Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • स्वर्गीय जनकको परिवारका लागि संकलन भएको सहयोग रकम सार्वजनिक,१६ लाखबढी सहयोग
स्वर्गीय जनकको परिवारका लागि संकलन भएको सहयोग रकम सार्वजनिक,१६ लाखबढी सहयोग
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, भदौ ९, २०८१

बैतडी
बैतडीको पाटन नगरपालिका–३ घर भई  अध्यायनको सिलसिलामा जापानमा रहेका जनकप्रसाद अवस्थीको निधन भएपछि सञ्चालन भएको सहयोग अभियान अन्तर्गत संकलन रकम सार्वजनिक गरिएको छ । आइतबार सहयोग अभियान सञ्चालन गरेका अभियानकर्मी तथा केही दाताहरुको उपस्थितिमा सहयोग रकम सार्वजनिक गरिएको हो । 
अध्ययनका लागि गत वैशाखमा जापान गएका अवस्थीको गत साउन ८ गते त्यहाँको स्थानीय नदीमा डुबेर मृत्यु भएको थियो । ऋण निकालेर अध्ययनका लागि जापान गएको छोरा उतै अस्ताएपछि अवस्थी परिवारलाई समस्या भएको थियो । 

स्वर्गीय जनक अवस्थीको परिवारलाई दुःखको समयमा साथ दिने उद्देश्यले अभियान अभियानकर्मी एवं सामाजसेवीको सक्रियाामा सञ्चालन गरिएको सहयोग अभियान अन्तर्गत संकलन भएको रकम आज एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको अभियान्ता प्रेमसिंह भाटले जानकारी दिए । यो सामाजिक कार्यमा सहयोग गर्ने सबैमा धन्यावद ज्ञापन गरे । अभियान्ता भाटले यस अभियानमा आर्थिक, भौतिक, नैतिकरुपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरे । 

841fb11b-c569-44af-8c15-6895cdf37a65-1724589067.jpg
 

स्वर्गीय अवस्थीको परिवारलाई विभिन्न व्यक्ति तथा संघसंस्थाबाट १६ लाख ३ हजार ९०३ रुपैयाँ संकलन भएको जानकारी गराइएको छ । 

स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरुलाई राखेर संकलन भएको रकम सार्वजनिक गरिएको अर्का अभियान्ता नरेन्द्रप्रसाद भट्टले बताए । दुःखदघडीमा मृतक अवस्थीको परिवारलाई सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनमा सहयोग अभियान सञ्चालन गर्न मद्दत पुग्ने भएकाले सहयोग रकमको सार्वजनिकीकरण गरएको अभियान्ता भट्टले बताए । 

21-1724589120.jpg
 

अभियान अन्तर्गत ८ सय २१ जनाबाट व्यक्तिगत रुपमा ११ लाख ३ सय ९२ रुपैयाँ, ६ ओटा संघसंस्थाबाट ४८ हजार ६०६ रुपैयाँ र जापानबाट विभिन्न व्यक्ति र संस्थाबाट ४ लाख ५४ हजार ९०५ रुपैयाँ संकलन भएको छ । 

अवस्थी परिवारलाई समस्या परेको समयमा सहयोग गर्ने व्यक्ति र संघसंस्थाको नामावलीसहितको पुस्तिका बनाएर स्वर्गीय अवस्थीका बुवा लक्ष्मीदत्त अवस्थीलाई हस्तान्तरण गरिएको छ । 
दुःख परेको बेला गरेको सहयोगले आफ्नो परिवारलाई ठूलो गुन लगाएको भन्दै स्वर्गीय अवस्थीका बुवा लक्ष्मीदत्त अवस्थीले सबैलाई धन्यवाद दिएका छन् ।

st-1724589156.jpg
 

11-1724589197.jpg
 


प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्