Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शैक्षिक बहसमा नगरपालिकाको चासोः ‘गुणस्तर सुधारको लागि सुझाव ग्रहण गर्छाैँ, गलत हल्ला नैफलाइयोस’
शैक्षिक बहसमा नगरपालिकाको चासोः ‘गुणस्तर सुधारको लागि सुझाव ग्रहण गर्छाैँ, गलत हल्ला नैफलाइयोस’
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, मंसिर ४, २०८१

बैतडी, 

बैतडीको पाटन नगरपालिकाले शिक्षासँग सम्बन्धित बहसका विषयमा चासो राखेको छ । नगरपालिकाले हालै गरेको शिक्षा सम्बन्धीको निर्णयले चौतर्फी बहस भइरहेपछि नगरपालिकाले पनि यस विषयमा थप चासो राखेको हो ।

नगरपालिकाले असोज दोश्रो साता विद्यालयहरुलाई विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र विद्यालय मामायोजन गर्ने पत्र पठाएपछि शिक्षा सँग सम्बन्धीत बहस सुरु भएको थियो ।

पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले पाटन नगरपालिकाको शिक्षा क्षेत्रमा आमूल परिवर्तन र शैक्षिक गुणस्तर सुधारको लागि निर्णय गरिएको बताएका छन् । विद्यालय समायोजन र दरबन्दी मिलानको विषयलाई लिएर राजनितिकरण गरिनु नहुने उनको भनाइ छ ।

पछिल्लो समयमा नगरपालिकाको निर्णयलाई अपब्याख्या गरी विभिन्न ठाउँबाट विद्यालयको वातावरण खलबल्याउने काम भइरहेको विषयमा नगरपालिको ध्यानाकार्षण भएको जनाइएको छ । ‘अहिले राजनितिक दलहरुले नगरपालिकाको विरुद्धमा उत्रिने, निर्णयलाई पुनरबिचार गर्न लगाउने, यावत विषयहरु बाहिर आएका छन्, हामिले यो विषयमालाई नियालीरहेका छौँ,’ । सामाजिक विकास समिति संयोजक बिष्टले भने । 

नगरपालिकामा रहेका केही विद्यालयहरु कक्षा ३ सम्म सञ्चालन भएको विद्यालयमा ६ जना विद्यार्थी, कक्षा ५ सम्मको विद्यालयमा १४ जना विद्यार्थी र कक्षा ८ सम्मको विद्यालयमा ३६ जना विद्यार्थी रहेका छन् । यस्ता विद्यालयहरु समायोजन गर्नको लागि नगरपालिकाले पहल गरिरहेकोमा अहिले यसलाई अपब्याख्या गरी गलत प्रचार भइरहेको शिक्षा समितिले जनाएको छ । 

विद्यार्थी संख्या निकै न्युन रहेका विद्यालयहरुको नगर शिक्षक अनुदान कोटा घटाउने तयारी भइरहेकोमा यसलाई गलत प्रचार गरी “नगर शिक्षक हटाइने” भनेर हल्ला फैलाएर विद्यालयको वातावरण प्रभावित पार्नु नहुने सामाजिक विकास समिति संयोजक बिष्टले बताए । 

नगरपालिकाले शैक्षिक सुधारको लागि गर्न सकिने कार्यक्रमको विषयमा बिभिन्न राजनितिक दल वा संगठनबाट पनि सकारात्मक सुझावको अपेक्षा गरिएको समेत समाजिक विकास समितिले जनाएको छ । 

विद्यार्थी संख्या भएको विद्यालयमा नगर शिक्षकको दरबन्दी कटौती नहुने र यस विषयमा ढुक्क भएर पठनपाठनमा लाग्न नगरपालिकाले आग्रह गरेको छ । 

नगर शिक्षकहरु हटाइन लागेका छन् भनेर नगर शिक्षकको मनोबल खलबलिएको उनले बताए । नगर शिक्षक हटाउने नभई विद्यार्थी संख्या निकै न्युन रहेका विद्यालयको दरबन्दी मात्रै कटौती हुने उनले बताए । 

कार्यपालिका बैठकमा सबै कार्यपालिका सदस्यहरुले सहमती जनाएर गरेको निर्णय उल्ट्याउनतर्फ जान नसकिने उपप्रमुख कमल सिंह बोहराले बताए । ‘त्यतिबेलै असहमती जनाउनु पर्ने, कार्यपालिकामा निर्णय गर्दा हस्ताक्षर गर्ने अहिले बाहिर आएर असहमती छ भनेर बन्न कसरी पायो ?’ उपप्रमुख बोहराले भने । 

विद्यालयहरुलाई अकस्मात पत्र नपठाएको बताउदै उपप्रमुख बोहराले शैक्षिसत्र सुरु भएदेखि नै पत्राचार गरिरहेको उनले बताए । 
विद्यार्थी संख्याको आधारमा नगर शिक्षक दरबन्दी कटौती गर्ने नगरपालिकाले तयारी थालेको थियो । 
नगरपालिकाले २ वर्षदेखि वडस्तरीय शिक्षा समिति गठन गरि विद्यालय समायोजन र शैक्षिक गुणस्तरका लागि छलफल गरिरहेको थियो । 
नगरपालिकाले यसअघि स्थलगत अनुगमन गर्दै वडा शिक्षा समिति र नगर शिक्षा समिति हुदै कार्यपालिकाबाट निर्णय गरि विद्यालय समायोजन र दरबन्दी मिलानको काम गरिरहेको थियो ।

वडा अध्यक्षको संयोजकत्वमा हुने वडा शिक्षा समितिले पनि जिम्मेवार बन्नुपर्ने नगरपालिकाको भनाइ छ । वडा अध्यक्षको अध्यक्षतामा गठित वडास्तरीय शिक्षा समितिले पनि आफ्नो वडामा रहेका विद्यालयहरुको अवस्था अध्यावधिक गरि अघि बढ्नुपर्ने नगरपालिकाले निर्णय नै गरेको छ ।

वडा  अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले मातहत रहेका विद्यालयको अवस्थाको बारेमा समिक्षा गर्न जरुरी भएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाको भोली बस्ने कार्यपालिका बैठकमा यस विषयमा थप छलफल हुने बताइएको छ । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्