Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • क्यान्सर पिडित साउँदका दुःखः गरीखाने खेत अर्कैको जिम्मा, १० ऋण लगाएर निको भएन, सहयोग कतैबाट जुटेन
क्यान्सर पिडित साउँदका दुःखः गरीखाने खेत अर्कैको जिम्मा, १० ऋण लगाएर निको भएन, सहयोग कतैबाट जुटेन
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, साउन १९, २०८१

बैतडी, 
मजदुरी गरेर परिवार पाल्दै आएका बैतडीको सिगास गाउँपालिका–३ उराडीका रघुबीर साउँदको परिवारले दुई वर्षदेखि हरेक छाक पेटभरी खान पाएको छैन । नियमित मजदुरी गरेर परिवार पाल्दै आएका साउँदका दुवै खुट्टामा क्यान्सर भएपछि भएभरको कमाइ र थप १० लाख ऋण खोजेर उपचार गरेपनि अझै रोग निको भएको छैन । 
बाँया खुट्टामा गत वर्ष ३ पटक शल्यक्रियागरी औँलाहरु काटेर फालेका साउँदको दाँया खुट्टामा पनि क्यान्सर बल्झिएपछि कुरखुच्चामै काट्नुपर्ने अवस्था आएको छ । 
मजदुरी गरेर परिवार पाल्दै आएका साउँदले आफ्नो खेत समेत अरुकै जिम्मा लगाएका छन् । थप १० लाख ऋण लिएर उपचार गरेपनि अझै रोग निको भएको छैन । बाँया खुट्टामा तीन पटक शल्यक्रिया गरेका साउँदको दाँया खुट्टामा पनि तेश्रो पटक शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ । चिकित्सकहरुले ३ लाख रुपैया लाग्ने बताएपछि उनि उपचार गर्न नसकेर अलपत्र अवस्थामा छन् । 
‘चिकित्सकहरुले २ महिना अस्पतालमै बस्नुपर्ने र ३ लाख जती खर्च लाग्छ भनेका छन्, घर जान पनि सक्दिन, अस्पताल जान गाडी भाडा समेत पैसा छैन, कहाँ जाने?’ साउँदले भने ।  साउँद श्रीमती र छोरी सहित अहिले खोड्पेमा अलपत्र छन् । 
भुकम्पले भत्किएको घरमा उनको परीवार बस्दै आएको छ । ‘खेत पनि अरुकै जिम्मा लगाइसक्यौँ, उपचार गर्दागर्दै ऋण लिएको १० लाख पनि सकियो, अब केही छैन, २ वर्षदेखि परिवारले एक छाक पनि पेटभरी खाएका छैनौँ,’ साउँदकी श्रीमती बेलमतीले भनिन् ।

७ जनाको परिवार रहेको साउँदको परिवार क्यान्सर रोगबाट पिडित भएका छन् ।
गाउँपालिकाका प्रबक्ता समेत रहेका वडा नं ३ का वडा अध्यक्ष अमर सिंह धामीका अनुसार गाउँपालिकाबाट घर मर्मत खर्च र उपचार खर्च भनेर ५० हजार बढी सहयोग भएको छ । ‘हामिले कोरोना प्रभावित, घर मर्मत खर्च र उपचार खर्च शीर्षकमा सहयोग गरेका छौँ, आफ्नो तहबाट हुने सहयोग गरिएकै हो,’ वडा अध्यक्ष धामी भन्छन् । 
गाउँपालिकाबाट पाएको उक्त रकम पनि अस्पतालमै सकिएको क्यान्सर पिडित साउँद बताउछन् । 
वडा न. २ का स्थानीय एवं समाजसवी सुर्य बहादुर बोहरा केही समयअघि उपनको उपचार खर्च जुटाउन अभियान नै चलाएका थिए । गाउँपालिकाबाट भएको सहयोग जती सोही अभियानबाटै संकलन भएको थियो । 
उब्जनी हुने खेत अर्काको जिम्मा लगाएर करिब १० लाखजती ऋण लिएर उपचार खर्च अझै नपुग्दा साउँद जिवन र मरणको दोसाँधमा पुगेका छन् । साउँदले यही खुट्टाको शल्यक्रियाको लागि रकम संकलन भएपनि चित्त बुझाउने अवस्थामा पुगेका छन् । राज्यस्तर र निजिस्तरबाट साउँदले सहयोगको आग्रह समेत गरेका छन् ।
 


प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्