Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी:बालक मृत्यु प्रकरणमा सहमती जुट्यो,घटनाको छानबिन गरिने,पालिकाले क्षतिपुर्ती दिने
बैतडी:बालक मृत्यु प्रकरणमा सहमती जुट्यो,घटनाको छानबिन गरिने,पालिकाले क्षतिपुर्ती दिने
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, पुस ११, २०८१

बैतडी, 
बैतडीमा बालकको शंकास्पद मृत्यु भएको घटनाका विषयमा ठोस अनुसन्धान गर्ने र उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएको छ । डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको बुधबार शंकास्पद मृत्यु भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए ।

घटनाको विषयमा सबै पक्षबाट अनुसन्धान गरिने र पालिकाको तर्फबाट उचित क्षतिपुर्ती दिने विषयमा सहमती गाउँपालिका उपाध्यक्ष बगिरथ सिंह बोहराले जानकारी दिए ।  

गाउँपालिकाले ५ लाख क्षतिपुर्ती र थप किरिया खर्च उपलब्ध गराउने सहमती जुटेको स्थानीय ध्रुब रानाले बताए । यसैगरी शवको पोष्टमाटम गरी छानबिन गरिने सहमती भएको छ । सहमती जुटेपछि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड पनि खुलेको छ । मृतक बालकको पोष्टमाटम गर्न शवलाई गोकुलेश्वर अस्पतालतर्फ लगिएको छ ।

गाउँपालिकाको तर्फबाट उपाध्यक्ष भगिरथ बोहरा, गाउँपालिकाका प्रशासकीय अधिकृत गणेश सिंह बोहरा, वडा नं २ का वडा अध्यक्ष नवराज घरडी  तथा वडा नं ३ का वडा अध्यक्ष रघुबिर बोहरा र आफन्तबीच सहमती जुटेको हो ।

बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी –३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नियमित खोप कार्यक्रम अन्तरगत आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज लगाइएको थियो ।

त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि जरु आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुब रानाले जानकारी दिए ।

त्यसपछि बिहिबार दिउँसोदेखि स्थानीयहरु आन्दोलित बनेका थिए । खोप लगाएपछि बालकको स्वास्थ्यमा समस्या देखिएको र त्यसपछि उक्त घटना घटेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने र उचित क्षेतिपुर्ती दिनुपर्ने मागसहित गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध पारेका थिए । 

सहमती जुटेपछि सडकपनि खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान प्रक्रिया पनि अघि बढेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 
 


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड बुधबार, असार ४, २०८२
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्