Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको ढुङ्गाडः सेतीले घेरेको गाँउ, भागेर जाने समेत छैन ठाउँ
बैतडीको ढुङ्गाडः सेतीले घेरेको गाँउ, भागेर जाने समेत छैन ठाउँ संकटग्रस्त क्षेत्र घोषणामै सिमित 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, असार १८, २०७९
ढुङ्गाड 10.jpg

कृष्ण बिष्ट 
बैतडी ः  बैतडीको सिगास गाउँपालिका ५ ढुङ्गाडमा गत कात्तिक पहिलो साताको वर्षापछिको बाढीले सेती नदी बस्तीमै पस्यो । सेती नदीले गाउँ नै घेरेपछि बीच भंगालोमा करिब सयभन्दा बढी मानिसहरु फसेका थिए । १ गते राती भंगालोमा फसेका उनिहरु पानीको बहाव कम भएपछि ३ गते बिहान मात्रै उद्धार गरिएको थियो । 
कात्तिक पहिलो साताको वर्षाका कारण सेती नदीले बनाएको भङ्गालोमा फेरी सेती नदी सहजै गाउँमा पस्न सक्ने स्थानीयहरु बताउछन् । ‘दिनकै पिरलो थपिएको छ, स्थानीय कर्ण बहादुर खडायतले भने, वर्षा सुरु भईसक्यो, डरैडरमा बस्नु परेको छ, कुनबेला बस्तीमा सेती पस्नेको ठेगान छैन ।’ 
वर्षा सुरु भएसँगै चिन्ता थपिएको स्थानीय मन्दरा धामिले बताइन् । ‘सेतीले खेतीयोज्ञ जमिन र बस्तीलाई नै बगर बनाइदियो, बगरमै बसेका छौ, जाने ठाउँ समेत छैन’ उनले भनिन् । खेतियोज्ञ जमिनपनि बगर बनेपछि भोकमरीको चिन्ता थपिएको धामीको भनाई छ । 
विगतमा ७ पटकसम्म आएको बाढी भन्दा गत कात्तिकमा आएको बाढीले ढङु्गाड बढी तहस नहस बनेको छ । कात्तिकको वर्षाले बस्तीतर्फ पसेको सेती यस वर्षको वर्षादको समयमा सहजै बस्तीमा प्रवेश गर्ने देखिएको वडा अध्यक्ष राजेन्द्र चन्दले बताए । ‘गाउँतर्फ धेरै कटान भएको छ, गाउँतर्फ थोरै वर्षा भएको अवस्थामा पनि सहजै सेती बस्तीमा प्रवेश गर्छ ’ वडा अध्यक्ष चन्दले भने । नजिक अन्य गाउँ तथा घरहरुसमेत नरहेकाले स्थानीयहरु त्रासमा रहेको वडा अध्यक्ष चन्दले बताए ।  
वडा नं ५ को ढुङ्गाडसँगै सोही वडाको लोडे, लामबगड, वडा नं ६को लेकम र नाकरा त्यसैगरी वडा नं ७ को बोरी बाढी प्रभावित क्षेत्र हुन् । लामबगडमा पनि  स्थानीयका लालपुर्जाका खेतमाथी सेती नदी बगीरहेको छ । डोटीको सिमाना रहेको उक्त क्षेत्रमा खेतहरु पारी डोटीतर्फ छुटेका छन् । 
१७ औँ पुुस्तसम्म ढुङ्गाडले कहिले सुरक्षीत हुन पाएन  !
ढुंगाडका स्थानीयका अुनसार ढुङ्गाड बस्तीको अहिले १७ औँ पुस्ता हो । राम्रो उर्वर भुमी मानिदै आएको ढुंगाडमा ७ सय रोपनी अहिले बगरमा परिणत भएको छ । ८२ परिवार प्रभावित छन् । अहिले सम्म ७ पटक सम्म ढुंगाडमा बाढीले प्रभावित बनेको छ । २०२७, २०४०, २०५७, २०६०, २०६४, २०७० र २०७८ (गत कात्तिक)मा गरी ७ पटक सम्म ढुङ्गाडमा बाडीले प्रभावित पारीसकेको छ । ‘बिगत ७ पटक सम्म बढी आएर खेतहरु यसरी नै बगरमा परिणत बनाई सकेको छ । 
समाजिक अगुवा एवं स्थानीय कर्ण बहादुर चन्दले भने, मानवीय क्षती नभएपनि वर्षाैसम्म खेतहरु खेती गर्न पाएका थिएनौँ, गत वर्ष सबै भन्दा बढी क्षती पुग्यो ।’
बेला बेला आउने बाढीकै कारण त्यहाका स्थानीय बसाइसराई गर्न समेत बाध्य छन् । ढुंगाडबाटै बाढीकै कारण ४० परिवार बसाईसराई गरेर तराई झरीसकेका चन्द बताउछन् ।  ‘आर्थिक रुपमा सम्पन्न भएका परिवार पलायन हुन्छन्, गरिब कहाँ जाने, यो क्षेत्रबाहेक कतै जमिन छैन ।’ उनले भने । 
१७ पुस्ता देखि बस्दै आएको ढुंगाडले बेला बेला समस्या खेप्दै आएको अर्का स्थानीय इन्द्र बहादुर चन्दले जानकारी दिए । ‘बेला बेला आउने बाढीबाट खेत बगर बन्थ्यो, अन्य कुनै ठाउँमा जमिन नभएपनि फेरी ब्यवस्थापन गरेर खेती गर्न लायक बनाउथ्यौँ ।’ उनले भने ।
डोटीको आदर्श गाउँपालिकासँग जोडिएको पालिका रहेकाले पनि त्यहाका स्थानीयहरु समस्या खेप्दै आएका छन् ।  ओहोर दोहोर गर्न  पक्की पूल नहुदा काठेपूलको भरमा स्थानीयहरु ओहोर दोहोर गर्ने गरेका छन् । असार २ गते मात्रै काठेपूलबाट खसेर १७ वर्षीया डल्लु अधिकारीको मृत्युभएको थियो । 
‘बेलाबेला पूल नहुदा समस्या हुदै आएको छ, कैयौँले ज्यान गुमाईसके, यहाको समस्या कहिल्यै समाधान हुने भएन ।’ स्थानीय द्रोपती धामीले भिनन् । 
पश्चिम सेतीको नाममा विकासमा रोक 
पश्चिम सेती परियोजनाले विकासमा अल्मल्याएको पनि पाईएको छ । ठुला विकासका पुर्वाधारहरु सेती परियोजना भन्ने भनिएका कारण अट्किएको समाजिक अगुवाहरुको भनाई छ । अहिले सम्म सेती नदीमा आवस्यक परेको ठाउँमा पूल समेत छैनन् ।  अर्का स्थानीय रण बहादुर चन्दले भने, ‘पश्चिम सेती परियोजना बन्ने भनेकै कारण विकासका कामहरु आएनन्, ठाउँठाउँमा पूलहरु निर्माणको माग भएपनि आएनन्, उनले भने, न पश्चिम सेती बन्ने सुरसार छ, न विकासको काम भए ।’ उनि थप्छन् ‘पश्चिम सेती हुने ठाउँमा लगानी गरिने होईन भनेर विकास हुन पाएन ।’ 
सरकारबाट उपेक्षा 
सरकारले सिगास गाउँपालिकालाई संकटग्रस्त घोषणा गरेको थियो । संघिय सरकारले संकटग्रस्त घोषणा गरेको घोषणामै सिमित रहेको गाउँपालिका अध्यक्ष हरि सिंह धामीले बताए । ‘पालिकाको बजेटले गर्न सक्नेजती गरेकै हौँ, तर त्यहाका स्थानीयहरुको स्तानान्त्रणका लागि पालिकाको बजेटले पुग्दैन, अध्यक्ष धामीले भने, ‘संघिय सरकारसमक्ष लगत संकलन गरेर बुझाईसकेका छौ, त्यसपछि संघीय सरकारले कुनै पहल गरको छैन’ उनले भने । पश्चिम सेती परियोजना बन्ने भनिएका कारण पुनरस्थापना तथा तत्कालै तटबन्धन बनाउने योजना नआएको पनि पालिका अध्यक्ष धामीले बताए । सेती नदीका कारण वडा नं ५, ६ र ७ बढी प्रभावित क्षेत्र हुन् । सिगास गाउँपालिकाले क्षतीको विवरण पनि संकलन गरेर प्रदेश सरकार तथा संघिय सरकारलाई बुझाएको छ । गाउँपलिका अध्यक्ष धामीले अनुसार ३ सय ३२ परिवारको क्षतीग्रस्त भएको विवरण सरकारलाई पठाईसकेको बताए । ढुङ्गाडमा मात्रै ४ सय रोपनी र १ सय घरपरिवार पुर्णरुपमा प्रभावित बनेका हुन् । 
तर ढुङ्गाडका लागि कुनै उपयुक्त पहल भएको छैन । न बस्ती स्तानान्त्रण भयो न तटबन्ध नै । उपयुक्त स्थानमा बस्ती स्तानान्त्ररण गर्नु पर्ने वा सेती नदीमा पक्की तटबन्धन लगाउनुपर्ने त्यहाका स्थानीयहरुको माग थियो । 
सिगास ५ ढुङ्गाडमा बाढीपछि गाउँपालिका अध्यक्ष हरि सिंह धामी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रधानमन्त्री शेर बहादुर देउवाले समेत  अनुगमन गरेका थिए । 
अनुगमनका क्रममा बस्ती ब्यवस्थापन, तटबन्धन निर्माणका लागि आश्वासन दिएकाहरुले अहिले कुनै चासो नदिएको त्यहाका स्थानीयहरुको गुनासो छ । प्रधानमन्त्री शेर बहादुर देउवाले बस्ती स्तानान्त्रणको आश्वासन दिएका थिए । प्रधानमन्त्री शेर बहादुर देउवाले ढुंगाडको बस्ती स्तानान्त्रण अथवा सुरक्षीत तटबन्धन निर्माण गर्ने आश्वासन दिएको वडा नं ५ का निवर्तमान वडा अध्यक्ष एवम कांग्रेस नेता राम बहादुर धामीले जानकारी दिए । छिट्टै ढुंगाडलाई जस्ताको त्यस्तै बनाउने बताएका देउवाले कुनै योजना नदिएको पनि उनले बताए । ‘ढुंगाडलाई पूर्ण रुपमा सुरक्षित राख्न तटबन्धनका लागि बजेट बिनियोजन गर्छाै, फेरी खेति गर्न लायक ढुङ्गाड बनाउछौँ भनेका हुन्, धामीले भने, तर कुनै बजेट बिनियोजन भएन।’ प्रदेश सरकारका मुख्यमन्त्री तथा गृहमन्त्रीले समेत छिट्टै बस्तीलाई सुरक्षित राख्नेगरी तटबन्धन लगाउने भनेको भएपनि कुनै सुनुवाई नभएको अर्का स्थानीय एवं शिक्षक धान बहादुर धामीले बतााए ।   
स्थानीयहरुले बस्ती स्तानान्त्रणको लागि पनि पटक पटक आग्रह गर्दा सुनुवाई नभएको पाइएको छ । पश्चिम सेती परियोजनाको नाममा र पिदको नाममा पटक पटक लगत संकलन गरिएको भएपनि बस्ती कुनै सुनुवाई नभएको त्यहाका स्थानीय बताउछन् । 
सुदूरपश्चिम प्रदेशको विपद व्यवस्थापन परिषदले पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष बैतडीमा १० हजार भन्दा बढी मानसि प्रभावित हुने अनुमान गरिएको छ । नेपाल मनसुन फोरमले यस वर्ष बैतडीमा ३५ देखि ५५ प्रतिशत वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
 


प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्