Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेयरले तोक लगाएका सिफारिसहरु वडाअध्यक्षले च्यातिदिएपछि द.न.पा.मा तनाव
मेयरले तोक लगाएका सिफारिसहरु वडाअध्यक्षले च्यातिदिएपछि द.न.पा.मा तनाव
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असार ९, २०८१

बैतडी । 
बैतडीको दशरथचन्द नगरपालिका वडा न. ५का सातजना विपन्न नागरिकहरुले आर्थिक सहायताका लागि वडामा अनुरोध गरे अनुसार वडा न.५का अध्यक्ष केशव दत्त लेखक नगरपालिकालाई सिफारिस लेख्छन् । 

उक्त सिफारिसमा नगर प्रमुख पुष्कर राज जोशी ‘लख्खाभाई’ले वडाको रकमबाट ३ हजार दिन भन्दै प्रमुख प्रशासकीय अधिकृत लाई तोक लगाउछन् र मेयरको तोक आदेश सहितको सिफारिस  वडाअध्यक्ष लेखकले देखे उनले च्यातेर टुक्रा–टुक्रा पारिदिए । 

वडा न.५की हिरा दमाइले भनिन्, ‘म विपन्न परिवारकी एकल महिला हुँ, औषधीका लागि आर्थिक सहायताको आश्वासन पाएपछि सिफारिस मागेकी हुँ, सिफारिसमा मेयर सापले तोक लगाउनुभयो, सिफारिस र नागरिकता लगेर वडाअध्यक्षलाई पेश गर्दा नागरिकता फिर्ता दिनुभयो तर सिफारिस भने च्यातेर फाल्नुभयो, मैले केहि बोल्नै सकिन्, आखाँभरी आशुँ पारेर फर्किए, मेरो मात्रै नभई अरुका पत्रहरु पनि वडाअध्यक्षले च्यातिदिनुभयो ।’

अर्का व्याक्ति दानीराम महरले भने ‘जब वडाअध्यक्षले दलितका पत्रहरु च्यातेर फाल्नुहुन्छ भने हाम्रालागी केहि काम गर्नुहोला भन्ने लाग्दैन्, बरु सिफारिसपत्र बारे सल्लाह गरौँला भन्न सकिन्थ्यो, तर यस्तो गैर जिम्मेवारपुर्ण हर्कत कसरी सहेर बस्ने ?’ 

वडाअध्यक्षले तोक आदेश सहितका सिफारिसपत्र च्यातेको कुरा केहि कार्यपालिका सदस्यहरुले थाहा पाउने वित्तिकै उनिहरु आक्रोसित बनेका छन् । तत्कालै पत्रकार सम्मेलन आह्वान गरि दलितमाथी बेलाबेलामा भैरहने विभेदजन्य व्यवहार नसहने जनप्रतिनिधिहरुले बताए । 

कार्यपालिका सदस्य प्रेम दयालले भने, ‘मेयरले तोक लगाएको कुनैपनि पत्र वडाअध्यक्षले च्यात्न पाइदैँन्, प्रयाप्त बजेट हुदाँहुदैँ दलित समुदायका व्याक्तिहरुलाई विभेदकारी व्यवहार देखाइयो, जब ति सातैजना बिपन्न नागरिकहरु रुदैँ घर फर्किए तब हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ र वडाअध्यक्षको गैर जिम्मेवारीको प्रतिवाद गरेका हौँ ।’ वडाअध्यक्ष लेखकले सार्वजनिक ठाउँमा माफी माग्दै क्षतिपुर्ती उपलब्ध नगराए आन्दोलनमा उत्रिने र कानुनी कारवाहिको प्रक्रियामा जाने उनले बताए ।

कार्यपालिका सदस्य कलावती लावडले यो बिषयको टुङ्गो नलगाउदाँ सम्म कार्यपालिकाका अन्य कार्यक्रम अघी बढाउन नदिने बताइन् । वडा सदस्य देवराम लोहारले बेलाबेलामा गैर दलित जनप्रतिनिधिबाट दलित जनप्रतिनिधि हेपिदैँ आएकाले वडाअध्यक्षलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिए । नगर प्रमुखको तोक आदेश भएको पत्र च्यातेका अध्यक्षले गल्ती नगरेको जिकिर गरिरहेकाले यसको सत्यतथ्य पत्ता लगाई कारवाही गरिनुपर्नेमा कार्यपालिका सदस्य बिनोद लोहारको जोड छ । 

वडाअध्यक्ष लेखकले पत्रकार सम्मेलनमा आफुले सिफारिस नच्यातेको बताएकाछन् । तर  कार्यपालिका बैठकमा भने आफ्नो तर्फबाट गल्ती भएको स्वीकार गरेको कार्यपालिका सदस्यहरु बताउछन् । कार्यपालिका सदस्यहरुले पत्र च्यात्ने बेलाको सिसिटिभी फुटेज हेर्न दबाव दिइरहेकाछन् । उनिहरुले यो बिषयको टुङ्गो नलाग्दासम्म सोमबार हुने भनिएको नगरसभा हुन नदिने दबाव दिइरहेकाछन् । 
कार्यपालिका सदस्य दिनेश सिनालले कार्यपालिकामै पटकपटक जातीय विभेद सहेर बस्नुपर्ने अवस्था रहेको बताए । उनले विगतमा सामन्ती व्यवस्था चलाएका व्याक्तिहरु जनप्रतिनिधि हुदाँ समेत सामन्ती पारा देखाइरहेको बताए । कार्यपालिका बैठक चलिरहेकै समयमा दलित सदस्यहरुले लेखकको हर्कतले उब्जीएको समस्या समाधान गरेपछि मात्रै बैठक अघि बढाउन माग गरेपछि केहि समय नगरपालिकामा तनाव श्रृजना भएको थियो । 

यो समस्याको उचित समाधान निकाल्ने मेयर "लख्खाभाई"को भनाई छ । 
 


प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्