बैतडी सहित सुदूरपश्चिम प्रदेशमा साउनलाई ‘बत्ती बाल्ने महिना’का रुपमा मनाउने गरिन्छ । धार्मिक महिनाका रुपमा चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । कालो महिना मानिने भएकाले शुक्रबारदेखि बत्ती बालेर उज्यालो पार्ने पर्वका रुपमा मनाइँदैछ ।
साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार राैलाकेदारका पुजारी बिष्ण दत्त भट्टले बताए , साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको उनले बताए ।
‘साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्’, अर्का पन्डीत मदन राज भट्टले भन्नू भयाे । शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ ।बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको राेलाकेदार का पुजारी पन्डत भट्टले बताएका छन् ।
जिल्लाका रौलाकेदार,त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, सिगासधुरा, ग्वाल्लेक धुरा, दोगडाकेदार, उदयदेव मन्दिर, शिवनाथ, वासुलिङ्ग, भूमीराज, कैलपाल, अनिरुद्र, उदयदेव, महारुद्र, पाताल भुमेश्वर , सनसेर ,सुरुपाल,कमल केदार,डडेशवर चनरै , लगायतका धामहरुमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका स्थानीय युवा नेता तथा ब्यपारी बल्देब महराले बताउनु भएको छ ।