Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनले फेरी लगायो कृषि उपजमा निकासी कर 
पाटनले फेरी लगायो कृषि उपजमा निकासी कर 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, साउन १७, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले कृषिजन्य वस्तुमा पुनः निकासी कर लगाएको छ । गत वर्ष नै कृषिजन्य उपजमा निकासी कर नलाउने निर्णय गर्दै नगरसभाबाट समेत पारीत गरेको गरपालिकाले यस वर्ष पुनः कृषिजन्य वस्तुमा निकासी कर लगाएको हो । गत वर्ष किसान र व्यवसायीहरुले बिरोध जनाएपछि निकासी कर नलगाउने निर्णयमा पुगेको नगरपालिका यस वर्ष पुनः कर लगाउन थालेको हो । कृषि सहित ढुंगा, बालुवा गिट्टी, काठ तथा पशुजन्य वस्तुसहित ३० वटा बस्तुमा निकासी कर निर्धाण गरिसकेको छ । 
कृषिजन्य वस्तुमा सबै प्रकारका फलफूलमा एक रुपैया, मसलाजन्य वस्तु निर्यातमा दुई रुपैया, सबै प्रकारका तरकारीमा एक रुपैया र दलहन बाली निकासीमा डेढ रुपैया कर कायम गरेको छ । 

पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले यो निकासी कर मात्रै रहेकाले किसानहरुलाई कुनै समस्या नहुने बताएका छन् । तरकारी व्यावसायी तथा बिचौलीयाहरुबाट मात्रै निकासी कर लगाएको उनले बताए । निकासी कर सबै ठाउँ लगाइने बताउदै उनले यो किसानका लागि नभई व्यावसायी र बिचौलीयाहरुका लागि मात्रै भएको उपप्रमुख बोहराको भनाइ छ । यो कर जोसुकै व्यापारी तथा बिचौलीयाले मात्रै तिर्ने उनको भनाइ छ । 

व्यासायीहरुले कर तिर्ने भएपनि किसानहरुबाट खरिद गर्दा करको लागि भन्दै मुल्य घटाएर खरिद गर्ने भएकाले यसको मार किसानहरुलाई नै पर्ने यहाँका सरोकारवला प्रतिनिधिहरुको भनाइ छ । विगतका वर्षहरुमा पनि विचौलीयाहरुले कृषि उपज खरिद गर्दा करको मुल्य घटनाएर किसानहरुबाट खरिद गर्ने गरेको यहाँका किसान हरुको भनाइ छ । 

यस वर्ष भने निकासी कर ठेक्का आह्वान गर्दा न्युनतम मुल्य ५ लाख कायम गरिएको थियो । यस वर्षको ठेक्का भने ८ लाख ७१ हजारमा सदर भएको छ । सो रकम नरपालिकाको राजश्वमा जम्मा हुने छ । विगतका वर्षहरुमा भने बढाबढबाट अढाइ लाख समेत कर संकलन हुने गरेको थिएन । यस वर्ष भने करको ठेक्कोको न्युनतम रकम समेत ह्वात्तै बढाएर ५ लाख कायम गरिएको थियो । बढाबढमा ८ लाख ७१ हजारमा सदर भएको छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्