Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–३को गुजर स्वास्थ्य चौकीमा अनमी हाजिर हुन नमान्दा सेवा प्रभावित,महिला घरमै सुत्केरी हुदै
पाटन–३को गुजर स्वास्थ्य चौकीमा अनमी हाजिर हुन नमान्दा सेवा प्रभावित,महिला घरमै सुत्केरी हुदै
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, कात्तिक २९, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका वडा नं ३ स्थित गुजर स्वास्थ्य चौकीमा अनमीको अटेरीका कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ । पाटन नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरि एक महिना पहिले नै नेहा भट्टलाई गुजर स्वास्थ्य चौकीमै काज फिर्ता गर्ने निर्णय गरेको थियो । 

यसअघि नगरपालिकामै हाजिर लगाउदै आएकी अनमी नेहालाई गुजर स्वास्थ्य चौकीमा काम गर्न भनिएको भएपनि उनले आनाकानी गर्दा त्यहाको स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको छ । 

गुजर स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरु समस्यामा परेका छन् । 

यसअवधिमा दुई महिलाहरुले घरैमा सुत्केरी हुन बाध्य भएका थिए, भने एक महिलालाई डडेल्धुरा लैजानु पर्ने बाध्यता आएको वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले जानकारी दिए । ‘त्यहाका सेवाग्राही निकै समस्यामा छन्, यहाँबाट खटाइएका अनमीले स्वास्थ्य चौकीमा जान आनाकानी गर्दा सेवा नै प्रभावित भयो, सेवाग्राहीलाई मैले कसरी जवाफ दिने?’ । वडा अध्यक्ष भट्टले भने । 

कार्यापालिका बैठकबाट भएको निर्णय कार्यान्वयन नहुदा स्वास्थ्य सेवा प्रभावित भएको कार्यपालिका सदस्य रमेश कोलीले बताए । प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी खटाउन कडाइ नगर्दा समस्या आएको उनको गुनासो छ । 

कार्यपालिकाबाट निर्णय हुदाहुदै कार्यान्वयनमा नजादा सेवा प्रवाहमा समस्या भएको वडा नं ३ का वडा सदस्य भीम भट्टले बताए । 

बुधबार नगर उपप्रमुख कमल सिंह बोहरासहितका जनप्रतिनिधिहरुले कार्यालय प्रमुख, अम्मरराज जोशीसँग छलफल गरेका थिए । उपप्रमुख बोहराले कर्मचारी खटनपठनमा कडाईका साथ लागु गर्न भनेका थिए । ‘कार्यपालिकाबाट भएको निर्णय कार्यान्वयन गर्नुप¥यो, केही समस्या भए पुनः छलफल गरौँला, तर सेवा प्रभावित हुनेगरी समस्या आउनु भएन,’ उपप्रमुख बोहराले भने । 

कर्मचारी व्यवस्थापनमा नियमानुसार अघि बढ्न सामाजिक विकास समिति संयोजक हरिश बिष्टले आग्रह गरे । अन्य कर्मचारीहरुको मनोबलमा समेत असर पर्ने भएकाले सबै कर्मचारीहरुको लागि नियम बराबर भएको अवगत गराए । 

एक जना कर्मचारीको कारणले समग्र कर्मचारी प्रर्णालीमा असर पर्ने भएकाले प्रक्रिया अनुसार अघि बढ्न वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले आग्रह गरे । कार्यपालिकाको निर्णयको अवज्ञा गर्नु नियमसंगत नभएको उनको भनाइ थियो । आगामी कार्यपालिकामा यस विषयमा पनि ठोस निर्णय गर्नुपर्ने उनको भनाइ थियो । 

प्रमुख प्रशासकीय अधिकृत जोशीले अनमी भट्ट गुजर स्वास्थ्य चौकीमा नभई अन्य स्वास्थ्य संस्थामा जान तयार रहेको बताउने गरेको जानकारी गराए । गुजर स्वास्थ्य चौकीमा नजानुको कारण सहितको स्पष्टिकरण समेत सोधिएको उनले बताए ।

 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्