Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सु.प.को विकासका लागि सबै मन्त्री, सांसद र नेताहरू एक ठाउँमा छौँ : मन्त्री भण्डारी
सु.प.को विकासका लागि सबै मन्त्री, सांसद र नेताहरू एक ठाउँमा छौँ : मन्त्री भण्डारी
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, फागुन ८, २०८१

धनगढी :
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सु.प.प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू एक ठाउँमा उभिएको बताएका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरूले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुदूरपश्चिमका महत्त्वपूर्ण विकास निर्माणका योजनालाई गति दिन ध्यानाकर्षण गराइएको बताए । 

‘सुदूरपश्चिमबाट सरकारमा सम्मिलित सबै मन्त्री, माननीय र यहाँका नेताहरूले प्रधानमन्त्री ज्यूलाई भेटेर प्रदेशको विकाससँग जोडिएका गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली कोरिडोर, खुटिया दिपायल फास्ट ट्रयाक, प्रदेशको राजधानी निर्माणलाई अघि बढाउने जस्ता कुरामा महत्त्वपूर्ण छलफल भएको छ,’ उनले भने ।

अधुरा कामहरूलाई पूर्णता दिने र नयाँ कामको थालनी गर्ने विषयमा प्रधानमन्त्रीसँग महत्त्वपूर्ण छलफल भएको भण्डारीको भनाई थियो । 

सेती प्रादेशिक अस्पताल समेतलाई जोडेर जनशक्ति व्यवस्थापन गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने कुरा अघि बढेको उनले बताए । प्रदेशको राजधानी निर्माणको काम पनि चाडै अघि बढ्ने मन्त्री भण्डारीको भनाई थियो ।

उनले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताए । ‘संसद्को अधिवेशन सुचारु छ । हामीले थुप्रै विधेयक प्रस्तुत गर्दै पारित पनि भएका छन् । सरकारले ल्याएको अध्यादेश पनि संसद्मा प्रवेश पाउदैछ,’ भण्डारीले भने, ‘सहमतिमै अध्यादेश पारित हुने तयारी भइरहेको कुरा म जानकारी गराउन चाहन्छु ।’

अध्यादेशले सरकारलाई प्रभावकारी कार्य सम्पादन र सुशासनको प्रत्याभूति दिलाउने जस्ता महत्त्वपूर्ण विषय समेटेको बताउँदै भण्डारीले अहिले देखिएका जटिलता अन्त्य हुने उल्लेख गरेका छन् ।
‘सरकारले अहिले सम्पादन गरिरहेका कामहरूको परिणाम निकाल्ने कुरामा थुप्रै जटिलता र समस्याका चाङहरू छन् । परिणाम निकाल्न निश्चित कोर्स लिन्छ नै । त्यसैले ६ महिनाको परिणाम पर्याप्त होइन,’ भण्डारीले भने, ‘सरकारले गति लिइरहेको छ । कार्य सम्पादनलाई प्रभावकारी बनाउने र सुशासनलाई प्रत्याभूति गर्ने थुप्रै विषय अध्यादेशले अघि सारेको छ । निजी क्षेत्रले समेत स्वागत गरेको छ ।’

सरकारको अर्ध वार्षिक समीक्षाको परिणामका आधारमा अहिले नै विषयगत मन्त्रालयका बारेमा धारणा बनाइहाल्नुपर्ने अवस्था नभएको पनि उनको भनाई थियो । 

तालिमको एकीकृत मन्त्रालय खडा गर्नुपर्छ

Damodar-Bhandari-1740054217.jpg
बिहीबार धनगढी स्थित रोजगार मेला उद्घाटन गरेका उद्योग मन्त्री भण्डारीले एउटा मात्र स्थानीय तहले तालिम सञ्चालन गरेर देशमै रोजगार र स्वरोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । सङ्घीय सरकारले सीप मूलक तालिम एकीकृत रूपमा प्रदान गर्न छुट्टै मन्त्रालय खडा गर्न आवश्यक आवश्यक रहेको धारणा व्यक्त गरे ।

‘अबको युग भनेको दक्ष जनशक्ति उत्पादनको युग हो । कुनै एउटा स्थानीय तहले मात्र तालिम लिएर पुग्दैन,’ भण्डारीले भने, ‘अब सङ्घीय सरकारले यस्ता तालिमहरूको एकीकृत रूपमा मन्त्रालय नै खडा गरेर गर्नुपर्छ, यसमा मेरो मन्त्रालयले पहल गर्छ ।’

उनले देशको समृद्धिका लागि बाधक देखिएका नियमहरू परिवर्तन गर्न सरकारले ल्याएका अध्यादेशहरूको विरोध गर्नुको कुनै तुक नरहेको समेत बताए ।

‘विकास निर्माणका लागि पुराना ऐनहरू छन् । ती ऐनहरूले गर्दा काम गर्न चाहने निकायले समयमा काम गर्न पाएको छैन । काम नै गर्न नपाएका कारण समयमा बजेट कार्यान्वयन हुँदैन, अनि जनताले विकासको अनभूती गर्न पाएका छैनन्’ उनले भने, ‘छिटो छरितो काम गर्न, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नका लागि अध्यादेशहरू ल्याइएका छन्, हामीले कुनै दल फुटाउन अध्यादेश ल्याएका छैनौँ, तर पनि समृद्धिका लागि गरिएका प्रयासको पनि विरोध किन? ’

धनगढीमा आयोजना हुने सीप तथा रोजगार मेलामा झन्डै ११ सय जना युवाहरूले विभिन्न २९ विधाको एक महिने तालिम लिनेछन् । तालिम पश्चात् उनीहरूको सीप परीक्षण गरी रोजगारदाताकै उपस्थितिमा रोजगारीको ग्यारेन्टी गरिने उपमहानगरपालिकाले जनाएको छ ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको प्राविधिक सहयोगमा हुने मेलामा प्रदेशका ९ वटै जिल्लाका ३९ स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न विधामा तालिम प्रदान गरिनेछ ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्