Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको मेलौलीमा सधै खानेपानीको समस्या
बैतडीको मेलौलीमा सधै खानेपानीको समस्या
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, साउन ३, २०८१

बर्खाको साउने झरीमा पनि मेलौली नगरपालिकाको काँडा बजारका स्थानीय बासिन्दालाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने/नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।  

एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मणिलेक नमुना माविमा पानीको समस्याले शौचालय बन्द गर्नुपर्ने अवस्था आएकोे शिक्षक अर्जुन कुँवरले बताउनुभयो । बजारमा डेरा गरेर बस्ने क्याम्पसका विद्यार्थीलाई पढाइभन्दा खानेपानी भर्नकै चिन्ता हुने गरेको प्रधानाध्यापक भीमसिंह धामीले बताउनुभयो । 

पानी नहुँदा स्वास्थ्य संस्थामा प्रसूति सेवा दिन गाह्रो भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सन्जिन केसीले बताउनुभयो । यस स्वास्थ्य केन्द्रले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकासम्मका बिरामीको उपचार सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामा पानी नहुँदा उपचार सेवा पनि प्रभावित बनेको भनाइ केसीको छ । बर्खाको बेला झरी लागे पनि खानेपानीको हाहाकार नै मच्चिएको छ ।  

मुहान घट्यो, जनसङ्ख्या बढ्यो 

मेलौली नगरपालिकाको स्थापनासँगै काँडाबजार स्थानीय बजारका रूपमा विकास भएको छ । गाउँबाट बजारमा बसाइँ सर्नेको सङ्ख्या बढेको छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रे भएसँगै बजार विस्तार हुँदा जनसङ्ख्या पनि बढेको छ । बजार क्षेत्रमा जनसङ्ख्या बढे पनि पानीको मुहान भने सुकेर घटेको बताइन्छ । १४ किलोमिटर टाढा रहेको ग्वाल्लेक वनको मुहानबाट मेलौलीको काँडा बजारमा पानी आउने गरेको छ । मुहानमाथि डोजर लगाएर सडक खन्दा मुहान सुकेको स्थानीय उपभोक्ता समितिका सचिव दशरथसिंह नायकले बताउनुभयो ।

डोजरलगायत जथाभाबी रूपमा सडक निर्माण गर्दा खानेपानीका पाइपसमेत टुटफुट भएको उपभोक्ताले गुनासो गरेका छन् । भएको मुहान संरक्षण गरेर अर्को मुहानको पानी थप्न सके पानी आपूर्ति सहज हुने नायकले बताउनुभयो ।

खानेपानी योजनाका लागि नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न निकायलाई हारगुहार गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह मेलौली भ्रमणमा आएका बेला स्थानीयले खानेपानी योजनाको माग गरेका थिए ।

मुख्यमन्त्रीले खानेपानी योजना दिने आश्वासन दिए पनि प्रदेशबाट बजेट नआएको उपभोक्ता भोजराज भट्टले बताउनुभयो । खानेपानीको समस्या समाधान गर्न नगरपालिकासँग पर्याप्त बजेट नभएकाले सङ्घीय सरकारलाई आग्रह गरिएको हो । 

खानेपानीका लागि आव २०८१/८२ को बजेटमा दुई करोड रुपियाँ बजेट विनियोजित भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले दुई करोड रुपियाँ विनियोजित गरेको छ । नगरपालिकाबाट मुहानको खोजी भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत काम हुने भएकाले पानी आपूर्ति हुन एक/दुई वर्ष लाग्न सक्छ ।” उहाँले तत्कालका लागि दवानी मुहानबाट पानी लिफ्ट गरेर बजारमा पानी आपूर्तिका लागि पहल भइरहेको बताउनुभयो । -गोरखापत्र दैनिक बाट


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्