Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • उपप्रमुखकाे रोजाइमा गरिब विद्यार्थी
उपप्रमुखकाे रोजाइमा गरिब विद्यार्थी
सुरेश महरा
सुरेश महरा मंगलबार, माघ २९, २०८१

IMG_20250211_202909-1739285755.jpg

बैतडी २९
 बैतडीकि  निशा दमाईले ६० हजार शुल्क तिर्न नसक्दा रोकिएको सर्टिफिकेट ४ वर्षपछि प्राप्त गर्यो ।   
दशरथचन्द नगरपालिका –१०, बाराकोटस्थित कृषि प्राविधिक विषयको पढाइ हुने दानेश्वर माविबाट कृषि जेटिए पढेर पास हुुनुभएकी निशा दमाईले विद्यालयमा ६० हजार शुल्क तिर्न नसक्दा सर्टिफिकेट रोकिएको थियो । दशरथचन्द नगरपालिका उपप्रमुखले माघ २९ गते विद्यालयको खातामा रकम जम्मा गरिदिएपछि निशाले सर्टिफिकेट पाउनुभयो ।       

उपप्रमुख चन्दले आफूले पाउने सेवा सुविधाको रकमले निशा दमाईसँगै पाँच जना गरिब र दलित विद्यार्थीको शुल्क तिरेर सर्टिफिकेट उपलब्ध गराएको बताउनुभयो । उहाँको जस्तै शुल्क तिर्न नसक्दा समस्यामा परेका अन्य छात्रा सपना दमाई, ज्योति थापा, दिपा रावल र रविना थापाको पनि उपप्रमुखले शुल्क तिरिदिनुभयो । 

छोरीको भविश्य निर्माणका लागि उपप्रमुखले ठुलो गुन लगाउनुभएको निशाकी आमा एकल महिला हिरा दमाईले बताउनुभयो । सर्टिफिकेट प्राप्त गरेपछि लोकसेवाको तयारी गर्ने निशाको लक्ष्य छ । उहाँको परिवार ज्याला मजदुरी गरेर छाक टार्दै आएको छ ।   

उपप्रमुखले पाँच जना विद्यार्थीको शुल्क विद्यालयको खातामा जम्मा गरेपछि सोमबार विद्यार्थी र अभिभावक बोलाएर सर्टिफिकेट हस्तान्तरण गरिएको दानेश्वर माविका प्रधानाध्यापक हर्कसिंह बिष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अघिल्लो नगर सरकारले शुल्क तिरिदिने सर्तमा विद्यार्थी भर्ना भएका हुन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि सरकार परिवर्तन भएसँगै कार्यविधि नबनेको भन्दै नगरपालिकाले शुल्क दिन मानेन । उपप्रमुखले आफूले पाउने मासिक सुविधाको रकमबाट शुल्क बिुझाएपछि कार्यक्रम आयोजनागरी सर्टिफिकेट वितरण गरेका हौं ।”

विद्यार्थीको शुल्क नगरपालिकाले तिरिदिनु पर्ने भन्दै शिक्षक पटक–पटक नगरपालिका धाउने गरेको उपप्रमुख कौशिला चन्दले बताउनुभयो । समस्या बुझ्दै जाँदा अत्यन्तै गरिब घरपरिवारका विद्यार्थी भएको बताउनुभयो ।  

उहाँले भन्नुभयो,“ विद्यार्थीको शुल्क तिर्ने नगरपालिकामा कार्यविधि नभएकाले रकम दिन पनि गाह्रो भयो । मैले पाउने सेवा सुविधाबाट प्राविधिक शिक्षा पढ्ने विद्यार्थीका लागि खर्च गर्न कोष बनाएकाले त्यही कोषबाट शुल्क तिरेकी हुँ ।” 

दानेश्वर माध्यमिक विद्यालयले २०७५ सालदेखि निजी स्रोतका शिक्षक राखेर १८ महिने कृषि प्राविधिक विषयको पढाइ सुरु गरेको थियो । सुरुको शैक्षिकसत्रमा  ६० हजार, दोस्रोमा ४०, तेस्रोमा ३० र  अहिले एक जना शिक्षकको तलब नगरपालिकाले दिन थालेपछि १८ महिनाको १५ हजार शुल्क लिने गरेको प्राविधिक शिक्षक रमेशचन्द्र भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले त विद्यार्थी सङ्ख्या घटेर आठ जना मात्र अध्ययनरत छन् । सुरुको शैक्षिकसत्रमा ३६ जना थिए । त्यसपछि घट्दै दोस्रो शैक्षिकसत्रमा २४, तेस्रोमा २१, चौथोमा २२, पाँचौंमा २१ र अहिले छैटौं शैक्षित्रसत्रमा जम्मा आठ जना मात्र विद्यार्थी अध्ययनरत छन् ।


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्