Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, कात्तिक २९, २०८२

बैतडी ।
नेकपा एमालेले शनिबार बैतडी सदरमुकाममा भव्य ¥यालीसहित जनसभा सम्पन्न गरेको छ । जिल्ला कमिटी बैतडीको आयोजनामा भएको कार्यक्रममा हजारौँ नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो । कार्यक्रमको मूल उदेश्य विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संविधान र लोकतन्त्रको रक्षा तथा वर्तमान सरकारमा विदेशी प्रभाव र असंवैधानिक गठन प्रक्रियाविरुद्ध जनमत निर्माण गर्नु रहेको एमालेले जनाएको छ ।

जनसभामा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, केन्द्रीय सदस्य लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, जिल्ला कमिटी अध्यक्ष नरेश विकलगायत विभिन्न तहका नेता–कार्यकर्ताको उपस्थिति थियो। जिल्लाका १० पालिका तथा ८४ वडाबाट कार्यकर्ताहरू सहभागी भएका थिए ।

नारा, ब्यानर र पार्टीको झण्डासहित सदरमुकामको छेलाबाट निस्किएको ¥याली गोठलापानी बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विशाल जनसभालाई सम्बोधन गर्दै नेताहरूले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकार विदेशी शक्तिबाट प्रभावित र निर्देशित भएको बताएका छन् । पार्टी केन्द्रीय सदस्य भण्डारीले जेनजी आन्दोलनका नाममा देशभर भएको तोडफोड र आगजनी योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै वर्तमान सरकार गठन प्रक्रिया नै संविधानविपरीत रहेको बताए । उनले भने, “देशको जनादेशलाई बिर्सेर विदेशी इसारामा सरकार चलाइएको छ । यस्तो सरकारले देशलाई दिशाहीन बनाएको छ ।” उनले बैतडीमा एमालेले जितेका सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा योजनाबद्ध रूपमा समस्या खडा गर्न खोजिएको टिप्पणी गरे । “तालाबन्दी गरेर, धम्की दिएर एमालेलाई रोक्न सकिँदैन,” भण्डारीले भने, “एमाले जागृत भइसकेको छ, जनताले शक्ति कसमा छ भनेर देखाइसकेका छन् ।”

एमालेको नेतृत्व पुनः केपी ओलीकै हातमा रहने बताउँदै उनले बैतडी जिल्ला ओली नेतृत्वका पक्षमा एकमत रहेको दोहोर्याए । भदौ २३–२४ का घटनालाई स्मरण गर्दै उनले मुलुकलाई बर्बादीतर्फ धकेल्ने तत्व जेनजी आन्दोलनको आवरणमा हाबी भएको टिप्पणी गरे ।

पार्टीका अर्का केन्द्रीय सदस्य लिलाधर भट्टले जनताको मनमनमा एमाले रहेको बताउँदै एमाले संविधानको रक्षाकर्ता, स्थिरता र विकासको पक्षधर पार्टी भएको उल्लेख गरे । उनले आगामी निर्वाचनमा एमालेले अझ मजबुत जनसमर्थन पाउने दाबी गरे ।

नेताहरूले संघीय संसद पुनःस्थापना गरी निर्वाचनको वातावरण निर्माण गर्नु समयको आवश्यकता भएको बताएका छन् । अहिलेको सरकारले निर्वाचनमैत्री वातावरण बनाउन नसकेको दाबी गर्दै उनीहरूले स्थिरता र संवैधानिक मार्ग कायम गर्न संसद पुनःस्थापनामा जोड दिए ।
 


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्