Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा नगर शिक्षक व्यवस्थापन र विद्यालय मर्ज गर्ने विषयमा छलफल, कसले के भने? 
पाटनमा नगर शिक्षक व्यवस्थापन र विद्यालय मर्ज गर्ने विषयमा छलफल, कसले के भने? 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, कात्तिक २८, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले विद्यालय समायोजन र नगर शिक्षक व्यवस्थापनका विषयमा छलफल गरेको छ । शिक्षासँग सरोकार राख्ने पक्षका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको हो । 
छलफलमा सहभागिहरुले नगरपालिकाले यसअघि गरेको निर्णयमा पुनरबिचार गर्नुपर्ने धारणा राखेका छन् । 
विधालय नक्साङ्कन गर्नु पर्ने र पुनः स्थलगत निरीक्षण गरेर विद्यालय समायोजन प्रक्रिया अघि बढाउनुपर्ने सरस्वती माविका प्रद्यानाध्यापक लोकराज भट्टले आग्रह गरे । विद्यालयहरुमा पूल दरबन्दी कायम गर्न सकिएमा उपयुक्त हुने समेत धारणा राखे । भट्टले नगर शिक्षकहरुलाई उचित विकल्प दिएरमात्रै विस्थापित गर्न समेत आग्रह गरे । 
नगर शिक्षकको पेशागत सुनिश्तता गर्नुपर्ने, पुर्नताजकी तालिमको प्रवन्ध मिलाउनु पर्ने कृष्ण माविका शिक्षक गोपालदत्त भट्टले आग्रह गरे । विद्यायल समायोजन गर्दापनि औचित्य पुष्टि गरेर मात्रै अघि बढ्नु पर्ने र विधालय सुधार रणनीति बनाएर अघि बढ्न सुझाव दिए ।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रद्यानाध्यापक र अविभावकहरुलाई बोलाएर खुल्ला छलफल गरेर आवश्यक निर्णय गर्न सकेमा उपयुक्त हुने ज्ञानेश्वर नमुना माविका सहायक प्रद्यानाध्यापक धन बहादुर महराले सुझाव दिए । शिक्षक दरबन्दी मिलानको लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघि सार्नुपर्ने धारणा पनि राखे ।
पुनः स्थलगत निरीक्षण र व्यापक छलफलगरेर मात्रै विद्यालय समायोजक गर्नुपर्ने जनपृय माविका प्रद्यानाध्यापक केशवदत्त भट्टले आग्रह गरे ।  
वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले कक्षागत विद्यार्थी संख्या यकिन गरेर मात्रै दरबन्दीको पदपुर्ती गर्न सकिने बताए । कक्षागत, तहगत बिद्यार्थि सङ्ख्या को आधारमा स्थायी, राहत ,अनुदानका दरबन्दी पनि मिलान गरि दरबन्दी पदपूर्ति गर्नु पर्ने अध्यक्ष ठगुन्नाले बताए ।
वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टले विद्यालय समायोजन गर्नुपर्ने बाध्यता आइलागेको बताए । 
वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले निष्पक्ष ढंगले मात्रै विद्यालय समायोजन गर्नुपर्ने र कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताए । हालै नगरपालिकोले गरेको निर्णयमा उनले बिरोध गरे । यो कार्यान्वयनमा निकै चुनौती रहेको पनि बताए । 
वडा नं ५ का वडा अध्यक्ष फुनि सिंह बोहराले नगरपालिबाट गरिएको निर्णयमा पुनरबिचारको माग व्यापक आएकाले नगरसभाबाट फिर्ता गर्न सकिने धारणा राखे । 
वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टले नगर शिक्षक व्यवस्थापनमा नगरपालिकाले कन्ज्युसाई गर्न नहुने बताए । समुदायको सहजताको लागि विगत देखि नै निजिश्रोतका शिक्षकको व्यवस्थापन पालिकाले गरिरहेको र अहिले उनिहरुलाई हटाउन नहुने धारणा राखे । शिक्षामा गरिएको लगानीबाट आएको बेरुजुले कुनै फरक नपर्ने धारणा पनि राखे । अन्य कामकाजमा सुशासन कायम गर्नुपर्ने र नगर शिक्षक स्वयमसेवकका नाममा बजेटमा घाटा भएको भन्न नहुने बताए । 

सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले सबै पक्षबाट आएका सुझावहरु ग्रहण गरि अघि बढ्ने बताए । नगरपालिकाले २०७९ देखि नै शिक्षामा अमूल परिवर्तनको लागि आवश्यक प्रक्रियाहरु अघि बढाएर कार्यान्वयन गरिरहेको बताए । २०७९ सालमै पनि एक पटक विद्यालय समायोजक गर्ने प्रक्रिया थाल्नेक्रममा व्यापक छलफल र अनुगमन गरेर मात्रै अघि बढ्ने विषयमा आफु अडिक रहेर सोही अनुसार कार्यान्वयन गरेको समेत बिष्टले अवगत गराए । अझैपनि छलफल गरि आगामी कदम चाल्न तयार रहेको बताए । 
सामाजिक विकास समिति संयोजक बिष्टले वडा अध्यक्षको अध्यक्षतामा रहेको वडास्तरीय शिक्षा समितिले पनि वडा माहतका विद्यालयको गुणस्तर सुधारको लागि काम गर्नुपर्ने अवगत गराएका थिए । 

नगर शिक्षकको दरबन्दी कटौती गर्नु रहर नभएर बाध्यता भएको नगर उपप्रमुख कमल सिंह बोहराले बताए । शैक्षिक सत्रको बिचमा नभई शैक्षिकसत्रको सुरुवातदेखि विद्यालयहरुलाई समायोजनको मापदण्डका बारेमा पत्राचार गरिएको समेत उपप्रमुख बोहराले अवगत गराए ।
बैशाख, असार र असोजमा गरी ३ पटक विद्यालयहरुमा पत्राचार गरिएको बताए । नगर शिक्षकको पारीश्रमिक दिदा सैद्धान्तिक बेरुजु आएकाले यस विषयमा पुनरबिचार गर्न नसकिने बताए । 

उपप्रमुख बोहराले नगरपालिकाले कार्यपालिकाबाट भएको निर्णयबाट पछाडी फर्कन नसकिने समेत अवगत गराए । सबै कार्यपालिका सदस्यहरुले गरेको निर्णयमा पुनरबिचार गर्न नसकिने उनको भनाइ छ।  

केही कार्यपालिका सदस्यहरुले यस निर्णयका बिरुद्धमा धारणा राख्दा कार्यपालिकामा सहमति जनाएर अहिले बिरोध गर्नुको तूक नरहेको बताए । ‘कार्यपालिकामा निर्णय गर्दा सहमती जनाउने तर अहिले सर्वपक्षिय छलफलमा फरक मत राखेर के भन्ने खोजेको ? असहमती भएको भए त्यहाँ बहिस्कार गर्नुपर्ने नि,’ उपप्रमुख बोहराले भने । 
नगर प्रमुख गौरी सिंह रावलले यस छलफलबाट आएका सुझावहरुमाथि कार्यपालिकामा छलफल गरिने बताए ।  
नगर प्रमुख गौरी सिंह रावलको सभाध्यक्षतामा भएको छलफलमा उपप्रमुख कमल सिंह बोहरा, प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशी, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्ना, वडा नं २ का वडा अध्यक्ष महेश प्रशाद पन्त, वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्ट, वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्ट, वडा नं ५ का वडा अध्यक्ष फुनि सिंह बोहरा, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट लगायत, शिक्षा शाखा प्रमुख ललित पाण्डेय, शिक्षा समितिका प्रतिनिधि, शिक्षक, तथा विभिन्न राजनितिक दलसँग आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरुले छलफलमा सहभागिता जनाएका थिए ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्