Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
भारतबाट फेसबुकमा ‘भ्रम फैलाउने’ प्रकाश चन्दको वास्तविक अनुहार
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, कात्तिक ९, २०८२

बैतडी ।

जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा सावित भएका छन् ।

दिल्लीमा बसेर प्रकाशले बैतडीका अधिकांश जनप्रतिनिधिहरू — विशेषगरी पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरूको बढी विरोध गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै आएका छन् । उनले बैतडीका एक दलित वडाध्यक्षलाई जातीय रूपमा होच्याउनुका साथै तथानाम गालीगलौज गरेपछि उनीविरुद्ध जातीय विभेदको कसुरमा मुद्दा दायर गरिएको थियो । हाल प्रकाश चन्द प्रहरीको फरार सूचिमा छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–०४, अनमखेत स्थायी घर भएका चन्द हाल दिल्लीमा बस्दै आएका छन् । वि.स २०५४ सालमा एसएलसी पास गरी उच्च शिक्षाका लागि महेन्द्रनगर पुगेका हुन । उनी बैतडीकै एक व्यवसायीको महेन्द्रनगरस्थित घरमा डेरा लिएर बसेका प्रकाशले घरभेटीकै कान्छी श्रीमती ४२ वर्षीया केशरी (नाम परिवर्तन) सँग अनैतिक सम्बन्ध राख्यो ।

उक्त कुरा जेठी श्रीमतीसँग काठमाडौंमा बस्ने घरभेटीले थाहा पाएपछि कान्छीको नाममा रहेको घर बेचिदिए भने, चोरी र लुटपाटको अभियोगमा प्रकाशविरुद्ध प्रहरीमा उजुरी दिए । तर, त्यतिबेला माओवादी जनयुद्ध उत्कर्षमा रहेकाले प्रहरीले पक्राउ भने गर्न सकेन । त्यसपछि प्रकाश र केशरीले भूमिगत शैलीमा बागफाटा स्थित ५ कट्ठा जमिन किनेर खेतीपाती सुरु गरे । उनले मुद्दाबाट बच्नका लागि कञ्चनपुर जिल्लाबाट ‘प्रकाश धामी’ नामको दोहोरो नागरिकता समेत लिएको स्रोतको दावी छ ।

खेतीपाती गर्दै कञ्चनपुरको बागफाटामा बस्दै जाँदा प्रकाश र केशरी दुबैलाई रक्सीको लत लाग्यो । लत यति हदसम्म पुग्यो कि पैसा सकिएपछि घरेलु मदिरा बनाएर खान थाले । ठूलो ऋण लागेपछि तिर्नका लागि ५ कट्ठा जमिन बेचिदिए र दुवैजना भारत पसेका हुन् । दिल्लीमा केही समय होटेलमा काम गरेपछि हालसम्म दिल्लीको गुडगावस्थित बजाज कम्पनीमा ‘टुल टेक्निसियन’को रूपमा काम गर्दै आएका छन् ।

उनको फेसबुक आइडीमा भने उनले आफूलाई ‘सफ्टवेयर इन्जिनियर’ भनेर उल्लेख गरेका छन् । तर, १२ कक्षा पनि पास नगरेका प्रकाशका कागजात नक्कली भएको उनलाई नजिकबाट चिनेका व्यक्तिहरू बताउँछन् ।

उनी अहिले थुप्रै फेक आइडी बनाएर दिल्लीबाट बैतडीका जनप्रतिनिधिहरूलाई गाली गर्ने र भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् । जनयुद्धकै समयमा एक पटक प्रकाशको खोजी गर्न उनका बुबा महेन्द्रनगरको बागफाटा पुगेका थिए । बुबा खेतिपातिमा सघाउन पनि थालेका थिए । एकदिन वर्षाको मौसममा बिहानै खेतमा काम गरिरहेको देखेपछि छिमेकीले “यी को हुन् ?” भनेर सोध्दा प्रकाशले जवाफ दिएका थिए — “गाउँबाट नोकर बोलाएका हौँ ।”

बुबालाई ‘नोकर’ भनेर चिनाएपछि तत्कालै बुबा झोला समातेर घर फर्किए । त्यस दिनदेखि बाउछोराबीच बोलाचाल र भेटघाट बन्द भयो । उनका बुबाले अहिले “छोरा मरेको हो” भनी मान्ने गरेका छन् ।
उक्त मुद्दामा दोषी ठहर कैद सजाय तोकिएका उनी हाल प्रहरीको फरार सूचीमा रहेका छन् । उनलाई ‘इन्टरपोल’ प्रक्रिया मार्फत नेपाल ल्याएर जेल हाल्ने तयारी भइरहेको स्रोतले जनाएको छ । उनको नाममा साइवर क्राइमको मुद्धा समेत बिचाराधिन अवस्थामा रहेको बुझिएको छ।

प्रकाशको कञ्चनपूरकी महिलासँग सम्बन्ध हुँदाहुँदैपनि उनको घरमा समेत श्रीमती रहेकी छिन् तर उनिसँगको सम्बन्ध भने सुमधुर छैन् । 

#सगरमाथा अनलाइन


प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्