Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–१को सरस्वती माविको बरण्डा विवादः स्टमेट बाहिरको काममा उल्झन
पाटन–१को सरस्वती माविको बरण्डा विवादः स्टमेट बाहिरको काममा उल्झन
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, कात्तिक २३, २०८१

बैतडीको पाटन नगरपालिका–१ बयालाचौरमा रहेको सरस्वती माविको नयाँ भवनको अगाडी निर्माण गरिएको बरण्डा भासीएपछि विरोध सुरु भएको छ । 
गत वर्ष ठेक्का भएको ४ कोठे भवन निर्माण असारमै सम्पन्न भएको हो । भवन निर्माण सम्पन्न भएको भवनको अगाडी निर्माण गरिएको बरण्डाको विषयलाई लिएर विव्यसले बिरोध जनाएको छ । निर्माण सम्पन्न गरेको ४ महिनामै बरण्डा चर्किएपछि पुनः निर्माणको माग गरिएको हो । विद्यालय जोखिममा परेकाले यो बरण्डा पुनः निर्माण गरिनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर चन्दको माग छ । ‘यो भवन निर्माण हुदा अनुगमन पनि खासै भएको छैन, कसरी भुक्तानी भएछ, विद्यालयमा धेरै समस्या छ, कसैले हेर्दैनन्,’ विव्यस अध्यक्ष चन्द भन्छन् ।

यो बरण्डा स्टमेटमा नभएको काम रहेको नगरपालिकाले जनाएको छ । स्टमेटमा भवनसँगै जोडिएको बरण्डा रहेको तर भवनभन्दा बाहिरको बरण्डा स्टमेटमा नभएको जनाएको छ । 

भवन निर्माणको जिम्मा पाएको आयुश बिल्डर्सले स्टमेटभन्दा बाहिर रहेको काम भएको बताएको छ । स्टमेटमा भवन निर्माणको मात्रै काम रहेको र केही निर्माण सामाग्री बचेकाले आफुले भवन अगाडीको बरण्डा बिना रकम नै बनाएको निर्माण कम्पनीको दावी छ । 

‘यो भवन निर्माण सम्पन्न भइसकेपछि सबैले बरण्डा बनाइदिन भनेका हुन, मैले स्टमेटमै नभएको काम व्याभारीक रुपमा बनाइ दिएको हो, स्टमेटमा भएको भए, बेस बलियो बनाएर बनाउने थिए, खाली पानी बगाउनको लागि यो बनाइदिन भनेको हुन्, यसको कुनै भुक्तानी लिएको छैन, दिएको पनि छैन,।’ निर्माणको जिम्मा पाएको आयुश बिल्डर्सका सञ्चालक नरेश चन्द भन्छन् । विद्यालयको भवनमा २१ पिल्लरको ठेक्का रहेकोमा २४ वटा पिल्लर ठड्याएर भवन निर्माण गरिएको समेत उनले बताएका छन् । 

अहिले बिरोधका लागि बिरोध भइरहेको उनको गुनासो छ । 

नगर उपप्रमुख एवं योजना अनुगमन समितिका संयोजक कमल सिंह बोहराले भवन निर्माण देखि सम्पन्न भई भुक्तानी हुदासम्म प्रक्रिया अनुसार नै भएको बताएका छन् । भवन अगाडी निर्माण गरिएको बरण्डा मर्मत गरिदिन निर्माण कम्पनीलाई भनिएको बताएका छन् ।
निर्माण कम्पनीले भने पुनः अनुगमन गरिदिन आग्रह गरेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्