Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नाम, नागरिकता र घरबिहिन बनेका बैतडीका युवकः अधिकार खोज्न  न्यायालयमा
नाम, नागरिकता र घरबिहिन बनेका बैतडीका युवकः अधिकार खोज्न  न्यायालयमा पहिलो श्रीमतीलाई जारी खाएर अर्कैको जिम्मा लगाइयो, अहिले घर छोडेर डेरामा बस्दै  
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, असोज ८, २०८१

एकल महिलासँग भएको अवैध सम्बन्धबाट जन्मिएका बैतडीका ‘प्रकाश’ (नाम पपरवर्तन) आफन्तबाट पटक पटक ठगिएपछि नागरिकको हक माग्न अदालतको चक्कर लगाइरहेका छन् ।

बिहे गरी श्रीमती र एक वर्षकी छोरी हुर्काइरहेको बैतडीका प्रकाश (नाम परिवर्तन)आफ्नो बुवाको हक र अंश दावी गर्दै अदालतमा गोलचक्कर लगाइरहेका छन् । बुवाको नाम र हकदावीसहितको अंश माग्दै २ वर्षदेखि न्यायिक ढोका ढकढक्याइरहेका छन् । स्थानीय तह देखि प्रहरीसम्म पटक पटक धाउदै आएका प्रकाश गत वर्ष अदालतको ढोकामा पुगेका थिए । 

प्रकाशको जन्म २०५२ सालमा भएको हो । उमेरले २८ लागेका प्रकाश अहिले भविश्यलाई अनिश्चितताको भूमरीबाट निकाल्न धौडधुप गरिरहेका छन् ।
२०७७ सालमा बिहेगरी ल्याएकी श्रीमतीलाई गाउँका आफन्तले अर्कैको जिम्मा लगाइदिए । पहिलो श्रीमतीलाई अर्कैको जिम्मा लगाइदिएपछि दोश्रो बिहे गरेका प्रकाश घरमा बस्न नपाएपछि कोठा लिएर डडेल्धुरामा बस्दै आएका छन् । ‘यो घर तेरो होइन भनेर दिनै पिच्छे झगडा हुन थालेपछि बस्न सकेन, श्रीमती र छोरीलाई कोठामा लिएर बसालेको छु ।’ प्रकाश भन्छन् । 

प्रकाश बुवाको हक र अंश माग्दामाग्दै अहिलेसम्म न्यायीक ढोकाको चक्कर काट्दै छन् । आजसम्म आफ्नो नागरिकता त के, जन्मदर्ता समेत बनाउन सकेका छैनन् । प्रकाश राज्यस्तरबाट पाउनुपर्ने सबै अधिकारबाट बञ्चित भएका छन् । 

घटना वि.स. २०५१ सालको हो । सिगास गाउँपालिकाकी देवकी(नाम रिवर्तन) बलात्कृत भइन् । सो घटनाबारे आफन्तलाई सुनाइन् । देवकीले बताए अनुसार स्थानीय गाडो धामी नाम गरेका ब्यक्तिले देवकीलाई बलात्कार गरेपछि गर्भ बसेको थियो । देवकीका श्रीमानको २०४५ कार्तिक ७ गते मृत्यु भइसकेको थियो । उनि एकल महिला हुन् ।   

आफन्त भनिएका दान सिंह धामीसहितका ठुला भनाउँदाहरु गाउँमा मिलेर घटना सामसुम पारे । बलात्कारमा संलग्न भनिएका गाडो धामीले ती एकल महिला देवकीलाई नगद २० हजार रुपैया र दुई तोला सुन दिनुपर्ने सहमती गराएर घटना गाउँमै मिलाईयो । 

देवकीको भनाइ अनुसार २ तोला सुन र २० हजार रुपैया आफन्त भनिएका दान सिंह धामीले नै राखे । उक्त पैसा र सुन ५ वर्ष सम्म पालन पोषणका लागि महिलालाई दिइएको थियो । तमसुक नै बनाएर उक्त पैसा र सुन लेनदेन भएको बताइएको थियो । तर त्यो तमसुक अहिले गायव छ । 

गाडो धामीबाट बलात्कृत भएकी देवकीले २०५२ माघमा प्रकाशको जन्म दिएकी थिइन् । 

उनै प्रकाश आफ्नो बुवा र अंशकको हकदावी गर्दै यहाँसम्म दौडधुप गरिरहेका छन् । 

गाडो धामी नाम गरेका व्याक्तिबाट आमा करणीको सिकार भई आफ्नो जन्म भएको २० वर्षको हुदा थाहा पाएको प्रकाश बताउछन् । त्यसयता समाजका अगुवा, आफन्त, जनप्रतिनिधि, र प्रहरीचौकी सम्म पुगेका थिए । 

त्यसपछि स्थानीय जनप्रतिनिधि, प्रहरी चौकी र समाजिक अगुवासँग आफ्नो हक माग गर्दा कहिकतैबाट सहयोग नजुटेपछि गत वर्ष जिल्ला अदालतमा मुद्धा दर्ता गरेको प्रकाश बताउछन् । 

आमा देवकीसँग गाडो धामीले शारिरीक सम्पर्कगरी मेरो जन्म भएको र गाडो धामीले मलाई छोरा स्वीकारगरी बुवाको नाम र अंश दिनुपर्ने माग गर्दै मुद्धा दर्ता गरेका थिए ।  

आमा देवकीपट्टीका छोराहरु र बुवा दावी गरिएका गाडो धामीबाट नागरिकता र सम्पतीको हक माग्दा नपाएपछि अदालत पुगेको प्रकाश बताउछन् । 

जिल्ला अदालत बैतडीबाट प्रकाशकै पक्षमा फैसला आएको थियो । तर त्यसपछि गाडो धामीले उक्त फैसलाका बिरुद्ध उच्च अदालत दिपायल कञ्चनपुरमा मुद्धा दर्ता गरेका छन् । प्रकाशले यही भाद्र अन्तिम साता कञ्चनपुर अदालतमा पनि वयान दिएर आएका छन् । पुनः असोज १६ गते बयान दिन जाने तयारीमा छन् । 


जिल्ला अदालत बैतडीले गाडो धामी र देवकीबीच भएको सम्बन्धबाट प्रकाशको जन्म भएको ठहर गरेको छ । यसैगरी गाडो धामीको नाममा रहेको कैलालीको मसुरियामा रहेको जमिनको हिस्सा प्रकाशलाई पनि दिनुपर्ने फैसला सुनाईको थियो । 

एक वर्ष लामो दौडधुपबाट जिल्ला अदालतबाट न्याय पाएको महशुस गरेका प्रकाश फेरी उच्च अदालत दिपायल कञ्चनपुरको चक्कर काटीरहेका छन् । 

यतिका वर्षसम्म जन्मदर्ता समेत गर्न नपाएपछि आफु अनागरिक बनेको प्रकाश बताउछन् । ‘आजसम्म सरकारी कार्यालयबाट मेरो नामको कुनै कागजात बनाउन पाएको छैन, स्कुल समेत बढ्न पाएन, अहिले नागरिक बन्नको लागि लड्दैछु,’ प्रकाश भन्छन् ।

यस घटनाका अर्का साची सोही ठाउँका प्रेम सिंह धामी पनि हुन् । प्रेम सिंहले २०५१ सालमा देवकीलाई करणी गरी भागेका गाडो धामीलाई पाटनबाट समातेर गाउँमा लगेर गएका थिए । त्यस बखत गाडो धामीले २० हजार नगद दिएको र २ तोला सुन समेत देवकीलाई दिने सहमती सहितको तमसुक बनाइएको प्रेम सिंह धामी बताउछन् ।

‘यस घटनालाई मैले राम्ररी बुझेको छु, गाडो धामीलाई पाटनबाट समातेर गाउँ मैले पुर्याएको हु, त्यतिबेला गाडो धामीबाट तमसुक बनाएर सुन र नगद भराइयो, उक्त नगद २० हजार र २ तोल सुन दान सिंह धामीले नै लगेका हुन् ।,’ प्रेम सिंह धामीले भने ।  

प्रकाशकी पहिलेकी श्रीमतीलाई समेत अर्कैको जिम्मा लगाएर नगद र सुन समेत दान सिंह धामीले नै लिएको खुलेको छ । यस विषयको तमसुक नै फेला परेको छ । यसअघि देवकीलाई गाडो धामीले दिएको २ तोला सुन र २० हजार रुपैया समेत उनैले राखेको आरोप थियो । हुदाहुदै बिहे गरेर भित्र्याएकी प्रकाशकी पहिलो श्रीमतीलाई समेत सुन र नगद लिएर अर्कैको जिम्मा लगाइदिएका छन् । 

प्रकाशको पहिलेकी श्रीमतीलाई लगेका आफन्तहरुले तमसुकमा भने बमोजिम दान सिंह धामीलाई जारीको सुन र नगद दिएको बताएका छन् । तमसुकमा भएको कुरा साचो रहेको प्रकाशकी श्रीमतीलाई लैजाने केटा पट्टीका नाता पर्ने सुरेशले बताए ।

प्रकाशको जिवनमाथि खेलवाड गर्ने गाडो धामी र दान सिंह धामी नै रहेको प्रेम सिंह धामीको आरोप छ ।

गाडो धामीले यो आरोप अस्वीकर गरिरहेका छन् । यो जिल्ला अदालतको बकपत्रमा समेत उल्लेख थियो । आरोप अस्वीकर गरेको भएपनि आरोप अस्वीकर गरेको कुरा पुष्टि हुने आधार अदालतले देखेको छैन । फोनबाट यस विषयमा बुझ्न खोज्दा हामिलाई गाडो धामीले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

घटनासँग जोडिएका सुन र नगद लिएको भनिएका दान सिंह धामीले पनि आफुमाथिको यो आरोप सरासर झुटो रहेको बताउछन् । ‘यो आरोप झुटा हो, म जहाँ गएर पनि भन्छु,’ उनले भने ।


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्