Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा शिक्षा सम्बन्धीको मापदण्ड कार्यान्वयनमा लैजाने निर्णय, कार्यदल गठन
पाटनमा शिक्षा सम्बन्धीको मापदण्ड कार्यान्वयनमा लैजाने निर्णय, कार्यदल गठन
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, मंसिर ५, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले जारी गरेको शिक्षा मापदण्ड कार्यान्वयन गरिने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले  नयाँ मापदण्ड कार्यान्वयन गर्ने निर्णय गरेको हो । 
उक्त मापदण्डको परिधिभित्र नरहेका विद्यालयहरुमा नगर शिक्षक अनुदान कटौती गरिने र थप व्यायभार यही चैत्र मसान्तपछि सम्बन्धित विद्यालयहरुले नै व्यहोर्नुपर्ने निर्णय गरिएको छ ।

नगरपालिकाले जारी गरेको मापदण्डको परिधिभित्र नरहेका विद्यालयको नगर शिक्षक अनुदान कटौती गरिने र त्यसपछिको व्यावभार सम्बन्धित विद्यालयले नै व्यहोर्नुपर्ने निर्णय गरिएको हो । 

विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्नको लागि यस सम्बन्धी विस्तृत अध्यायन गर्न कार्यदल गठन गरिएको छ । वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिश बिष्टको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको हो । यस कार्यदलले लगत्तै सबै विद्यालयहरुको  स्थलगत अनुगमन गर्ने र सम्बन्धित विव्यस तथा अभिभावकसँग वृहत छलफल गरि नगरपालिकामा राय पेश गर्ने बताइएको छ । त्यसपछि नयाँ शैक्षिकसत्रदेखि विद्यालय समायोजन र दरबन्दी मिलान पूर्णरुपमा कार्यान्वयनमा जाने छ । 

सामाजिक विकास समिति संयोजक बिष्टको संयोजकत्वमा रहेको कार्यदलमा वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्ट, वडा नं ७  का वडा अध्यक्ष ललित बहादुर चन्द, वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, कार्यपलिका सदस्य रमेशराम कोली र शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेय रहेका छन् । 

यो कार्यदलले लगत्तै विद्यालय अनुगमनको काम थाल्ने छ । 
शिक्षाका विषयमा कार्यपालिका सदस्यहरुबीच व्यापक छलफल भएको र सबैको सहमतीमा शिक्षा सम्बन्धीको नयाँ मापदण्डको निर्णय  कार्यान्वयनको चरणमा लैजाने सहमती भएको वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले जानकारी दिए । 

“आज सबै कार्यपालिका सदस्यहरुले आ–आफ्नो राय राखे, व्यापक र घनिभूत वृहत छलफलबाट नै यो निर्णय गरिएको हो,” नयाँ कार्यदलका संयोजक समेत रहेका बिष्टले भने । 

विद्यार्थी संख्या, भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विद्यालय समायोजन र दरबन्दी मिलानको बाटोमा जाने सहमती भएको उनले बताए । पालिकामा रहेका ६४ वटै विद्यालयहरुका बारेमा व्यापक छलफल गरिएको र नयाँ मापदण्डका विषयमा सबै कार्यपालिका सदस्यहरु सहमत भएको उनले बताए । 

यसैगरी नगरपालिकाले संघीय अनुदान कोटा पनि वितरण गरेको छ । अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाइ अनुदान कोटा वितरण गरेको छ ।  
जस अन्तरगत कालिका मावि मटे, भुमेश्वर मावि ठाड, गुजर मावि गुजर, त्रिपुरेश्वर मावि द्धाकुलडा, निल्पालेश्वर मावि डैसीली, जनता मावि आरुबाटा र शिवशक्ति आवि बगाउ रहेका छन् । 
मापदण्ड अनुसार नै वितरण गरिएको नगरपालिकाले जनाएको छ ।  
आजकै निर्णयबाट पटक पटक नगरपालिकाले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई प्रशासनिक कारवाही गर्ने निर्णय पनि गरिएको छ । 


प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्