Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बिरभान हत्या प्रकरण:४जनाको सङ्लग्नता,थप दुई पक्राउ, एक दिन शव घरमै,बाइक प्रयोग !
बिरभान हत्या प्रकरण:४जनाको सङ्लग्नता,थप दुई पक्राउ, एक दिन शव घरमै,बाइक प्रयोग !
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असार ३, २०८१

तीन  दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का बिरभान सिंह बिष्टको हत्या भएको खुलेको छ । उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उरिक्षक दिपक गिरिले वीरभानको हत्यामा सोही ठाउकी शिक्षिका भागरथी विष्ट र अन्य तीन जना युवाहरुको संलग्नता रहेको बताएका छन । प्रहरीले हत्याको आरोपमा शिक्षिका भागरथी विष्ट र सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पक्राउ गरेको जनाएको छ ।
५१ वर्षीय वीरभान बिष्ट असारको ्र१ गते देखि बेपत्ता भएका थिए । उनका आफन्तले सोमबार मात्रै प्रहरीमा उनी वेपत्ता भएको खबर गरेका थिए । आफन्तको उजुरीका आधारमा पक्राउ परेकी शिक्षिका भागरथीले दिएको प्रारम्भीक बयानका आधारमा प्रहरीले वीरभानको शव पनि फेला पारेको छ भने घटनामा सङ्लग्न मध्ये,भागरथी   र थप २ जना युवकहरु पक्राउ गरेको जनाएको छ ।
विष्टको शव पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको थियो । स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको थियो । बिष्टको मोबाइल भागरथीसँग फेला परेपछि उनकै बयानका आधारमा हत्यामा संलग्नको पहिचान गरिएको प्रहरीले जनाएको छ ।  हत्या गरिएका बिष्ट ट्रक चालक हुन् भने उनी शिक्षिका भागरथीका ससुरा नाता पर्छन ।
यसरी गरिएको थियो वीरभानको हत्या (प्रहरीले लिएको प्रारम्भीक बयानका आधारमा)
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ की भागरथी विष्ट र वीरभान विष्टका बीच आर्थिक लेनदेनको सम्बन्ध पनि थियो । अन्य सम्बन्धको बारेमा पुष्ठि भएको छैन ।

हत्यासम्मको स्थिति कसरी आयो ? भन्ने यकिन भएको छैन । 
भागरथीका श्रीमानको १० वर्ष अघि नै मृत्यु भईसकेको थियो । उनी एकल भएपछि शिक्षण पेशामा थिईन ।
असारको १ गते राती भागरथीको घरमा पुगेको खुलेको छ ।

केही विवाद भएपछि भागरथीले चिरपटले उनको टाउकोमा हानेको खुलेको छ। हत्यामा केही अन्यको पनि सङ्लग्नता रहेको प्रहरीको दाबी छ । बयानबाट पनि पुष्टि भएको प्रहरीको भनाइ छ । 
प्रहरी नायव उपरिक्षक दिपक गिरि भन्छन, ‘प्रारम्भीक बयानका आधारमा त्यहाँ केहि युवाहरुले पनि वीरभान माथि कुटपिट गरेको हुन सक्छ । वीरभानको भागरथीकै घरमा मृत्यु हुन्छ । भागरथीले मृत्यु भईसकेका वीरमानको शव आफ्नै घरमा लुकाउछिन ।’

त्यसपछि शव ब्यवस्थापनको योजना बन्छ । भागरथीको घर पाटन नगरपालिकामा पर्ने पाटन–पञ्चेश्वर सडक भन्दा माथि अथवा पाटनको खतवारीको फाँटको माथि छ । शनिबार राती मारिएका वीरमानको शव आईतबारको दिनभरी भागरथीकै घरभीत्र रहन्छ । 
केही युवाहरुलाई भागरथीले शव ब्यवस्थापनका लागि बोलाउछिन । आईतबारको राती तीन जना युवाहरु राजेन्द्र भट्टराई, किशोर भट्टराई र एकजना फरार रहेका युवाहरु आउछन । उनीहरुले वीरभानको शव पाटनको खेत (सेरो),प्लाष्टिकमा बेरेर तानेर पाटन–पञ्चेश्वर सडकसम्म पुगाउछन । 
भागरथीको घर देखि खेतैखेत शव तानेको निसानहरु पनि प्रहरीले संकलन गरिसकेको छ । सडकमा ती युवकहरुले ल्याएको मोटरसाईकल तयारी अवसथामा हुन्छ । एकजनाले मोटरसाईकल चलाउछन भने अर्कोले बीचमा शव राखेर बोक्ने काम गर्छन । घिसारेर सडकमा पुगाईएको स्थानबाट वीरभानको शव झण्डै ५ किलोमिटर पञ्चेश्वतर्फ लगेर घाङल भीरमा फालिन्छ । 
डिएसपी गिरि भन्छन, ‘ती मध्येकाका २ जना युवाहरु किशोर र राजेन्द्र शव फालिसकेपछि बसमा तराई तिर हिड्छन । तर उनीहरुलाई भागरथी पक्राउ परिसकेको र उनीहरुको नाम प्रहरीले थाहा पाईसकेको जानकारी हुन्छ  । उनीहरु बसबाट झरेर जीपमा बस्नछन । प्रहरी उनीहरुलाई डडेल्धुराको साहुखर्कबाट पक्राउ गरेको छ ।’ 
(प्रहरीलाई दिएको बयानका आधारमा)


प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्