बैतडी — सुदूरपश्चिमका पहाडी जिल्लामा सडक तथा भौतिक पूर्वाधारको अवस्थाबारे अनुगमनका लागि दार्चुला पुगेको पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेतृत्वको टोलीले हिजो बेलुकी बैतडीको गोठलापानीस्थित निवास हेरिटेज होटलमा बास बसेकाे थियोे ।
दार्चुला सदरमुकाम पुगेर सडक तथा पूर्वाधार आयोजनाको अनुगमन गरी फर्किएको टोलीले गोठलापानीस्थित निवास हेरिटेज होटलमा रात बिताएको हो।
मन्त्री लम्सालसँगै प्रतिनिधिसभा सदस्य केपी खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हेमराज थापालगायत नेता तथा कार्यकर्ता टोलीमा सहभागी थिए।
सुदूरपश्चिमका पहाडी जिल्लामा सडक तथा अन्य भौतिक पूर्वाधारको अवस्था, निर्माणाधीन आयोजनाको प्रगति र स्थानीयस्तरका पूर्वाधारसम्बन्धी विषयबारे जानकारी लिन मन्त्री नेतृत्वको टोली दार्चुला पुगेको थियो।
दार्चुलाबाट फर्किने क्रममा मन्त्रीसहितको टोलीलाई गोठलापानीस्थित निवास हेरिटेज होटलले आतिथ्य प्रदान गरेको होटल व्यवस्थापनले जनाएको छ। उच्चपदस्थ सरकारी टोलीको बसाइले होटलको सेवा तथा आतिथ्यप्रति थप विश्वास बढाउन सहयोग पुग्ने व्यवस्थापनको अपेक्षा छ।
बैतडीको गोठलापानीमा रहेको निवास हेरिटेज होटलले पछिल्लो समय विभिन्न क्षेत्रबाट आउने पाहुना तथा यात्रुलाई आवास र आतिथ्य सेवा प्रदान गर्दै आएको छ। दार्चुला, बैतडी तथा सुदूरपश्चिमका अन्य पहाडी जिल्लातर्फ आवतजावत गर्ने यात्रुका लागि गोठलापानी महत्वपूर्ण बासस्थानका रूपमा समेत रहेको छ।
मन्त्री तथा राजनीतिक नेतृत्वसहितको टोलीको बसाइले गोठलापानीको आतिथ्य सेवा र स्थानीय होटल व्यवसायको सम्भावनालाई समेत उजागर गरेको छ। सरकारी अधिकारी, राजनीतिक नेतृत्व, व्यवसायी तथा अन्य आगन्तुकको आवतजावत बढ्दै जाँदा स्थानीय होटल व्यवसायले पर्यटन तथा आर्थिक गतिविधिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
निवास हेरिटेज होटल व्यवस्थापनका अनुसार पाहुनालाई गुणस्तरीय सेवा, सहज बसाइ र स्थानीयस्तरको आतिथ्य प्रदान गर्न होटलले प्राथमिकता दिँदै आएको छ। साथै
निवास हेरिटेजबाट अपिहिमाल, पञ्चचुलीलगायतका हिमशृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। होटलबाट देखिने हिमाली दृश्यले यहाँको बसाइलाई थप आकर्षक बनाउने गरेको छ। विशेषगरी हिमाल र प्राकृतिक सौन्दर्य नियाल्न चाहने पर्यटकका लागि गोठलापानीस्थित निवास हेरिटेज उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ।