Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनले कृषि उपज निकासीमा लगाएको करमाथि पुनरबिचार गर्न माग,संघर्ष समिति गठन
पाटनले कृषि उपज निकासीमा लगाएको करमाथि पुनरबिचार गर्न माग,संघर्ष समिति गठन
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, साउन २०, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले कृषि उपज निकासीमा लगाएको करमाथि पुनरविचारको माग गर्दै संघर्ष समिति गठन गरिएको छ । आइतबार वडा नं ८ को कार्यालयमा भेला भएका वडा नं ८, ९ र १० का कृषक तथा व्यापारीहरुबीच भएको भेलाबाट संघर्ष समिति गठन गरिएको छ ।
स्थनीय किसान नर बहादुर बिष्टको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । संघर्ष समितिले पाटन नगरपालिकाले हालै कार्यान्वयन गरेको कृषि उपज निकासीमा लगाएको कर निर्धारणको निर्णयमाथि पुनरबिचारको माग गरेको छ ।  मुख्यतया तरकारी, फलफूल, दलहन र मसलाजन्य वस्तु निकासीमा लगाएको करको विषयमा पुनरबिचार गरिनुपर्ने माग छ । 
कृषि उपज निकासीमा लगाएको करबाट किसानहरुलाई नै असर परेको भन्दै पुनरबिचारको माग गरिएको छ । कर लिने यस निर्णयबाट सोझै किसानहरुलाई नै नोक्सनी हुने भन्दै पुनरबिचार गरिनुपर्ने नवगठित संघर्ष समितिका सदस्य अर्जुन बिष्टले बताए । हालसम्म कुनै पनि स्थानीय तहहरुले निकासी कर र आयात कर नलगाएको समेत उनले दावी गरे । 
यस कर प्रर्णालीबाट  वडा नं ८, ९ र १० बढी प्रभावित भएको संघर्ष समितिका पदाधिकारीहरुको भनाइ छ । कृषि पकेट क्षेत्रको रुपमा रहेको यस क्षेत्रमा कृषि प्राविधिकको व्यवस्था समेत नहुदा किसानहरु मारमा पर्ने गरेको संघर्ष समितिका अर्का सदस्य भरत बहादुर चन्दले बताए ।  तरकारी तथा फलफूल निकासीमा कुनै ठाउँमा कर लिने नगरिएको समेत उनले दावी गरे । कैलालीको गोदावरी नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा न्युन मात्रामा कर लिइरहेको समेत उनले बवगत गराए । तर आयात र निर्यातको नाममा तरकारी र फलफूलमा कर नलिएको उनले दावी गरे । 
तरकारी तथा फलफूलमा कर निर्धारण गरेको अवस्थामा बजारीकरणमा पनि प्रभाव पर्ने किसानहरुको भनाइ रहेको छ । व्यापारीहरुले यहाँको पालिकाल कर लगाएको भन्दै किसानहरुबाट खरिद गर्न नमान्ने गरेको अर्का किसान मदनराज भट्टले बताए । 
वडा नं ८,९र १० कृषिका लागि पकेट क्षेत्र भएकाले यहाँ कृषि प्राविधिकको अनिवार्य व्यवस्था हुनेपर्ने अर्का स्थानीय केशव बिष्टले बताए । प्राविधिक ज्ञानलाई बढाएर किसानहरुलाई फाइदा हुने कार्य गर्नुपर्ने उनको भनाइ छ । 
आइतबार गठन गरिएको संघर्ष समितिले चरणवद्धरुपमा कार्यक्रम गर्ने जनाएको छ । सुरुमा पाटन नगरपालिकालाई कर लिने निर्णयको पुनरबिचारको माग गर्दै ध्यानाकार्षण सहितको आग्रह गर्ने र निर्णयमा पुनरबिचार नभएको अवस्थामा थप संघर्षका कार्यक्रम अघि सार्ने संघर्ष समितिका संयोजक नर बहादुर बिष्टले बताए । 
पाटन नगरपालिकाका नगर उपप्रमु एवं राजस्व परामर्श स्मितिका संयोजक कमल सिंह बोहराले यो कर किसानका लागि नभई व्यापारीहरुका लागी मात्रै भएको स्पष्ट पारेका छन् । यसको असर किसानहरुमा परेको अवस्थामा आवश्यक कार्य गर्न सकिने बताउदै उपप्रमुख बोहराले यो विसुद्धरुपमा व्यापारीहरुका लागि भएको दोहो¥याए । ‘कृषि उपजमा मात्रै हैन, यहाँका धेरै स्थानीयहका अन्य विषय पनि होलान, काठमा कर लगाएका छौँ, गिट्टी बालुवामा लगाएका छौँ, त्यसमा पनि यहाँका स्थानीयहरुको लगानी छ, यो भन्दैमा सबै ठाउँको कर हटाइदेऊ भनेपछि कसरी होला?’ उपप्रमुख बोहराले भने । नगरपालिकाले नियम तथा कार्यविधि अनुसार नै काम गरेको उनले बताए ।  
पाटन नगरपालिकाले कृषि उपजसहित करिब ३० प्रकारका बस्तु निकासीमा कर निर्धाणरण गरेको छ । नगरपालिकाले कृषि उपजमा लगाएको कर प्रणालीले  किसानहरुलाई नभई व्यापारीहरुलाई लक्षित गरिएको जनाएको छ । तर किसान तथा व्यापारीहरुले यस कर प्रर्णालीबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा किसानहरुलाई नै मार पर्ने बताइरहेका छन् ।
 


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्