Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असार १४, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । 

मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

सोही अनुसार सम्बन्धित निकायलाई पत्राचार पनि गरिसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।  

उनले भने ‘एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भन्ने मन्त्रीस्तरीय निर्णय भएको छ । त्यहीअनुसार हामीले सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशनसहित पत्राचार गरिसकेका छौं ।’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिन्छ ।

तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेडवृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ ।

तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।

यसअघि निर्देशिकामा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । गत वर्ष निर्देशिका संशोधन गर्दै दुईभन्दा बढी विषयमा एनजी लागेकाले अर्को वर्ष परीक्षा दिनुपर्ने तर एनजी लागेका विषयमा मात्रै दिनुपर्ने व्यवस्था गरिएको थियो ।

यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्