Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ‘नियुक्त गर्दा पालिकाले पत्र काटेरै बोलायो,अहिले हुदै नभएको दाग लगाएर हटायो’
‘नियुक्त गर्दा पालिकाले पत्र काटेरै बोलायो,अहिले हुदै नभएको दाग लगाएर हटायो’ ‘भर्खरै सेवा क्षेत्रमा प्रवेश गर्दा नियोजित ढंगले हटाइयो, अफ्नै पालिकाबाट मेरो करियरमा दाग लाग्ने काम गरियो’
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज १५, २०८१

बैतडी, 

पाटन नगरपालिका–६ घर भएका इन्जिनियर गोविन्द प्रशाद पन्त बैतडी सदरमुकामको प्राविधिक विद्यालयमा अध्यापन गराइरहेका थिए । 
मासिक आधा लाख तलब पाइन्थ्यो । लोक सेवाको तयारी पनि भइरहेको थियो । विद्यालय समयबाहिर लोकसेवाको तयारी गर्दै संघर्ष  गरिरहेका थिए । 
गत वर्ष पाटन नगरपालिकाले खोलेको इन्जिनियरको दर्खास्तमा आवेदन दिदै परीक्षा समेत दिएका उनी बैकल्पिक उम्मेदवारको रुपमा छानिए । 
नगरपालिकाको इन्जिनियरमा छनौट भएका उम्मेद्वारले केही समयपछि राजिनामा दिएपछि पाटन नगरपालिकाले हाजिर हुन इन्जिनियर पन्तलाई पत्र पठायो । बैकल्पिक उम्मेदवारको रुपमा रहेका पन्तले आफनै नगरपालिकामा सेवा गर्न पाइने र पाटनको विकासको लागि योगदान दिन सकिने भन्दै शिक्षण पेशा छोडेर पाटनमा आए । 
असोज तिर नियुक्त भएका इन्जिनियर पन्तलाई हालै बसेको कार्यपालिका बैठकबाट करारअवधि नथप्ने निर्णय गरेको छ । 
इन्जिनियर लगायतका प्रावधिक कर्मचारहिरुलाई हटाउने नगरपालिकाको पुरानै रोग हो । यसअघि पनि एक इन्जिनियरसहितका ४ जना प्राविधिक कर्मचारी पाटनबाट हटाइएको छ । 
विगतमा हटाइएका प्राविधिक कर्मचारीको विषय र हालका इन्जिनियर पन्त र सव इन्जिनियर दिनेश कुमार ऐरलाई हटाइएको विषय निकै फरक तथा शंकास्पद छ । 
यसअघि हटाइएका प्राविधिकको हकमा सञ्चार माध्यममा छर्लङ्ग छ । तर यस पटक हटाइएका प्राविधिक कर्मचारीलाई हटाएको स्पष्ट कारण कुनै कार्यपालिका सदस्यसँग छैन । 
योजना शाखा प्रमुख इन्जिनियर पन्तले नगरपालिकामा रहदा कुनै पनि काम नियम विपरित नगरेको बताएका छन् । ‘मैले करिब १ वर्ष यहा काम गरे, यस अवधिमा योजना शाखाबाट हात हालेका सबै योजना सम्पन्न भए, नियम विपरित काम गरिएको छैन, सबैसँग समन्वयगरी काम गरिरहेको थिए,’ पन्तले भने । 
बिना कारण एक पटक पनि स्पष्टिकरण समेत नसोधेर बदनामी तरिकाले आफुहरुलाई हटाउने निर्णयले निकै चिन्तित तुल्याएको उनले बताएका छन् । 
‘यदी कमजोरी भएको छ भनेर कसैले भनेको भए म आफै राजिनामा दिने थिए, भर्खरै सेवा क्षेत्रमा प्रवेश गर्दा नियोजित ढंगले हटाइयो, मेरो करियरमा दाग लाग्ने काम गरियो, यो निकै दुःखद हो,’ उनले भने ।
घरनजिकै कार्यालय रहेकाले आफुले रातदिन नभनी काम गरेको समेत पन्तले बताएका छन् । 
जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृतको कुरा समेत सुनेको र आफुलाई पनि कुनै स्पष्टिकरण समेत नसोधेको पन्तको भनाइ छ । यो सरासर तानासाह प्रवृति भएको समेत उनको आरोप छ । 
राजनितिक पहुँच नभएकाहरुलाई मान्छे समेत नगन्ने प्रवृति हावि भएको पन्तको आरोप छ । 
अर्का सब इन्जिनियर दिनेश कुमार ऐरले पनि बिना कारण कर्मचारीलाई हटाएर नगरपालिकाले प्राविधिक कर्मचारीलाई हेर्ने दृष्टिकोण छर्लङ्ग गरेको बताएका छन् । ‘यहाँ प्राविधिकलाई निसाना बनाइएको छ,  म एक्लैले ५ वडाका योजना हेरेको थिए, कुनैमा केही कमजोरी थिएनन्, अहिले एक्कासी यस्तो निर्णय गरियो,’ उनले भने ।  स्टाफ बैठक वा अन्य बैठकमा समेत स्पष्टिकरण लगायतका कुनै पनि प्रक्रिया अवलम्बन नगरिएको उनले बताए । 
पाटन नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा २ जना सब इन्जिनियर र १ इन्जिनियर मात्रै कार्यरत थिए । पाटनमा २ इन्जिनियर र ४ सव इन्जिनियरको दरबन्दी हो । 
करारका कर्मचारीको अवधि थपघट गर्ने अधिकार कार्यपालिकालाई नै हो । नगरपालिकाको कार्यपलिकाबाटै निर्णय गरिएको छ । 
तर इन्जिनियर पन्त र सव इन्जिनियर ऐरीलाई हटाउनुको स्पष्ट कारण के हो भन्ने विषयमा नगर उप्रमुख तथा प्रमुख सहित कार्यपालिका सदस्यहरुले पनि स्पष्ट कारण बताउनै सकेका छैनन् । 
यसअघिका कर्मचारीलाई हटाउदा देखिएका त्रुटी जस्तो हाल नभएको नगर उपप्रमुख एवं योजना अनुगमन समिथिका संयोजक समेत रहेका उपप्रमुख कमल सिंह बोहराले नै बताएका छन् । योजना शाखा प्रमुख सहितका प्राविधिकका कारण केही योजनाहरुमा ढिलाई भएको, योजना समयमै सम्पन्न नभएको लगायतका विभिद कारण रहेको उपप्रमुख बोहरले बताएका छन् । यसअघिका प्राविधिक हटाएजस्तो स्पष्ट कारण नभएको उनले बताएका छन् । 
नगर प्रमुख गौरी सिंह रावलले पनि सबै कार्यपालिका सदस्यहरुले हटाउने सहमती जनाएपछि प्रक्रियागत तवरले नै हटाएको बताएका छन् । 
सामाजिक परिचालकको हकमा दरबन्दी नै छैन । कार्यालय सहयोगीको हकमा दरबन्दी भन्दा बढी छन् ।  त्यसै कारणले व्यायभार नथप्ने भनेर उनिहरुलाई हटाएको नगरपालिकाले स्पष्ट पारेको छ । 
 


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्