Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौली अस्पताल विवादः झडप व्यवस्थापनमा कहाँ खर्च ग¥यो नगरपालिकाले ८ लाख?
मेलौली अस्पताल विवादः झडप व्यवस्थापनमा कहाँ खर्च ग¥यो नगरपालिकाले ८ लाख?
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, असोज ४, २०८१

 बैतडी, 
बैतडीको मेलौली नगरपालिकाले अस्पतालको विषयमा भएको झडप व्यवस्थापनमा ८ लाख खर्च गरेको घटना बाहिरिएको छ । महालेखा परीक्षकको कार्यालयले पनि यस विषयमा प्रश्न उठाएपछि अहिले समाजिक सञ्जालमा बिरोध भइरहेको छ । 
मेलौली नगरपालिकामा २०७९ पुस पहिलो साथा अस्पतालको विषयमा वडा नं १ र ७ का स्थानीयबीच झडप भएको थियो । 
केशरपुर स्वास्थ्य केन्द्र स्तरवृद्धिको विषयमा दुवै पक्षबीच झडप भएको थियो । त्यसक्रममा वडा नं ७ का २५ र वडा नं १ का १० गरी ३५ जना घाइते भएका थिए ।  

Melauli-Jhagada-Hospital-1726807875.jpg

सोही झगडा व्यवस्थापन भन्दै नगरपालिकाले ८ लाख खर्च गरेको विवरण बाहिरिएको हो । नगर प्रमुसख भिम बहादुर चन्दका अनुसार सुरक्षा व्यवस्थापनका लागि उक्त रकम खर्च भएको छ । 
‘एक सातासम्म डेढसयको संख्यामा जनपद प्रहरी बसेको थियो, त्यसका लागि खाना तथा बासको व्यवस्थापन नगरपालिकाले नै गरेको हो,’ नगर प्रमुख चन्दले भने । 
एक सातापछि पनि कम संख्यामा करिब २१ दिन सुरक्षाकर्मी मेलौलीमै बसेको र सत्यसको सबै व्यवस्थापन नगरपालिकाले नै गरेको नगर प्रमुख चन्दले बताए । सुरक्षाकर्मीको लागि खाना तथा बासको व्यवस्थापन राज्यस्तरबाट हुने गरेको छ, नगरपालिकाले किन दियो? भन्ने प्रश्नमा नगर प्रमुख चन्दले, ‘उनिहरुको लागि खाने तथा बस्ने व्यवास्था नै थिएन, उनिहरु आफैले त्यो व्यवस्था गर्न सक्ने स्थिति थिएन, परिस्थिति अनुसार हामिले व्यवस्थापन गरेका हौँ,’ उनले भने । 
के हो मेलौली अस्पतालको बिवाद?, हालसम्म के के प्रक्रिया भए? 
बैतडीको मेलौली नगरपालिका–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्र स्तरवृद्धिगरी १५ शैयाको अस्पताल निर्माणको लागि २०७० सालदेखि विवाद छ । जग्गा हस्तान्तणको बिषय सुरुदेखिको अहिलेसम्म कायमै छ ।  

Melauli-Parisar-1726807935.jpg

१५ शैयाको अस्पतालका लागि १५ रोपनी जग्गा आवस्यक पर्ने नितिअनुरुप सुरु देखि नै जग्गा खोजी गर्न थालिएको थियो । केशरपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले २०७० देखि अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा पटक पटक खोजी गरिरहेको थियो । 
केशरपुर स्वास्थ्य केन्द्रमा २०७० असोज ६ गते केशरपुर स्वास्थ्य व्यवस्थापन समितिको बैठकबाट अस्पताल निर्माणका लागि जग्गादाता खोज्ने पहिलो निर्णय गरियो । त्यसपछि २०७० कार्तिक २०, २०७०पुस २० र २०७० पुस २४ गतेगरी थप तीन पटक जग्गा खोज्न बसेको बैठकबाट जग्गा उपलब्ध भएको थिएन । केशरपुर स्वास्थ्य केन्द्र परिसरमै कसैले पनि जग्गा दिन इच्छा देखाएनन् । 
त्यसपछि मेलौली नगरपालिका–१ का स्थानीयहरुले मेलौली–१ बिट्ठेनामा जग्गा उपलब्ध गराएका थिए । सुरुवातमा लगातार चार वटा बैठकमा जग्गा उपलब्ध गराउन नसकेका मेलौली–७ का स्थानीयहरुले बिट्ठेनामै अस्पताल लैजाने भयले तीन महिनापछि २०७१ बैशाखमा १५ रोपनी जग्गा दान गरेका थिए । केशरपुर स्वास्थ्य केन्द्र परिसरकै स्थानीयहरुले जग्गा उपलब्ध गराएका थिए । 

Biththena-melauli-1726808496.jpg

पहिले बिट्ठेनाबसीले जग्गा उपलब्ध गराएको हुनाले मेलौली १ बिट्ठेनामै  अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढाइन लागिएको थियो । 
मेलौली–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल निर्माण हुनुपर्ने माग सहित वडा नं ७ बासीले बेला बेला तत्कालिन स्वास्थ्य कार्यालय हुदै स्वास्थ्य मन्त्रालय समक्ष समेत ज्ञापन पत्र पेश गरीरहे । नगरपालिकामा समेत बेलाबेला ज्ञापनपत्र सहित ध्यानाकार्षण गरीरहे । 
विवादकाबीच न मेलौली नगरपालिका–१ को बिट्ठेनामा अस्पताल निर्माणको पक्रिया अघि बढ्यो न केशरपुर स्वस्थ्य केन्द्रमै । दुबै ठाउँबाट सोही प्रयोजनको लागि जग्गा दान भइसकेपछि उल्झन सुरु हुदै गयो । २०७१ देखि बिवाद सुरु भएको २०७४ सालसम्म बिवाद कायमै रहेपछि २०७४ फागुनमा स्वास्थ्य मन्त्रालयबाट उक्त बजेट तथा बन्ने भनिएको १५ शैयाको अस्पतालको योजना नै कटौती भयो । 
त्यसपछि तत्कालिन नगर प्रमुख कृष्ण सिंह नायकले स्वास्थ्य मन्त्रालयको योजना शाखामा योजना कटौतीको बिषयमा बुझे । जग्गा बिवादकै कारण उक्त योजना कटौती भएको योजना साखाबाट जानकारी पाए । त्यसपछी स्वाथ्य मन्त्रालयले पनि अन्तिम मौकाको रुपमा कार्यापालिकाबाट स्थान छनौटगरी निर्णय गर्न भनियो । तत्कालिन नगर प्रमुख कृष्ण सिंह नायकका अनुसार २०७४ सालको चैत्र २१ गते र २२ गते नगरपालिकाको पूर्ण बैठकबाट बृहत छलफल गरी मेलौली नगरपालिका–१ को बिट्ठेनामै १५ शैयाको अस्पताल निर्माण गर्ने र केशरपुर स्वास्थ्य केन्द्रमा नगरपालिकाबाट एक करोड बजेट बिनियोजन गरी केहि थप संरचना निर्माण गर्नेगरी सहमती जुटाइयो । उक्त कार्यपालिका बैठकको निर्णय स्वास्थ्य मन्त्रालयमा पेश गरी बिट्ठेनामै अस्पताल निर्माणको प्रक्रिया सुरु गर्ने तयारी थालिएको थियो ।  

Kesarpur-kendra-1726807985.jpeg

यतिमात्रै होइन स्वास्थ्य मन्त्रालयले २०७८ पुस २० गते बिट्ठेनामै अस्पताल निर्माणको लागि डिपिआर गर्न समेत पत्राचार गरेको थियो । मेलौली १ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले डिपिआर स्वीकृत गरी टेण्डर समेत खोल्न नगरपालिकालाई पत्राचार गरिसकेको थियो । नेपाल हेल्थ सेक्टर सर्पाेट पोग्राम (एनएचएसएसपी)ले डिपिआर गरेको क्षेत्र बिट्ठेनामै अस्पतल निर्माणको लगि ठेक्का खोल्न गत २०७९ कार्तिक ६ गते पत्राचार गरेको थियो । तर नगरपालिकाले टेण्डर आह्वान गरेन। दुबैपक्षको विवादका कारण टेण्डर आह्वान गर्न नसकेको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताएका थिए । 
तत्कालिन समयमा स्थलगत अनुगमन गरेको नापी कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला मालपोत कार्यालय बैतडीको सयुक्त प्रबिधिक टोलीले गरेको अनुगमनमा केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल बन्नुपर्ने आधार सहित तयार पारेको प्राविधिक प्रतिबेदनमा उल्लेख गरिएको वडा नं ७ बासीको दाबी छ । 
उक्त प्राबिधिक प्रतिबेदनमा बजार क्षेत्रको पहुँच, खानेपानीको व्यवस्था, सडक पुर्वाधारले छोएको लगायतका आधारमा केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल बन्नुपर्ने भएपनि नगरपालिकाले  निर्णय गर्दा उक्त प्राबिधिक प्रतिबेदनको वास्ता नगरेको वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले  बताएका थिए । सोही दावी सहित वडा नं ७ बासीले बेलाबेला नगरपालिकालाई ध्यानाकार्षण सहित ज्ञापनपत्र बुझाइरहेका थिए । 
बिट्ठेनाका स्थानीयले अघि नै जग्गादान गरेको र प्रक्रिया समेत अगाडी बढीसकेकाले नगरपालिकाको पूर्ण बैठबाट सहमतीसहित बिट्ठेनामै १५ शैयाको अस्पताल निर्माणको निर्णय गरिएको निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले बताउछन् । 
२०७४ चैत्र २१ र २२ को पूर्ण बैकमा सबै कार्यापालिका सदस्यहरुको रायसुझाजव र सहमतीमा बिट्ठेना मै अस्पताल निर्माण गरीसकेको हुनाले सोहि निर्णयलाई आधार मानी स्वास्थ्य मन्त्रालयले ठेक्का आह्वानको लागि परिपत्र समेत गरेको उनको दाबी छ । 
सुरुवात देखिको जग्गा विवादको बिषय अहिले उत्कर्षमा पुगेको छ । मेलौली नगरपालिका वडा न १ बिट्ठेनाबासीहरुले केशरपुर स्वस्थ्य केन्द्रलाई स्तरोउन्नती गर्ने र नयाँ बन्न लागेको १५ शैयाको अस्पतालको प्रक्रिया बिट्ठेनामै बन्नुपर्ने भनाई राख्दै आएका छन् । 
पुरानो केशरपुर स्वास्थ्य केन्द्र स्तरबृद्धीको योजना भएको र उक्त ठाउँमा जमिन समेत उपलब्ध गराइसकेको हुनाले केशरपुरमै १५ शैयाको अस्पताल बन्नुपर्ने वडा नं ७ बासीको भनाइ छ । 
बिभिन्न सम्भाव्यता अध्ययनबाट समेत २०१६ सालमा स्थापना भएको केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल निर्माण गर्नुपर्ने आधार देखाएकाले केशरपुरमै अस्पताल निर्माण हुनुपर्ने वडा नं ७ का दाबी रहने गरेको छ । बिट्ठेनामा दान गरिएको जमिन एकलौटी नभई टुक्राटुक्रा गरी दान गरिएको र नजिकै ठुलो क्षेत्रफलमा सरकारी जमिन रहेको उनीहरुको दाबी छ । 

Melauli-Andolan-1726808606.jpg

दुबै क्षेत्रका स्थानीयहरुले आ–आफ्नै दाबी राखीरहेका २०७९ पुस पहिलो साता पालिकामा आन्दोलन र झैझगडाको स्थिति समेत भएको थियो । दुबै पक्षले सडक अबरुद्ध पार्ने, तालाबन्दी गर्ने र झडपको समेत स्थिती आएको थियो । २०७९ पुस ७ गते भएको झडपमा परी करिब ३५ जना घाइते भएका थिए । लगातारको आन्दोलनका कारण नगरपालिकाले पनि स्वास्थ्य मन्त्रालयले बिट्ठेनामै अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्न जारी गरेको परिपत्र कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताएका थिए ।
१५ शैयाको अस्पतालको लागि आवश्यक समन्वय गर्न नगरपालिकाका २०८० पुसमा सामाजिक विकास संयोजक एवं वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टको संयोजकत्वमा हजीकरण समिति गठन गरिएको थियो । उक्त समितिले ठोस कदम अघि बढमाउन सकेन । यो विषय उच्च अदालतमा मुद्धा समेत चलिरहेको छ । मुद्धामामिलाको प्रक्रियामा गएपछि नगरपालिकाले अदालतको फैसला कुरीरहेको छ । अदालतले दिने फैसला अनुसार अघि बढ्ने नगर प्रमुख भिम बहादुर चन्द बताउछन् । ‘अदालतमा मुद्धा चलिरहेको छ, हामिले पनि वकिल राखेका छौँ, फैसला कुर्छाैँ,’ उनले भने । 


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्