काठ्माण्डौँ ।
पूल भन्नाले दुई वा दुईभन्दा बढी ठाउँहरूलाई विशेषगरी नदी, खोल्सा, खोँच, बाटो वा अन्य अवरोध माथिबाट पार गर्नका लागि निर्माण गरिएको इन्जिनियरिङ्ग संरचना हो। पुल निर्माण को इतिहास लाइ अध्ययन गर्ने हो भने मानव सभ्यताको सुरुवातसँगै मानिसले बसोबासका लागि गुहा, माटो, रुखका हाँगा, र जनावरको छालाबाट बनेका अस्थायी आवास बनाउन थाले संगै पुल निर्माण को पनि सुरुवात भएको हो । त्यसै गरि प्राचीन सभ्यतामा मिस्र, सिन्धु उपत्यका सभ्यता यूनान र रोमन सभ्यतामा स्तम्भ, आर्च, र कङ्क्रिट प्रविधिको विकास भयो। रोमनहरूले बाटो, पुल, र नहरहरू निर्माण गरेर निर्माणकला नयाँ स्तरमा पुर्याए । बर्तमान समयमा बिस्वभरि साना देखि ठुला र छोटा देखि लामो पुल हरु निर्माण भैसकेका छन ।
साना ठुला,बनावट, संरचना,आदि आदि किसिमले पूल को बर्गिकरण को आधार पनि भिन्न किसिमको रहेको पाइन्छ । कल्भर्ट (६ मिटर सम्म), माइनर (६ – ५० मिटर) र मेजर (५० मिटर माथि), त्यसै गरि संरचनाका आधार मा आर्च पूल, तोरण पूल, ट्रस पूल, बिम पूल ,गर्डर पूल, केबल-स्टे पूल, टाइड-अर्च पूल, क्यान्टिलिभर पूल र सामग्रीका आधारमा काठको पूल, ढुंगाको पूल, इट्टाको पूल, स्टील पूल , कङ्क्रिटको पूल, संयुक्त सामग्रीको पूल, झोलुङ्गे पूल आदि आदि रहेका छन्। पूल को बर्गिकरण मा बिस्वभरि खासै एकरुपता भएको पाइदैन ।
नेपाल मा थापाथली मा बागमती नदि माथि निर्माण गरिएको काठे पूल नेपालको पहिलो पुल को रुपमा मानिन्छ भने अमलेखगंज भिम भेदी मा बनेको पहिलो मोटेरबल पुल मानिन्छ । इन्जिनियरिंग निर्माण र डिजाइनको आधार मा पूल निर्माण अन्य संरचना भन्दा जटिल र महँगो पर्न जान्छ , पूल निर्माण मा बिसेस ध्यान दिनु पर्छ ।
करिब ६ हजार साना ठुला नदी नाला र जलश्रोत को धनी देश हुदै गर्दा देश मा पूल निर्माणमा धेरै सम्भावना रहेता पनि पूल को संख्या मा निकै कमी रहेको छ , पूलको संख्या मा कमी ले १२ महिने सडक सन्जाल पनि जोडिएको छैन । पूल को संख्या को आधिकारिक आकडा न रहेपनि हाल नेपाल मा करिब पक्की २५०० जति पूल रहेका छन ।
पुल निर्माण गर्ने सार्वजनिक निकाय हरु मा सडक बिभाग को महत्वपूर्ण भूमिका रहेको छ भने तेसै गरि स्थानीय सडक पूर्वाधार बिकास बिभाग र हाल आएर प्रदेस सरकार र केहि ठुला हाइड्रो कम्पनी हरुले देश मा पुल निर्माण गरि राखेका छन ।
नेपाल मा पूल निर्माण क्षेत्रमा दक्ष प्रावधिक र इन्जिनीयर हरुको अभाव रहेको छ भने पूल निर्माण पनि समयमा कमै हुने गरेको पाइन्छ , बिसेस गरि डिजाइन र सुपरिवेक्षण लाइ नै मुख्य समस्या भन्दा खासै फरक न पर्ला । पूल को अनुमातिन लागत प्रति मिटर १८-२० लाख पर्न जान्छ जुन आफैँ मा महँगो संरचना हो । भूगोल को विभिधता, इन्जिनियरिंग अध्ययन मा थोरै बजेट , दक्ष प्रावधिक र इन्जिनीयर को अभाव , साइट छनौट मा समस्या, राजनितिक दबाब ,डिजाइन मा समस्या ,लो बिड ठेक्का प्रणाली ,भौगोलिक विकटता ,बृस्तित अध्ययन को कमी, सुपरिवेक्षण को कमी ,बजेट व्यवस्थापन मा समस्या नै पुल निर्माण का समस्या रहेका छन ।
डिजाइनका समस्या र समाधान का उपाय
• डिजाइन गर्दा राम्रो संग प्रावधिक र बाताबर्णीय अध्ययन गर्नु पर्न
• विस्तृत भू-प्रविधि र जलविज्ञान विश्लेषण
• भारतीय रोड IRC र सडक बिभाग DoR दिशानिर्देशहरूको उचित कार्यान्वयन
• प्रावधिक टोली (इन्जिनीयर, भूगोल बिद ,समाजशास्त्री,जलबिज्ञ, डिजाइनर) फिल्ड मा जानु पर्ने अनिवार्य प्रावधान
• बृस्तित प्रावधिक अध्यययन को लागि उचित बजेट व्यवस्थापन
• इन्जिनीयर र प्रावधिक लाइ तालिम को व्यवस्था
• पूल को किसिम र उपयुक्त साइट छनौट
• डिजाइन चेक जाच तेश्रो पक्ष
• डी पी आर दोहोरो बनाउने परिपाटी अन्त्य
• फाउन्डेसन डिजाइन गर्दा बिशेष ध्यान र उपयुक्त माटो परिक्षण
• बिस्वविद्यालय कलेज हरुमा पूल बिषय लाइ पाठ्यक्रम मा समाबेश गरि इन्टर्नसीप को व्यवस्था
• अन्य धेरै उपाय हुन् सक्छन
सुपरिवेक्षण समस्या र समाधान का उपाय
• सके सम्म लो बिड लाइ निरोस्साहित गर्ने यधपि कानुन नि दिदैन
• ले आउट गर्दा विशेष ध्यान
• दक्ष प्रावधिक को लागि सार्वजनिक निकाय ले बजेट व्यवस्थापन
• नियमित साइट निरीक्षण
• डण्डी को अध्ययन र लेखाजोखा
• गुणस्तर को सामाग्री मात्र प्रयोग
• आवस्यक ल्याब टेस्ट अनिवार्य
• लागत स्टिमेट राम्रो संग अध्ययन
• गुणस्तर योजना कार्यान्वयन
• सडक बिभाग का आवस्यक दिशानिर्देशहरू पालना
• निरीक्षण रिपोर्ट तयार गर्नु
• अन्य धेरै उपाय हुन् सक्छन
पूल निर्माण को निर्माण र डिजाइन मा अन्य संरचना जस्तै इन्जिनियरिंग रहेता पनि पूल निर्माण मा देश मा प्रावधिक जनशक्ति को अभाव र न्यून रहेको सन्दर्व मा पूल संरचना बिशेष निगरानी आवस्यक देखिन्छ ।