Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा किशोरी बेपत्ता प्रकरणः ४ दिनपछि हवल्दार जोशीको नाममा किटानी जाहेरी 
बैतडीमा किशोरी बेपत्ता प्रकरणः ४ दिनपछि हवल्दार जोशीको नाममा किटानी जाहेरी 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज २९, २०८१

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया किशोरी बेपत्ता पारेको ४ दिनपछि किटानी जाहेरी परेको छ । गत शुक्रबार बिहान करिब ४ बजेदेखि बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन। 
पञ्चेश्वर–२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशीको नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।  ‘जाहेरी पुगेको छ, हामि प्रक्रियामा छौँ’ प्रहरी निरीक्षक ढुंगानाले भने । 

किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको र उनको खोजी गरी पिडकमाथि कानुनी कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै जाहेरी दिएको किशोरीका आफन्तसँगै जिल्ला प्रहरी कार्यालयमा पुगेका पञ्चेश्वर–२का वडा अध्यक्ष बिर बहादुर चन्दले जानकारी दिए ।

किशोरी बेपत्ता हुनुमा आफन्तहरुले यसअघि नै हवल्दार जोशीकै संलग्ना रहेको दावी गर्दै आएका छन् । केही आधारहरु पनि भेटिएका थिए । किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितका केही विवरणहरुपनि प्रहरीसमक्ष बुझाइसकेका छन् । 

यसैगरी सोही दिन पनि किशोरी बेपत्ता भएपछि हवल्दार जोशी भारतपट्टीबाट भाग्दै गरेको अवस्थामा भेटिएपछि स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।
आरोपित प्रहरी हवल्दार  जोशीले प्रहरी समक्ष किशोरी बेपत्ता पार्नुमा आफ्नो संलग्नता नरहेको दावी गर्दै आएका छन् । किशोरी बेपत्ता भएपछि खोज तलासमा गएको र सोही क्रममा आफुलाई नै आरोप लगाउन थालेपछि भारतीय बाटो भएर जिल्ला प्रहरी कार्यालयमा आउन खोज्दा स्थानीयले नियन्त्रणमा लिएको बताइका छन् । 
किशोरीसँग चिनजान रहेको भने बताएका छन् । अन्य कुनै सम्बन्ध नरहेको दावी हवल्दार जोशीको छ । तर तस्बिर लगायतका केही प्रमाणहरु हेर्दा किशोरीसँग निकटको सम्बन्ध रहेको बुझिएको छ । 
किशोरी बेपत्ता भएको ४ दिन पुरा भइसक्दा पनि फेला पर्न सकेकी छैनन् । आफन्तहरुले किशोरीको अवस्था समेत पत्ता नलगाउन सकेको भन्दै आक्रोसीत बनेका छन् । किशोरी कुन अवस्थामा छिन् भन्ने समेत थाहा नहुनु निकै दुःखद भएको किशोरीका आफन्त प्रेम सिंह मंगोलाले बताए । 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले किशोरीको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको बताएका छन् । उक्त टोलीले पञ्चेश्वरतर्फ किशोरीको खोजी गरिरहेको उनले बताएका छन् ।   
 


प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्