Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, साउन ११, २०८२

बैतडी । बैतडीको पाटन नगरपालिकामा नेकपा एमालेले घेरबार लगाएको छ। नगरपालिकामा भएको अनियमितताका विषयमा छानबिनको माग गर्दै विरोध स्वरूप झिकडे कार्यक्रमअन्तर्गत नगरपालिकाको कार्यालयमा घङारुको ‘झिकडे बार’ लगाएको हो।

यसअघि लेखा शाखामा उपप्रमुख कमल सिंह बोहराको नेतृत्वमा तालाबन्दी गर्दै उठाएका मागहरूमाथि छानबिन गरिनुपर्ने भन्दै ‘झिकडे आन्दोलन’ गरिएको जनाइएको छ। एमालेले नगरपालिकाको मूल गेट र भित्री गेटमा झिकडाको बार नै लगाएर आन्दोलन गरेको हो।

 

नगरपालिकामा भएका भनिएका अनियमितताका विषयमा छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सार्दै विरोधमा उत्रनु परेको एमाले नगर कमिटी अध्यक्ष धर्मराज भट्टले जानकारी दिए। पालिकामा विषय उठ्दा पनि नगर प्रमुख समेत उपस्थित नहुनु अर्को दुःखद कुरा भएको एमाले नगर कमिटीको ठहर छ। नगरपालिकामा भएको भनिएका अनियमितताका कार्यक्रमहरूका विषय उल्लेख नै गरेर छानबिन हुनुपर्ने माग राखेको छ।

यसअघि पाटन नगर कमिटी अध्यक्ष धर्मराज भट्टको अध्यक्षतामा बसेको नगर कमिटीको बैठकबाट विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो। आइतबार पाटन नगरपालिकाको कार्यालयको गेटमा घेरबार गर्ने निर्णय गरिएका हो। त्यसैगरी पाटनमा भएको भनिएको अनियमितताका विषयमा छानबिन गर्न सम्बन्धित निकायसँग लगातार दबाब दिने पनि निर्णय गरिएको थियो। बैठकमा सहभागी प्रतिनिधिहरूले पाटनको छानबिन प्रक्रियालाई टुङ्गोमा नपुर्‍याएसम्म पछि हट्न नहुने बताएका थिए।

यही असार २६ गते पाटन नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरिएको थियो। उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा आर्थिक अनियमितता भएको भन्दै लेखा शाखामा तालाबन्दी गरिएको हो। बिना कागजात भुक्तानी भएको, काम सम्पन्न नभइकनै भुक्तानी दिइएको र अन्य विविध विषयमा अनियमितता भएको भन्दै लेखा शाखामा ताला लगाएका थिए। त्यसै दिन नगर उपप्रमुख गौरी सिंह रावलले तालाबन्दी खोलेर आवश्यक सहजीकरण गरिदिन माग गर्दै जिल्ला समन्वय समिति समक्ष पत्र पठाएका थिए।

त्यसको भोलिपल्ट जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख खगेन्द्र धामी, उपप्रमुख दमन कुँवर, पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा, कार्यकारी नारायण बिष्ट लगायतका प्रतिनिधि सहभागी भएर नगर प्रमुख रावल भारत भ्रमणबाट फर्किए लगत्तै छानबिन समिति बनाउने सहमति गर्दै ताला खोल्ने सहमति भएको थियो।

त्यस बीचमा नेकपा एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको नगर कमिटीबाट यसविषयमा छानबिन गरिनुपर्ने भन्दै विज्ञप्तिमा नै जारी भएको थियो। सार्वजनिक गरिएका विज्ञप्तिमा उपप्रमुख बोहराले उठाएका मागका विषयमा छानबिन गरिनुपर्ने धारणा थियो।

एमालेले भने प्रमुख जिल्ला अधिकारीलाई समेत ध्यानाकर्षण जनाउँदै छानबिन गर्नुपर्ने भन्दै ज्ञापन पत्र नै बुझाएको थियो।  त्यसपछि असार २९ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, पाटन नगरपालिकाका उपप्रमुख सहितका केही जनप्रतिनिधि सहभागी भएर जिल्लामा भएको सहमति अनुरूप ताला खोल्ने धारणा आएको थियो।

सोही समयमा नगरपालिकामा उपस्थित भएका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू पनि सहभागी रहेको र उनीहरूलाई पनि बोलाएर छलफल गरि अघि बढ्नुपर्ने माग उठेको थियो। तर प्रमुख जिल्ला अधिकारी उक्त छलफलमा सहभागी भएनन्। नगर उपप्रमुख बोहरा पनि केही समय मात्रै बसेर बाहिरिए।

त्यसपछि उपप्रमुखको अनुपस्थितिमा बसेको छलफलबाट लेखाको ताला खोलेर सहज वातावरण बनाउने समझदारी भएको थियो। नगरउपप्रमुख बोहरा आफूहरूको छलफलमा सहभागी नभएको भन्दै उपप्रमुखकै कार्यकक्षमा तालाबन्दी गरिएको थियो। त्यसयतादेखि उक्त ताला खुलेको छैन।


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्