Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नयाँ सहरको काम लयमा फर्किदै,खर्चको सन्तुलन मिल्दा यस वर्ष बजेट बढ्यो
पाटन नयाँ सहरको काम लयमा फर्किदै,खर्चको सन्तुलन मिल्दा यस वर्ष बजेट बढ्यो विगतका वर्षहरुमा आर्थीक प्रगति आधा पनि हुने गरेको थिएन । गत वर्ष नया सहरको कार्यालयले हात हालेका सबै काम सम्पन्न भए । 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, भदौ १२, २०८१

बैतडी,  
पाटन नमुना सहरका अपुरा योजना पुरा गर्न र केही थप योजनाको सुरुवात गर्नको लागि संघीय सरकारले यस वर्ष थप बजेट पठाएको छ । विगतका वर्षहरुमा बनियोजन बजेटको ५० प्रतिशत समेत खर्च नहुने गरेकोमा गत आर्थिक वर्षमा बजेट खर्च र योजना कार्यान्वयनमा प्रगति देखिएपछि यस वर्ष सरकारले बजेट थप गरेको हो ।  
आर्थिक वर्ष २०७८÷०७९ आयोजना कार्यालयलाई प्राप्त १६ करोड रकममा ३ करोड मात्रै खर्च भएको थियो ।  बाँकी १३ करोड बजेट फ्रिज गएको थियो । 
आर्थिक वर्ष २०७९÷०८० मा १३ करोड बजेट आएको थियो । त्यसबाट ५ करोड बजेट फ्रिज गएको थियो । 
गत वर्ष अर्थात २०८०÷०८१ मा ८ करोड बजेट आएकोमा झण्डै ७ खर्च भएको छ । गत आर्थिक वर्षमा खर्च प्रगितमा सुधार भएपछि गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजेट बढेर आएको हो ।
गत वर्ष योजना कार्यान्वयन र बजेट खर्चको सन्तुलन मिल्दा चालु आर्थिक वर्षमा १३ करोड ४७ लाख बजेट आएको छ । 
गत वर्ष कार्यान्वयनमा गएका ५ वटै योजनाको काम सम्पन्न भएको थियो ।  एक योजनालाई क्रमागत  भन्दै यसवर्षका लागि सारिएको थियो । बजेट अभावले पाटन–१ को वृहत खानेपानीको योजना कार्यान्वयनमा हुन सकेको थिएन । चालु आर्थिक वर्षमा उत योजनाको लागि साढे ४ करोड बजेट आएको छ ।  
विगतका वर्षहरुमा कार्यालय प्रमुख देखि कर्मचारीको अभाव हुदा आर्थिक वर्षमा लक्ष अनुसार काम हुन सकेको थिएन, भने बजेट पनि खर्च हुन सकेको थिएन ।  
गत वर्षदेखि कार्यालय प्रमुखको रुपमा भुपराज पौडेल आएका छन् । बजेट खर्चदेखि नयाँ योजना कार्यान्वयनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । 
यस वर्ष अपुरा योजना पुरा गर्न र केही नयाँ योजना कार्यान्वयनको लागि बजेट आएको छ । 
यसवर्ष वडा नं १ को खानेपानी आयोजना पुरा गर्न साढे ४ करोड बजेट आएको छ । फोहोर संकलन केन्द्रसम्म जोड्ने बाटो र संकलन केन्द्रको काम पुरा गर्न डेढ करोड बजेट आएको छ । भरतपुर खेलमैदान र कृष्ण माविको खेलमैदान पूर्ण गर्न पनि बजेट आएको छ । 
पाटन बजार क्षेत्रका विभिन्न योजना पुरा गर्नको लागि ३ करोडबढी बजेट आएको छ । यस बजेटबाट यसअघिका करिब १० वटा अपुरा योजनाहरु पुरा गरिने छ । यस शीर्षकमा बजेट थप माग गरिएको छ। 
गत आर्थिक वर्षमा बजेट खर्च र योजना कार्यान्वयनको सन्तुलन मिलेका कारण यस वर्ष बजेट पनि बढेर आएको हो । त्यसअघि बजेट कार्यान्वयन र कर्मचारी पदपुर्तीको तालमेल नमिलेको नयाँ सहरको कार्यालयमा यस वर्ष भने केही सन्तुलन देखिएको छ । 
विगत ३ वर्षमा मात्रै कर्मचारीको व्यवस्थापन र बजेट खर्चको सन्तुलन नमिल्दा योजनाहरु अधुरा रहनुका साथै यस कार्यक्रमको महत्वसँग जोडिएका योजनाहरु अलपत्र जस्तै रहेका छन् ।  
गत वर्ष कार्यालय प्रमुखको पदपुर्ती र बजेट खर्चको प्रतिशत बढ्दा यस वर्ष विगतका अधुरा योजना पुरा गर्न र योजनाको पहिचानसँग जोडिएका ठुला योजनाको लागि बजेट आएपछि यस वर्ष केही नयाँ कामको थालनी हुने अपेक्षा गरिएको छ । 
नयाँ सहरको पहिचानसँग जोडिएको नमुना वसपार्क निर्माणको काम ३ महिनामै सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन गरिएको नयाँ सहर योजना कार्यालयका प्रमुख भुपराज पौडेलले जानकारी दिए । निर्माण कम्पनीले पनि दशैँ अगावै सम्पन्न गर्ने दावी गरेको छ । काम अन्तिम चरणमा पुगेको यो बसपार्क निर्माणका लागि एक दशक पहिले ठेक्का भएको थियो । 
बजार क्षेत्रमा रहेका स–साना योजना पुरा गर्नको लागि पनि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख पौडेलले बताए । अधुरा योजनाहरु पुरा गर्न सके नयाँ सहरको स्वरुपमा परिवर्तनको अपेक्षा गरिएको कार्यालय प्रमुख पौडेलको भनाइ छ । 
यसैगरी नयाँ सहरको पहिचानसँग जोडिएको जग्गा एकीकरण प्रक्रिया अघि बढाउन पनि उक लाख बजेट आएको छ । जग्गा एकीकरणको लागि पाटन–६को नङाडीबाटाका स्थानीयहरुले जग्गा उपलब्ध गराउने बताएका छन् । त्यसका लागिआवश्यक कागजी प्रक्रियासहित सचेतनाका लागि एक लाख बजेट आएको हो ।  
यस वर्ष  १३ करोड ४७ लाख बजेट आएको र सबै बजेट कार्यान्वयको लागि तयारी भइरहेको आयोजना कार्यालयले जाएको छ ।
आर्थिक वर्ष २०६७÷०६८ सालमा १० वटा नमुना शहर बनाउने सरकारले घोषणा थियो । सोही अनुरुप बैतडीको पाटन पनि नमुना शहरको रुपमा विकासित गर्ने सुचीमा परेको थियो । घोषणा भएका पहिलो आर्थिक वर्ष २०६७÷६८मा ३० लाख बजेट आएको थियो । त्यसपछिका २ आर्थिक वर्षमा बजेट आएको थिएन । आर्थिक वर्ष २०७०÷०७१ देखि लगातार बजेट आइरहेको छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्