Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–८को नवनिर्मित भवन उद्घाटन,पालिकासँग सहकार्य गर्ने मन्त्री भाटको भनाई
पाटन–८को नवनिर्मित भवन उद्घाटन,पालिकासँग सहकार्य गर्ने मन्त्री भाटको भनाई
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असार १४, २०८१

बैतडी
बैतडीको पाटन नगरपालिका–८ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । 
वडा अध्यक्ष हरिश बिष्टको सभाध्यक्षतामा आयोजनाा गरिएको भवन उद्घाटन समारोमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री ओम बिक्रम भाट(सरल) प्रमुख अतिथि रहेका थिए । 
कार्यक्रममा विशिष्ट अतिथिकोरुपमा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर रहेका थिए । 
भवन उद्घाटन समारोहका प्रतिनिधिहरुले प्रदेश सरकार र स्थानीय सरकारबाट हुने कामकारवाहीका विषयमा आ–आफ्नो धारणा राखेका थिए । 
वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाटले प्रदेश सरकारबाट योजनाहरु झ्यालबाट आउने घटना बढेको बताउदै यस्तो प्रवृती रोक्नुपर्नेमा जोड दिए । राजनितिक पहुँचका भरमा आउने योजनाहरु रोक्नुपर्ने समेत आग्रह गरे । 

kalu-1719572248.jpg

वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले स्थानीय सरकारसँग कुनै समन्वय नै नगरी राजनितिक पहुँचको भरमा आएका योजनाले गाउँमा कलह बढेको बताए । स्थानीय सरकारसँग समन्वय गरेर मात्रै योजनाहरु कार्यान्वयनमा लैजानुपर्ने उनको धारणा थियो । 

Dhan-1719572228.jpg

नगर उपप्रमुख कमल सिंह बोहराले प्रदेश सरकारले महिला, बालबालिका र स्वास्थ्यका क्षेत्रमा कार्यक्रम गर्न थप आवश्यक रहेको औँल्याए । 

kamal-1719571961.jpg

नगर प्रमुख गौरी सिंह रावलले पाटन नगरपालिकाले प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न तयार रहेको बताए । प्रदेश र स्थानीय सरकारको सहयोगमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने बताए । 

gauri-1719571991.jpg

वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले वडाभित्र देखिएका खानेपानीका समस्या, ट्रमा सेन्टर सञ्चालनको हुन नसकेको लगायतका समस्याहरुको बारेमा जानकारी र समाधानको आवश्यक पहल गरिदिन माग गर्दै मन्त्री भाटसमक्ष ज्ञापनपत्र समेत पेश गरेका थिए । उच्च पहाडी क्षेत्रमा रहेका बस्तीहरु बढीरहेकाले खानेपानीको मुहानको समस्या रहेको जानकारी गराउदै प्रदेश सरकारले लिफ्ट खानपानी योजना कार्यान्वयन गरी सहयोगगर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको थियो । 

gyapan-1719572145.jpg

सामाजिक विकास मन्त्री भाटले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, शिक्षा स्वास्थ्य, महिला तथा बालबालिकाको क्षेत्रमा आवश्यक काम गरिरहेको अवगत गराएका थिए । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० हजार किशोरीहरुलाई आत्मरक्षा तालिमको व्यवस्था गर्न लागेको समेत अवगत गराए । हानिकारक प्रचलन अन्त्य गरी महिला, दलित र बालबालिकाको क्षेत्रमा प्रदेशले नितिगत सुधार गरिरहेको पनि बताए । 

bhat-1719571789.jpg

बैतडी जिल्ला क्रिकेटको उर्वर भूमी रहेको बताउदै मन्त्री भाटले पाटन नगरपालिकामै एक स्तरीय खेलमैदान निर्माणका लागि प्रदेशले सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।  
यसैगरी मन्त्री भाटले प्रदेश सरकारले राजनितिक पहुँचको भारमा योजना नल्याएको दावी गरे । पहुँचको भरमा र झ्यालबाट योजनाहरु नआएको बताए । 

Harish-Bist-1719571703.jpg

कार्यक्रमका सभाध्यक्ष समेत रहेका भएका वडा अध्यक्ष हरिश बिष्टले राज्यले प्रत्याधूत गरेका अधिकारहरु स्थानीय सरकारले गरिरहेको अवगत गराउदै प्रभावकारी सेवाका लागि प्रतिवद्ध रहेको बताए । विकासमा आफुले कहिले राजनिति नगरेको बताउदै सबैपक्षसँग आवश्यक सहकार्य गर्न तयार रहेको अध्यक्ष बिष्टले बताए । वडा भवन निर्माणका क्रममा आवश्यक सहयोगगर्ने सबैमा धन्यवाद समेत ज्ञापन गरे । 

वडा कार्यालय भवन निर्माणको लागि जग्गा दान गर्नुहुने राम सिंह बिष्ट, वडा भवन समयमै निर्माण सम्पन्न गर्नुहुने निर्माण व्यवसायी हिम्मत चन्दलाई दोसल्लासहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । 
वडा कार्यालयको उद्घाटन कार्यक्रममा वडास्तरीय महिला सञ्जाल र विभिन्न समुह तथा संस्थामा आवद्ध महिलाहरुले देउडा गितबाट सरकारलाई शुसासनका लागि सुझाव दिएका थिए । 


कार्यक्रममा हास्य कलाकार शिक्षक बलदेव सिंह केसीको समुहले पनि नाटक प्रस्तुती प्रदर्शनी गरेका थिए । शिक्षा, स्वास्थ्य, बालबिवाह न्युनिकरण, भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो । 
विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, वडास्तरीय टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, वडास्तरीय महिला सञ्जालका प्रतिनिधि, युवा तथा बालसञ्जालका प्रमुख एवं प्रतिनिधिहरुको पनि सहभागिता थियो । वडास्तरका सामुदायिक विद्यालयका विव्यस प्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको सहभागिता थियो । 


प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्