरी आयो ? भन्ने यकिन भएको छैन । 
भागरथीका श्रीमानको १० वर्ष अघि नै मृत्यु भईसकेको थियो । उनी एकल भएपछि शिक्षण पेशामा थिईन ।
असारको १ गते राती भागरथीको घरमा पुगेको खुलेको छ ।

केही विवाद भएपछि भागरथीले चिरपटले उनको टाउकोमा हानेको खुलेको छ। हत्यामा केही अन्यको पनि सङ्लग्नता रहेको प्रहरीको दाबी छ । बयानबाट पनि पुष्टि भएको प्रहरीको भनाइ छ । 
प्रहरी नायव उपरिक्षक दिपक गिरि भन्छन, ‘प्रारम्भीक बयानका आधारमा त्यहाँ केहि युवाहरुले पनि वीरभान माथि कुटपिट गरेको हुन सक्छ । वीरभानको भागरथीकै घरमा मृत्यु हुन्छ । भागरथीले मृत्यु भईसकेका वीरमानको शव आफ्नै घरमा लुकाउछिन ।’

त्यसपछि शव ब्यवस्थापनको योजना बन्छ । भागरथीको घर पाटन नगरपालिकामा पर्ने पाटन–पञ्चेश्वर सडक भन्दा माथि अथवा पाटनको खतवारीको फाँटको माथि छ । शनिबार राती मारिएका वीरमानको शव आईतबारको दिनभरी भागरथीकै घरभीत्र रहन्छ । 
केही युवाहरुलाई भागरथीले शव ब्यवस्थापनका लागि बोलाउछिन । आईतबारको राती तीन जना युवाहरु राजेन्द्र भट्टराई, किशोर भट्टराई र एकजना फरार रहेका युवाहरु आउछन । उनीहरुले वीरभानको शव पाटनको खेत (सेरो),प्लाष्टिकमा बेरेर तानेर पाटन–पञ्चेश्वर सडकसम्म पुगाउछन । 
भागरथीको घर देखि खेतैखेत शव तानेको निसानहरु पनि प्रहरीले संकलन गरिसकेको छ । सडकमा ती युवकहरुले ल्याएको मोटरसाईकल तयारी अवसथामा हुन्छ । एकजनाले मोटरसाईकल चलाउछन भने अर्कोले बीचमा शव राखेर बोक्ने काम गर्छन । घिसारेर सडकमा पुगाईएको स्थानबाट वीरभानको शव झण्डै ५ किलोमिटर पञ्चेश्वतर्फ लगेर घाङल भीरमा फालिन्छ । 
डिएसपी गिरि भन्छन, ‘ती मध्येकाका २ जना युवाहरु किशोर र राजेन्द्र शव फालिसकेपछि बसमा तराई तिर हिड्छन । तर उनीहरुलाई भागरथी पक्राउ परिसकेको र उनीहरुको नाम प्रहरीले थाहा पाईसकेको जानकारी हुन्छ  । उनीहरु बसबाट झरेर जीपमा बस्नछन । प्रहरी उनीहरुलाई डडेल्धुराको साहुखर्कबाट पक्राउ गरेको छ ।’ 
(प्रहरीलाई दिएको बयानका आधारमा)


प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्