Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गाउँको कमाईले खान नपुगेपछि सपरिवार भारततिर
गाउँको कमाईले खान नपुगेपछि सपरिवार भारततिर
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, कात्तिक १२, २०८१

बैतडी, 
बैतडीको दशरथचन्द नगरपालिका–९ जोशीबुंगाका ४२ वर्षीय प्रेम लुहार दम्पनी तीन छोराछोरीसहित भारतको बेङ्गलोर बस्दै आएका छन् । ५ वर्षपहिले भारत गएको प्रेमको परिवार उतै बस्दै आएको छ । तीनै छोराछोरीलाई बेङ्गलोरकै एक विद्यालयमा भर्ना गरेको प्रेम र उनकी श्रीमती दुवैजना रोजगारीमा लागेका छन् । 
गाउँमा परिवार पाल्न धौधौ हुन थालेपछि सपरिवार बेङ्लगोर हानिएका प्रेम घर आउनै चाहान्नन् । ‘देविदेवताको पुजाआजाबको लागि कहिले घर आइन्छ, नत्र आइदैन,’ । असोज नवरत्रा पुजाको कार्यक्रममा भेटिएका प्रेमले भने । आफु र श्रीमतीको कमाईबाट छोराछोरी बढाउन र केही रकम बचत गर्न समेत पुगेको प्रेम सुनाउछन् । 
यहाँ आरन व्यावसाय (फलामका भाँडाकुडाँ बनाउने पेशा) गरेर परिवार पाल्न नसकेको र अन्य कामको अवसर समेत नजुटेपछि सपरिवार भारत हुइकिएको उनि बताउछन् । 
प्रेमको परिवार मात्रै होइन करिब ५० परिवार रहेको ग्वाल्लेकमा करिब एक दर्जन परिवार भारतमै बसेर परिवार पाल्ने गरेका छन् । भारतमै रोजगारी गरेर सपरिवार उतै बस्न थालेको वडा अध्यक्ष मोहनदेव जोशीले बताए । ‘यस गाउँबाट धेरैजसो बेङ्लोर नै जाने गरेका छन्, सपरिवार गएका धेरैजसो त्यहीँ जान्छन्,’ । वडा अध्यक्ष जोशी भन्छन् ।  
जिल्लाको पुर्चाैडी नगरपालिका– ८ नयाँबस्ती अवस्था पनि उस्तै छ । आरन व्यावसायबाटै गुजारा चलानउ मुस्किल भएपछि गाउँ नै रित्तिएको छ । त्यहाँका डेढ दर्जन परिवारमध्ये अधिकांश परिवार नै भारत पलायन भइसकेका छन् । त्यहाँका ४९ वर्षीय केशव लुहारले स–परिवार गाउँ छाडेर भारतमै बस्दै आएको करिब ६ वर्ष पुरा भइसकेको छ । ७० वर्ष टेक्न लागेकी आमासहित लुहार दम्पतीका दुई छोरा, दुई बुहारी र एक नाति तथा भाइ र उनका तीन छोराछोरी गरी १२ जनाको परिवार भारतको बेङ्गलोरमै बस्दै आएका छन् । वडाध्यक्ष वीरबहादुर बोहरा भन्छन् । ‘चाडपर्वमा परिवारका एकाध सदस्य गाउँ आउँछन्, केही दिन बसेर फेरि उतै जान्छन् ।’ बीरबहादुरका सौतेनी आमा र भाइ दसैँमा घर आएको र लगत्तै फर्किएको उनले सुनाए । 
कृषिमा नयाँ यन्त्र तथा उपकरण भित्रिएर आरनको आवश्यकता कम हुँदै गएर आम्दानी घट्दा दलित समुदायबाट परिवार नै भारत जाने गरेको त्यहाँका स्थानीय बताउँछन् । 
भारतको बेङ्गलोर सहरमा पारिवारिक वातावरणमा काम गर्न सजिलो हुने र हावापानी राम्रो भएकाले नोपली दक्ष कामदार लामो दूरी पार गरेर त्यहाँ पुग्ने गरेको पाइन्छ। त्यहाँ ८–१० हजार भारुदेखि ३०–३५ हजारसम्म आम्दानी हुने पुरचौँडी नगरपालिका– २ का ध्वज धानुकले बताए । ‘श्रीमान्ले सेक्युरिटी गार्डको काम गर्ने, श्रीमतीले घरेलु कामदारका रूपमा काम गरेर छोराछोरी यतै पढाउने बढी छन्,’ प्रवासी नेपाली जनउत्थान समाज, भारत ट्रस्ट बैंंग्लोरका महासचिवसमेत रहेका धानुकले भने । 
गाउँ छाड्नेमा युवादेखि सबै उमेर समूहका छन् । प्रवासमा गएर आकर्षक आम्दानी गर्ने, व्यवसाय गर्ने, संगठित हुने, उतै चाडपर्व मनाउनेलगायत क्रियाकलापमा नेपाली युवाहरू सक्रिय देखिन्छन् । 
गाउँमा रोजगारीको वातावरण नहुदा र व्यापार व्यावसय तथा कृषि पेशामा पनि राम्रो कमाइ हुन छाडेपछि भारतमै जानेहरुको संख्या बढ्दो अवस्थामा रहेको उद्योग बाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट बताउछन् । 
स्थानीय तहहरुले कति जना भारतमा काम गर्ने गरेका छन्, प्रवासमै सपरिवार बस्नेको संख्या कति छ, भन्ने यकिन तथ्याङ्क राखेका छैनन् ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्