Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, साउन १६, २०८२

बैतडी ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ६ घण्टासम्म कृतिम श्वास दिई नवजात शिशुको ज्यान जोगाउने बैतडीको सिगासकी अनमी जानकी पुजारा साउदसँग फोन संवाद गर्नुभएको छ ।
संवादका क्रममा मन्त्री भण्डारीले सिगास जस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा आफ्ना जिम्मेवारीहरू अत्यन्त निष्ठापूर्वक र प्रभावकारी रूपमा निर्वाह गरी राज्यको ध्यान आकर्षित गर्न सफल भएकोमा पुजाराको कामको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पुजारालाई उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा परिचित हुन सफल भएकोमा बधाई दिँदै, आगामी दिनमा पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंलगायत अरू पनि स्वास्थ्यकर्मीहरूले काम गर्ने सिलसिलामा कुनै अप्ठ्यारो परेमा वा मेरो तर्फबाट गर्नुपर्ने कुनैपनि कामका लागि जुनसुकै बेला फोन गर्न सक्नुहुन्छ, म तत्कालै समस्या समाधानका लागि पहल गर्नेछु ।”

फोन संवादकै क्रममा स्वास्थ्यकर्मी पुजाराले आफ्नो कार्यक्षेत्रमा भौतिक पूर्वाधार र स्वास्थ्य सामग्रीको अभाव रहेको भन्दै पहल गरिदिन आग्रह गर्नुभयो । जवाफमा मन्त्री भण्डारीले विगतमा सिगासमा तीनवटा स्वास्थ्य संस्था निर्माणका लागि पहल गरिएको स्मरण गराउँदै, आगामी दिनमा पनि आवश्यक भौतिक पूर्वाधार र स्वास्थ्य सामग्री उपलब्ध गराउन सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य सेवा प्रणाली सुदृढ बनाउन आवश्यक उपकरण र सुविधाहरूको सूची आफूलाई उपलब्ध गराउन पनि अनुरोध गर्नुभयो ।

यसैबीच, मन्त्री भण्डारीले सिगास स्वास्थ्य चौकीमा खानेपानीको समस्या आएको गुनासोप्रति ध्यान दिँदै, सो समस्या समाधानका लागि कार्यान्वयनको चरणमा रहेको हल्काशैनी लिफ्ट खानेपानी योजनाको स्कीम थप गरी स्वास्थ्य चौकी, भुवन भाष्कर मावि र आसपासका बस्तीमा खानेपानी पु¥याउने गरी सम्बन्धित निकायलाई निर्देशन दिने जानकारी दिनुभयो ।

गत बिहीबार ६ घण्टा मुखबाटै अक्सिजन दिएर अनमी पुजारा सिगास–४की लक्ष्मी धामीले जन्मदिएको शिशुको ज्यान बचाउन सफल भएकी थिइन् । राति २० वर्षीया धामीले शिशुलाई जन्म दिएकी थिइन् । शिशुको श्वास निकै सुस्त चल्न थालेपछि स्थलमार्ग र हवाइमार्गबाट समेत उद्धारको अवस्था नभएको अवस्थामा अनमी पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाएकी हुन् । उनको कामको अहिले चैतर्फी प्रशंसा भैरहेको छ । 
 


प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ शुक्रबार, जेठ २९, २०८३
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
गोदावरीमा बगेर दुई महिलाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्