Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरपालिकाका पूर्व मेयर चन्द भन्छन्ः कांग्रेसमै छु 
पाटन नगरपालिकाका पूर्व मेयर चन्द भन्छन्ः कांग्रेसमै छु 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, कात्तिक ३, २०८१

 

बैतडी, 
बैतडीको पाटन नगरपालिकाका पूर्व मेयर केशवबहादुर चन्दले आफू नेपाली कांग्रेसमै रहेको बताएका छन् । २०७९ सालको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवार बनेका चन्दले आफू नेपाली कांग्रेसमै रहेको दाबी गरेका हुन् । 

चुनाव भएको झण्डै दुई बर्षपछि चन्दले शनिबार बैतडीको पाटनमा कांग्रेसका नेता र कार्यकर्ताहरुसंग अन्तरक्रिया गरेर आफू कांग्रेसमै रहेको बताएका हुन् । अन्तरक्रियामा बोल्दै चन्दले आफूले पार्टी विरुद्ध नभइ गठबन्धनविरुद्ध उम्मेदवारी दिएको बताए । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले अब चुनावमा गठबन्धन नगर्ने निर्णय समेत गरिसकेको बताउँदै चन्दले आफूले पहिला नै सो कुरा उठाएको दाबी गरे । उनले भने ‘म डेमोक्र्याकिटक मान्छे हुँ । नेपाली कांग्रेसले चुनावको बेला बैतडीमा संघीय संसदको उम्मेदवार उठाएन् त्यसको विरुद्ध मैले उम्मेदवारी दिएको हुँ । कांग्रेसको उम्मेदवारको विरुद्ध म कहिले लागेको छैन् ।’
पाटनमा नेपाली कांग्रेसका नेताहरु विष्णुदत्त जोशी,सिद्धराज भट्ट, करनसिंह कठायत, गौरीसिंह रावल, राजेन्द्रसिंह बिष्ट लगायतलाई साथमा राखेर चन्दले आफू कांग्रेसको संगठन विस्तारमा लाग्ने बताए । उनले भने,‘मैले लामो समय नेपाली कांग्रेसमा काम गरेको हुँ । अहिले पनि म नेपाली कांग्रेसमै छु । अब पार्टीको संगठन विस्तारको काममा लाग्छु ।’

अन्तरक्रिया कार्यत्रलममा सहभागि ट्रेड युनियन बैतडीका अध्यक्ष बसन्त बिष्टले कांग्रसमा प्रतिशोधको भावनाले नभई एक ढिक्का भएर अघि बढ्नु पर्ने बताएका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले कांग्रेसको उम्मेदवार नभएका ठाउँमा गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरुको कारवाही फुकुवा गरेकाले कांग्रेस नेता चन्दमाथिको कारवाही फुकुवा भइसकेको नेविसंघका केन्द्रीय सदस्य कपील केसीले बताए । 

अन्तरक्रिया कार्यक्रममा सहभागी कांग्रेसका नेता कार्यकर्ताहरुले केशवबहादुर चन्द कांग्रेसमै फर्केको खुसी व्यक्त गरेका छन् । चन्दले कांग्रेसमा आएपछि संगठन विस्तारमा सहज हुने उनीहरुको भनाइ रहेको छ ।  

केशवबहादुर चन्द लामो समयदेखि कांग्रेसको राजनीतिमा रहेका र तत्कालिन परिस्थितीमा केही कमजोरी भएपनि फेरि कांग्रेसमै फर्केकाले खुसी लागेको जिल्ला समन्वय समितिका पूर्व प्रमुख एवं कांग्रेस नेता सिद्धराज भट्टले बताए । 

यस्तै पूर्व जिविस उपसभापति एवं कांग्रेस नेता विष्णुदत्त जोशीले चन्द जहिले पनि प्रजातान्त्रिक विचारका व्यक्ति भएकाले उनी कांग्रेसमा फर्किनु निकै सुखद भएको टिप्पणी गरे । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको नगर प्रमुख बनेका चन्द २०७९ सालको आम निर्वाचनमा पार्टीको निर्णय विरुद्ध उभिएका थिए ।तत्कालिन समयमा पार्टीले बैतडीको वस्तुस्थिती नबुझेर निर्णय गरेको र अहिले पार्टी आफ्नै लाइनमा आएको बताउँदै चन्दले आफू जहिले पनि कांग्रेसमै रहेको दाबी गरेका छन् ।
 


प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्