Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–१०को स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मीलाई सरुवा गर्ने निर्णय,पालिकामा पत्र पुग्यो
पाटन–१०को स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मीलाई सरुवा गर्ने निर्णय,पालिकामा पत्र पुग्यो
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, साउन ३२, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका–१० को सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारीहरुलाई सरुवा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । बिहिबार बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । 
स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको भन्दै सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको छ । 
स्वास्थ्य चौकीमा काम गर्दै आएका अनमी लगायतका स्वास्थ्यकर्मीहरुले सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिएको, प्रशासनिक काम सही ढंगबाट नगरेको, कर्मचारीहरु समयमा स्वास्थ्य चौकीमा उपस्थित नभएको, स्थानीय सरकारको नियम पनि नमानेको लगायतका विषय उल्लेख गर्दै कर्मचारीहरुको सरुवा गर्ने निर्णय गरिएको हो । सो निर्णय कार्यान्वयनको माग गदैै पालिकालाई पत्र पठाइएको छ । पालिकाबाट निर्णय कार्यान्वयन नभएपनि जिल्ला प्रशासन र स्वास्थ्य निर्देशनालयमा समेत जाने स्वस्थ्य चौकी व्यवस्थापन समितिले पत्रमै उल्लेख गरेको छ । 
कर्मचारीहरुले सही ढंगबाट काम नगरेको र आम नागरिकबाट व्यापक गुनासो आएपछि बाध्य बाध्य भएर यो निर्णयमा पुगेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कुवँरले जनाकारी दिए । ‘स्वास्थ्य चौकीमा चरम लपरवाही भएको भेटियो, पटक पटक सुधारको लागि आग्रह गर्दा नमान्ने प्रवृति भेटियो,’ अध्यक्ष कुवँरले भने, ‘बाध्य भएर यो निर्णयमा पुगेका छौँ, ।’
स्वास्थ्य चौकी व्यवस्थापन समितिले यस्तो निर्णय गरेको स्वास्थ्य चौकी इन्चार्ज दिपा भट्टले स्पष्ट पारिन् । 
यो निर्णयको गर्नमा किन पुग्यो, स्वास्थ्य चौकी व्यवस्थापन?

यही साउन २९ गते रातीको समयमा सोही वडाको डुब्केबाट एक महिलालाई सुत्केरीका लागि स्वास्थ्य चौकी ल्याइएको थियो । स्वास्थ्य चौकीमा अनमी भेटिएनन् । त्यसपछि आफन्तले फोन गरे । फोन गर्दा एक जना अनमतीले मेरो ड्युटी नरहेको जानकारी गराइन् । ड्युटी भएको भनिएका अनमीले फोन उठाइनन् । त्यसपछि सुत्केरी व्यथाले च्यापेकी महिलालाई डडेल्धुरा लैजाने निधो गरे । ती महिलाले बाटोमै (भालुमारे पुग्दा) बच्चा जन्माइन् । अवस्था जटिल भएपछि उनलाई डडेल्धुरा अस्पताल पुर्याएर दोश्रो दिन घर ल्याए । 
सुत्केरी महिलाको अवस्था जोखिममा रहेकाबेला स्वास्थ्य चौकीबाट सामान्य सहयोग समेत नपाएपछि स्थानीयहरु आक्रोसित हुदै दोश्रो दिन स्वास्थ्य चौकीमा पुगेका थिए । 
त्यसपछि शुक्रबार बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिमा छलफल गर्दा व्यवस्थापन समितिलाई चित्तबुझ्दो जवाफ कसैबाट आएन । झन कर्मचारीहरुबीच नै आरोपप्रत्यारोप हुन थाल्यो । त्यसपछि समिति यो निर्णयमा पुगेको बताइएको छ । सिद्धपुर स्वास्थ्य चौकीमा ३ जना अनमी छन् । 
२९ गतेको घटना प्रतिनिधिमुलक उदाहरण मात्रै रहेको श्रोत बताउछ । त्यहा त्यसअघि पनि थुप्रै यस्ता समस्या भएका थिए । बेलाबेला सेवामा समस्या सिर्जना नगर्न नगराउन सुझाव र निर्णय गरेको भएपनि कार्यान्वयन गर्दा फितलो देखिएको बताइन्छ । यस विषयमा नगरपालिकामा छलफल हुन बाँकी छ । 
 


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्