Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असार ५, २०८२

काठ्माण्डौँ ।

नेपालको ऊर्जा भविष्यलाई आत्मनिर्भरता र स्वदेशी स्रोतमा आधारित बनाउने सपना अब सम्भावनाको चरण पार गर्दै यथार्थतिर उन्मुख हुँदै छ । राजधानीबाट टाढा रहेको कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डार भेटिएको चिनिया टोलीको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ ।

चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको गहिरो अन्वेषणमा करिब ११२ अर्ब घन मिटर प्राकृतिक मिथेन ग्यास रहेको पुष्टि गरिएको छ । यो परिणाम जम्मा चार कुइँकान मध्ये एक कुइँकानको प्रारम्भिक नतिजा हो । अन्य तीन सम्भावित कुइँकानबाट सङ्कलन हुने अनुमान गरिँदै आएको भण्डारण समेत समेट्दा यो क्षेत्रमै ४३० अर्ब घन मिटर ग्यास रहेको प्रक्षेपण गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार, यो परिमाणको ग्यासले करिब ५० वर्षसम्म नेपाललाई स्वदेशी ग्यास आपूर्ति गर्न सक्ने सम्भावना छ । प्रधानमन्त्रीकै स्तरमा ऊर्जा आत्मनिर्भरता सम्बन्धी रणनीतिहरू अघि सारिँदै आएको सन्दर्भमा मन्त्री भण्डारीको अगुवाइमा अघि बढाइएको यो परियोजना निर्णायक मोडमा पुगेको छ । भण्डारी भन्छन्, “यो मिथेन ग्यास हो भन्ने पुष्टि भएको छ । विस्तृत प्रतिवेदनपछि परीक्षण उत्पादन सुरु गर्ने योजना बनाइएको छ । आगामी १ वर्ष भित्र व्यवसायीक उत्पादन सुरु गर्न वर्तमान सरकारले गृहकार्य गरिरहेको छ ।”

२०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको ग्यास उत्खननको पहिलो चरणमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गरिएको थियो । त्यहाँबाट ग्यासको गन्ध महसुस भएपछि चट्टानको नमुना परीक्षणका लागि चीन पठाइएको थियो । परीक्षणपछि आएको प्रारम्भिक प्रतिवेदनमा ग्यासको परिमाण मात्रै होइन, गुणस्तर पनि राम्रो रहेको जनाइएको छ । चिनियाँ टोलीले सन् २०२५ डिसेम्बरसम्म विस्तृत प्रतिवेदन दिने प्रतिबद्धता जनाएको छ । सरकारले त्यसअघि नै प्रक्रिया अघि बढाउन दबाब दिएको जनाएको छ । ताकि डिसेम्बर पछि ७५ दिनको परीक्षण उत्पादन कार्य सुरु गर्न सकियोस् । त्यसका लागि ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

दैलेखको जलजले क्षेत्र पहिलेदेखि नै विशेष रहेको थियो । त्यहाँका केही ठाउँमा जमिनमा आगो बल्ने र गन्ध आउने दृश्य देखिँदै आएको थियो । स्थानीयहरूले यसलाई दैवी शक्तिको सङ्केत मानेर पूजा गर्दै आएका थिए । तर वैज्ञानिकहरूले भने यहाँ प्राकृतिक प्रज्वलनशील ग्यासको स्रोत रहेको पुष्टि गरिसकेका थिए । अहिलेको अन्वेषणले त्यो शङ्का हटाउँदै वैज्ञानिक प्रमाणसहित पुष्टि गरेको हो ।

यो अन्वेषण परियोजनाको जरो भने २०७२ सालमा भारतले गरेको नाकाबन्दी सँग समेत जोडिन्छ । त्यस बेला नेपालमा इन्धनको अभाव सिर्जना भएपछि सरकार स्वदेशी ऊर्जा स्रोतप्रति गम्भीर बन्न बाध्य भएको थियो । त्यसैको जगमा सन् २०१९मा नेपाल–चीनबिच भएको सरकारी–स्तरीय (जीटुजी) सम्झौताले ग्यास अन्वेषणको बाटो खोलेको हो । मन्त्री भण्डारीले जिम्मेवारी सम्हालेपछि यो योजना तिव्र गतिमा अगाडि बढेको हो । ४५ रोपनी सरकारी जग्गा छुट्याएर, खानी तथा भूगर्भ विभाग र चिनियाँ प्राविधिकको समन्वयमा अहिलेसम्मकै गहिरो र वैज्ञानिक ड्रिलिङ गरिएको छ ।

यो परियोजना पूर्ण रूपमा चीनको अनुदान सहयोगमा सञ्चालित पाइलट परियोजना हो । प्रारम्भिक लागत अनुमान झन्डै २ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । 

नेपालमा व्यवस्थित रूपमा पेट्रोलियम अन्वेषण कार्य १९९७ देखि मात्र सुरु भए पनि १९७८-७९ मा विश्व बैङ्कको सहयोगमा गरिएको हवाई चुम्बकीय सर्वेक्षणले समेत ग्यासको सम्भावना देखाएको थियो । त्यसपछि सरकारले देशभरका सम्भावित भूभागलाई १० वटा ब्लकमा विभाजन गरी अन्वेषण अगाडि बढाएको हो । तीमध्ये दैलेख मात्र अहिले उत्खननमा पुगेको ब्लक हो ।

जलजलेको सफलतापछि यो परियोजना केवल वैज्ञानिक वा प्राविधिक प्रगति मात्र होइन, राष्ट्रिय ऊर्जा रणनीतिमा ऐतिहासिक परिवर्तन ल्याउने सङ्केतका रूपमा हेरिएको छ । प्रारम्भिक सफलतालाई मन्त्री भण्डारीको दृढ नेतृत्व, योजनाबद्ध कार्यान्वयन र प्रस्ट दृष्टिकोणले सुदृढ बनाएको छ ।

नेपालले यदि ग्यास उत्पादनलाई व्यावसायिक रूपमा सफल बनाउन सके, इन्धनमा बाह्य निर्भरता घटाउने मात्रै होइन, स्वदेशी स्रोतमा आधारित ऊर्जा सुरक्षाको युग प्रारम्भ हुनेछ । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि यो भू–राजनीतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण अवसर बन्न सक्छ ।

जलजलेको जमिनमुनिबाट देखिएको यो उज्यालोले नेपाललाई आत्मनिर्भरता, आर्थिक समृद्धि र ऊर्जा स्वतन्त्रताको नयाँ दिशातर्फ डोर्‍याउने विश्वास लिइएको छ । मन्त्री दामोदर भण्डारीको प्रतिबद्धता र स्पष्ट नेतृत्वले यो सम्भावनालाई यथार्थमा बदल्ने आशा अझ सशक्त बनाएको छ ।


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते शनिबार, फागुन १६, २०८२
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा शनिबार, माघ २४, २०८२
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्