Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मुद्दाका कारण ठूलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति अवरुद्ध
मुद्दाका कारण ठूलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति अवरुद्ध
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, जेठ २८, २०७९

लोकसेवा आयोगले निजामती तथा सङ्गठित संस्थाका विभिन्न पदमा गरेका विज्ञापनविरुद्ध परेका मुद्दाका कारण ठूलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति अवरुद्ध हुने गरेको छ । खरिदार पदको विज्ञापनको पदपूर्ति तीन वर्षदेखि रोकिएको छ । कर्मचारी समायोजनको मुद्दाले आर्थिक वर्ष २०७६/७७ मा विज्ञापन भएर परीक्षा भएको खरिदारको नतिजा प्रकाशन रोकिएको छ । यसैगरी आव २०७७/७८ मा खुलेको खरिदारको विज्ञापनको अहिलेसम्म परीक्षा भएको छैन । 

समायोजनकै मुद्दाका कारण तीन सयभन्दा धेरै शाखा अधिकृतको पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कर्मचारी समायोजनको मुद्दाको टुङ्गो नलाग्दा ठूलो सङ्ख्यामा पदपूर्ति रोकिएको जानकारी दिनुभयो ।

कर्मचारी समायोजनको मुद्दा सुनुवाइका क्रममा छ । कर्मचारी समायोजनका क्रममा प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीले सङ्घमा नयाँ पदपूर्तिका लागि गरेको विज्ञापनविरुद्ध मुद्दा हालेका थिए र यसले गर्दा उक्त विज्ञापनको पदपूर्ति हुन नसकेको हो ।

समायोजनकै कारण प्रशासन सेवाअन्तर्गत २०७७/७८ को शाखा अधिकृत र इन्जिनियरिङ सेवाको विज्ञापनको पदपूर्तिसमेत रोकिएको छ । यसैगरी कृषि सेवातर्फ नायब सुब्बा प्राविधिक पदको पदपूर्ति पनि रोकिएको छ । विद्यालय निरीक्षकको १६ जनाको पदपूर्ति पनि अलपत्र छ । पशु अधिकृतको १५ जनाको पदपूर्ति पनि रोकिएको छ । विभिन्न समुदायले आफ्नो समुदाय नसमेटेर विज्ञापन गरिएको भन्दै मुद्दा हाल्ने क्रम पनि जारी छ ।

थारू समुदायलाई नसमेटेर विज्ञापन गरिएको भन्दै सर्वोच्चमा मुद्दा परेपछि शाखा अधिकृत र प्राविधिक नायब सुब्बाको पदपूर्ति पनि रोकिएको छ । आयोगका प्रवक्ता सुवेदीले चालू आर्थिक वर्ष २०७८/७९ मा खुलेको विज्ञापनमा परेको मुद्दाका कारण २१० जना शाखा अधिकृतको पदपूर्ति रोकिएको जानकारी दिनुभयो । गत माघमा खुलेको प्राविधिक तथा स्वास्थ्य सेवाको पाँचौँ तहको करिब चार सय जनाको पदपूर्ति रोकिएको छ । 

सार्वजनिक सेवामा आवश्यक दरबन्दी परिपूर्ति नहुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ । उहाँले पदपूर्ति रोकिँदा रोजगारी सिर्जनामा असर पुगेको बताउँदै पेसामा प्रवेश गर्न चाहनेको उमेर नाघ्दा सेवामा प्रवेश गर्न नपाउने अवस्था आएको पनि बताउनुभयो । 

यसैगरी लोकसेवाले लिँदै आएको सङ्गठित संस्थामा पनि कर्मचारीको पदपूर्ति हुन सकेको छैन । वर्षौंदेखि विभिन्न संस्थामा दरबन्दीअनुसारका ठूलो सङ्ख्यामा पदपूर्ति हुन सकेको छैन । विभिन्न सङ्गठित संस्थाहरूमा सम्बन्धित संस्थामा कार्यरत कर्मचारीलाई उमेर हद लगाउने गरी गरिएका विज्ञापनका विरुद्ध कर्मचारीले मुद्दा हाल्दा धेरै विज्ञापन रोकिएका छन् । 

सर्वोच्चले उमेर हद नलाग्ने गरी कर्मचारीका पक्षमा फैसला गरे पनि ती संस्थामा अझै पदपूर्तिको प्रक्रिया अगाडि बढेको छैन । कर्मचारीसँग सम्बन्धित विविध विषयको सम्बोधन नगरी विज्ञापन गरिँदा धेरै संस्थाको विज्ञापन खुलेर पनि रोकिएको छ । 

 गोरखापत्र अनलाईनबाट


प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
भारतीय गायिका आशा भोसलेको निधन
भारतीय गायिका आशा भोसलेको निधन
हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु
हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्