Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनबाट २३ लाख बढी राजस्व संकलन
बैतडीमा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनबाट २३ लाख बढी राजस्व संकलन
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, साउन २, २०८१

बैतडीमा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनहरु बढेका छन् । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु बढेका हुन् । 

एक वर्षको अवधीमा जिल्लामा यसरी ट्राफिक नियमको पालना नगर्ने ४ हजार ४५९ सवारी साधन कारवाहीमा परेका हुन्। आर्थिक वर्ष २०७९÷०८० मा ३ हजार ९०६ ओटा साना तथा ठुला सवारीहरु कारवाहमिा परेका थिए । आर्थिक वर्ष २०८०÷०८१ भने त्यो सङ्ख्या बढेर साढे ४ हजार पुगेको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव निरीक्षक धिरज पाठकले जानकारी दिनुभयो । 

सवारी चेकजाँचमा ट्राफिक प्रहरीको सक्रियता बढेसंगै नियमको उल्लङघन गर्ने सवारी साधन बढेको र राजस्व संकलनमा समेत वृद्धि भएका उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख पाठकका अनुसार ४ हजार ४५९ सवारी साधनबाट २३ लाख बढी राजस्व संकलन गरिएको छ ।

बस, ट्रक, जिप, मोटरसाइकल, ट्याक्टर लगायतका साना तथा ठुला सवारी साधनबाट २३ लाख  ४३ हजार ५ सय रुपैँया राजस्व संकलन गरेको उनले जानकारी दिए । २ हजार ६७८ जिप,कार तथा भ्यानहरुबाट १३ लाख ६८ हजार ५ सय रुपैँया, ८ सय ३२ मोटरसाइकलबाट ४ लाख ७५ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको छ । 

३ सय ९४ ट्रक तथा ट्याङ्करबाट २ लाख १४ हजार ५ सय रुपैँया, ३ सय ८ ट्रयाक्टरबाट १ लाख ७२ हजार ५ सय रुपैँया, १ सय ९५ अटो तथा अन्य सवारी साधनबाट १ लाख २ हजार ५ सय रुपैँया र  ५२ ओटा बस तथा मिनि बसबाट २८ हजार राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

जिल्लाको खोड्पे, पाटन सत्बाझ र साहिलेकमा ट्राफिक प्रहरीको उपस्थीति रहेको छ । दरबन्दी अनुसार जनशक्ती नहुँदा पनि उपलब्ध जनशक्तीको संक्रियतामा आर्थिक वर्ष २०७९÷०८० को तुलनामा १० प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव निरीक्षक धिरज पाठकले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु शनिबार, असोज ३१, २०८३
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह बिहीबार, असोज २९, २०८३
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन मंगलबार, असोज २७, २०८३
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा मंगलबार, असोज २७, २०८३
कञ्चनपुरमा रेष्टुरेन्टमा जुवातास, सञ्चालकसहित ५ जना पक्राउ
कञ्चनपुरमा रेष्टुरेन्टमा जुवातास, सञ्चालकसहित ५ जना पक्राउ सोमबार, असोज २६, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्