Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः विद्युत लाईन तान्नको लागि जग्गा नदिदा पाटन र मेलौलीको सबस्टेसन सञ्चालनमा ढिलाई 
बैतडीः विद्युत लाईन तान्नको लागि जग्गा नदिदा पाटन र मेलौलीको सबस्टेसन सञ्चालनमा ढिलाई 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, मंसिर ५, २०८१

बैतडी, 
बैतडीको पाटनमा जग्गा विवादका कारण पाटन र मेलौली सबस्टेसनको सञ्चालन प्रक्रियामा बाधा पुगेको छ । 
पाटन नगरपालिका–६ को सुर्नया गाड विद्युत गृहदेखि पाटन सबस्टेसनसम्मको ३३ केभी प्रशारण लाईन तान्नको लागि स्थानीयहरुले जग्गा नदिएपछि पाटन र मेलौली सबस्टेसन सञ्चालनमा आउन नसकेको हो । 

स्थानीय पदम सिंह ऐर, कृष्ण सिंह ऐर, मन्दिर सिंह बिष्ट, हरिश बिष्ट, लाल सिंह बिष्ट, करन सिंह भण्डारी, धर्मेन्द्र सिंह बिष्ट, नन्दसिंह बिष्ट लगायतको खेतियोज्ञ जमिन रहेको र उनिहरुले उक्त जमिन नदिने बताउदै आएपछि ३३केभी लाइनको सब स्टेसन सञ्चालनमा आउन नसकेको हो । 


स्थानीयहरुसँग पटक पटक सहमतीको लागि छलफल भएपनि ठोस सहमती नजुटेको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । ‘स्थानीयको गाउँ र खेत हुदै लाईन तान्ने योजना थियो, सहमती दिदैनन्, पुनः छलफल गर्दैछौँ’ वितरण केन्द्र प्रमुख पौडेलले भने । यसअघि पनि स्थानीय जग्गाधनी र जनप्रतिनिधिहरुबीच छलफल भएको तर सहमती नजुट्दा काम अघि बढ्न नसकेको वितरण केन्द्र बैतडीले जनाएको छ । 


सुर्नया गाडको विद्युत गृहदेखि, बेताल मन्दीर, सिराडी खेत, कैलपाल मन्दीर हुदै पाटनको सबस्टेसनमा जोड्ने लाईनमा स्थानीयहरुको विवाद छ । त्यहाका स्थानीयहरुले जमिन नदिने र अर्काे ठाउँबाट घुमाएर विद्युत लाईन विस्तार गर्न भन्दै आएका छन् ।
स्थानीयहरुले लाईन सर्भेका बखत कुनै समन्वय नगरेको हुनाले अहिले लाईन विस्तारको लागि जग्गा दिन नसकिने बताइरहेको वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टले बताए । 


मेलौली र पाटन सबस्टेसनको भौतिक निर्माण सम्पन्न भएको वितरण केन्द्र बैतडीले बताएको छ । सबस्टेसनमा राखिने केही राख्ने डिभाईस लगायतका उपकरणहरु ल्याउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख पौडेलले बताए । ‘केही समाग्रीहरु भन्सारमा अड्किएका छन्, ल्याउनेबारे पहल भइरहको छ, भौतिक प्रगति भने भइसकेको हो,’ उनले भने ।


पाटन र मेलौलीको सबस्टेसनको ठेक्का अर.के.इन्टरनेस्नल कम्पनीले पाएको थियो ।

 


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्