Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगासको पिडाः भत्ता बुझ्न पैदल तीन दिन, बैंकमा पालो नपुगेर रित्तोहात फर्किदै
सिगासको पिडाः भत्ता बुझ्न पैदल तीन दिन, बैंकमा पालो नपुगेर रित्तोहात फर्किदै
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, जेठ २९, २०७९
३ दिनको पैदल हिडेरपनि भत्ता बुझ्न नपाएर रित्तोहात फर्किएका बृद्धहरुः तस्बिर डम्बरबाबु बोहरा

बैतडी 
बैतडीको सिगास गाउँपालिका कले लुहार, महा लुहार र कालु लुहार बुधबार भत्ता बुझ्न भन्दै घरबाट हिँड्नुभयो । बिहान झिसमिसेमै घरबाट हिँड्नुभएका उहाँहरू दुईदिनको पैदल हिँडेर वडा नं २ मा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । तेस्रो दिन बैंकमा पुग्नुभएका उहाँहरू भत्ता नलिएरै घर फर्किन बाध्य हुनुभयो । शुक्रबार बैंकमा पुग्नुभएका उहाँहरू दिनभर लाइनमा बसे पनि पालो नआएपछि निराश भएर फर्किन बाध्य हुनुभएको हो ।

६० वर्षीय कालु लुहारले भन्नुभयो, ‘समाजिक सुरक्षा भत्ता बुझ्न सारै गाह्रो भयो, बैंकमा ठेलमठेल भिड थियो, पालो नै आएन, शनिबार र आइतबार बैंक बन्द हुने भएपछि रित्तै फर्किन बाध्य छौँ ।’ भौगोलिक विकटता र बैंकिङ झन्झटिलोका कारण दुःख भएको उहाँहरूको गुनासो छ । ‘तीन दिन लगाएर बैंकमा पुगेर पनि रित्तै फर्किन बाध्य छौँ, महा लुहारले भन्नुभयो, वडामै भत्ता बुझ्ने व्यवस्था भए राम्रो हुन्थ्यो ।’ उहाँका अनुसार सिगास(५, ६, ७ र ८ नम्बर वडाबाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुईरतीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ ।

लुहारको मात्र होइन वृद्ध तथा समाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया वडास्तरमै हुनुपर्ने उहाँ जस्तै सबैको माग छ । सिगास गाउँपालिकामा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । कृषि विकास बैंकको शाखा वडा नं २ मा छ । भौगोलिक रूपमा विकट रहेको पालिकामा सामाजिक सुरक्षा भत्तादेखि बैंकिङ कारोबारको लागि सेवाग्राहीलाई सास्ती हुँदै आएको छ ।

सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता बुझ्न समास्या भइरहेको छ । तीनदेखि चार महिनाको भत्ता एकैपटक निकासा हुँदा भत्ता बुझ्न बैंकहरूमा भिड लाग्ने गरेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न दुईरतीन दिन हिँड्नुपर्दा बाटोमा बिरामी पर्ने, हिउँ परेका बेला र वर्षात्मा भिरपाखाको बाटो हिँड्न निकै जोखिम हुने गरेको वृद्धवृद्धाहरूको गुनासो छ ।

कतिपय ग्रामीण बस्तीमा सडक छैन । भएका कच्ची सडकमा यातायात चल्दैन । राज्यले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिने निर्णय लिएपछि पैदल यात्रा गर्न ज्येष्ठ नागरिक बाध्य भएका छन् । वडा कार्यालयबाट वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंक खाताबाट वितरण हुन थालेको हो । बैतडीको सिगास गाउँपालिका(२ स्थित कृषि विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, पाँच वर्षमुनिका बालबालिकाले सास्ती भोग्दै आइरहेका छन् ।

यता, बैंकको दुःख पनि उस्तै छ । बिजुली बत्ती नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर बैंक सेवा दिनु परिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुली नहुँदा बैंकको सेवा छिटो छरितो हुन सकेको छैन । घाम नलागेको दिन सोलारले काम गर्दैन । इन्टरनेट नचल्दा सेवा ठप्प हुने गरेको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती भएकाले बैंकसित समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्नुपर्ने सेवाग्राहीले माग गरेका छन् । सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

यता, सामाजिक सुरक्षा भत्तालाई सहज बनाउनेबारे पालिकामा छलफलकै क्रममा रहेको सिगास गाउँपालिकाका पञ्जीकरणका फिल्ड सहायक खगेन्द्र धामी पनि बताउनुहुन्छ । वडामै बैंकका कर्मचारी बोलाएरै भए पनि भत्ता सहज रूपमा वितरण गर्नेबारे छलफल चलिरहेको उहाँको भनाइ छ ।

जिल्लाको दशरथचन्द नगरपालिकाले बैंकको पहुँचभन्दा टाढा रहेका वडाहरूमा वडा कार्यालयबाटै भत्ता वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ । २, ३, ७, ९ र ११ नं वडाका नागरिकहरूलाई सम्बन्धित वडा कार्यालयबाटै भत्ता वितरणको तयारी थालेको हो । जिल्लाको सुर्नया गाउँपालिका(३ वडामा पनि वडा कार्यालयबाटै भत्ता वितरण गर्ने निर्णय भएको छ ।

गत चैतमा दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाइन लाग्नुभएका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भएको थियो । उहाँ सिगास(६, थलाकाँडाबाट सिगास गाउँपालिका(२ स्थित कृषि विकास बैंक पुग्नुभएको थियो ।
 


प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ०८:११
#सिगासको पिडाः
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्