Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनले ग¥यो योजना शाखा प्रमुख सहितका १३ जना कर्मचारीको करार थप नगर्ने निर्णय
पाटनले ग¥यो योजना शाखा प्रमुख सहितका १३ जना कर्मचारीको करार थप नगर्ने निर्णय
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज १४, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर गोविन्द प्रशाद पन्तसहितका १३ जना कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको छ । 
असोज १० गतेदेखि लगातार ३ दिन बसेको कार्यपालिका बैठकबाट योजना शाखा प्रमुख पन्तसहितका १३ जना करारका कर्मचारीहरुको करार अवधि थप नगर्ने निर्णय गरेको हो । 
योजना शाखा प्रमुख इन्जिनियर पन्त, योजना शाखामै कार्यरत सब इन्जिनियर दिनेश कुमार ऐर, सावरी चालक दिनेश चन्द, र कार्यालय सहयोगी पुष्पराज गिरी रहेका छन् ।
यसैगरी पाटन नगरपालिका–४ मा कार्यरत सामाजिक परिचालक जन्तरी बिस्ट, वडा नम्बर ६ मा कार्यरत यज्ञराज पन्त, वडा नम्बर १० मा कार्यरत विमला कुवँरको करारअवधि पनि नथप्ने निर्णय गरिएको छ । 
वडा नं ७ मा कार्यरत कार्यालय सहायक हरिकुमार विक,  सामाजिक परिचालक रामदत्त भट्ट र पशु प्रविधिक महेश कुमार चन्दको करारअवधि थप नगर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 
नगरपालिकामा दरबन्दी नै नभएका तर करारमा पदपुर्ती मात्रै गरिएकाहरुलाई हटाएको नगरपालिकाले जनाएको छ । 
योजना शाखा प्रमुख सहितका कर्मचारीको हकमा भने काम सन्तोषजनक नरहेको भन्दै हटाएको नगरपालिकाले जनाएको छ । 
‘सबै कार्यपालिका सदस्यहरुबाट हटाउने भन्ने कुरा आयो, सबैले सहमती जनाएका हुन्,’ नगर प्रमुख गौरी सिंह रावलले रेडियो सेभेन स्टारसँग भने । 
यसअघि २०७९ पुषमा पनि तत्कालिन इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सव इन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गरेको थियो ।
नगरपालिका मातहतका योजना कार्यान्वयनमा व्यापक त्रुटी भएको भन्दै उनिहरुलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त समयमा नगरपालिकाको प्रशासकीय भवनमै उपप्रमुख कमल सिंह बोहराले हतौडा लिएर योजना अनुगमन गरेका थिए । त्यहाँ व्यापक कमजोर भएको देखिएपछि बर्खास्त गर्ने निर्णयमा पुग्न मद्दत पुगेको थियो ।
त्यसैगरी उक्त समयमा वडा नं ३ को एक विद्यालय भवनमा पनि त्रुटी देखिएको भन्दै योजना अनुगमनका संयोजक समेत रहेका उपप्रमुख बोहराले हतौडा प्रयोग गरेका थिए । 
नगरपालिकामा भइरहेका योजनाहरुको कार्यान्वयन निकै फितालो भइरहेको ठहर गर्दे योजना शाखाका इन्जिनियर सहितका प्रावधिकहरुलाई हटाइएको थियो । 
तर यस बखत इन्जिनियर पन्त र सब इन्जिनियर ऐरलाई हटाउने निर्णय गर्नुको कारण खुलाइएको छैन । काम सन्तोषजनक नरहेको भन्दै हटाइएको बताइएको छ ।

यसैगरी कार्यपालिका बैठकबाट समायोजन हुन छुटेका सामुदायिक विद्यालयहरुलाई समायोजनमा लैजानेगरी अघि बढ्ने निर्णय पनि गरिएको सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।

नगरपालिकाले बनाएको मापदण्ड बमोजिम विद्यालय समायोजन र दरबन्दी मिलानको कार्यलाई अघि बढाउने निर्णय भएको सामाजिक विकास समिति संयोजक बिष्टले बताए । 

“यस विषयमा दशैं लगत्तै कार्यपालिकामा बृहत छलफल हुन्छ, त्यसपछि अनुगमन गर्छाै, समायोजन हुन छुटेका विद्यालयहरुलाई समायोजन गर्छाैँ” संयोजक बिष्टले भने ।
 


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्