Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पुर्चौडीमा फोन र इन्टरनेटको झण्जट
बैतडीको पुर्चौडीमा फोन र इन्टरनेटको झण्जट
सीपी लोहिया
सीपी लोहिया बिहीबार, असार ३०, २०७९
No Net No ph Purchaudi btd.jpg

बैतडी
वर्तमान समयमा सहजै फोन र इन्टरनेटको प्रायः सबै ठाउँमा पहुँच हुन्छ । बैतडीमा  अधिकांश दुर्गम ठाउँहरुमा समेत अहिले सहजै टेलिफोन र मोबाइलबाटै इन्टरनेट चल्दछ । तर जिल्लाको पुर्चौडी नगरपालिकाको केन्द्र हाटमा भने, अझै पनि टेलिफोन र इन्टरनेट सेवा सहज हुन सकेको छैन् । 

अन्य बजारहरुको तुलनामा निकै विकसीत हाट बजार फोन र इन्टरनेट सेवाको असहजताका कारण दुर्गम जस्तो भएको छ । 

फोन र इन्टरनेट सेवा सहज रुपले नचल्दा कार्यालयका कामकाज गर्न सकस भएको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुवरले बताए । उनले भने,    ‘सिखर कम्पनीको इन्टरनेट जडान गरिएको छ । यो बेला बेलामा बिग्रिरहन्छ । बिग्रेको कयौदिन सम्म पनि मर्मत गरिदैँन् । गुनासो गर्न कम्पनीको सम्पर्क व्यक्तिलाई फोन गर्दा कहिलेकाँही मात्रै रेस्पोन्स हुन्छ ।’ 

मोबाइलबाट हटस्पट खोलेर कामकाज चलाउने गरेको उनले बताए । कुवरले भने,‘झ्यालमा, रुखमा वा घरको छतमा मोबाइल राखेर हटस्पटका माध्यमबाट काम चलाउने गर्दछौँ । त्यसरी समेत कुनैबेला मात्रै काम हुन्छ ।’

इन्टरनेटको समस्याका कारण नगरपालिकालाई आर्थिक कारोबार, पञ्जीकरणको काम गर्न समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर नेपालीले बताए । उनले भने,‘यसपालि पहिल्यै भुक्तानीका अधिकांश कामहरु सकेकाले सजिलो भयो । जसोतसो काम त सम्पन्न गर्यौँ तर केहि सेवाग्राहिले इन्टरनेटको समस्यामा कारण झण्जट खेप्नुपर्यो ।’

पुर्चौडी हाट बजार २सय बढी पसल तथा होटल भएको व्यवस्थीत बजार हो । यहाँ अन्य ठाउँको तुलनामा कारोबार समेत बढी हुन्छ । यहाँ नगरपालिका कार्यालयका साथै बहुमुखि क्याम्पस, स्कूलहरु, बैंक तथा वित्तिय संस्था, इलाका प्रहरी कार्यालय र दर्जनौँ सरकारी र गैर सरकारी कार्यालयको कामकाज इन्टरनेटका कारण प्रभावीत हुने गरेको छ । गतबर्ष इन्टरनेटको समस्याका कारण पुर्चौडीमा २हजार बढी सेवा ग्राहिले बैंकमा योजनाका खाता समेत खोल्न पाएका थिएनन् । 

हाट बजारका लागि  सोलार पावरबाट टेलिकमको टावर सञ्चालन गरिएकाले समस्या हुने गरेको नेपाल टेलिकम शाखा कार्यालय बैतडीका कार्यालय प्रमुख बिक्रम राम टमटाले बताए । उनले भने,‘विद्युत नभएका सोलार जडित ठाउँहरुमा सञ्चालीत टावरमा मौसमको खराबीका बेला यस्ता समस्याहरु आउने गरेका छन् ।’

पुर्चौडीको कुवाकोटमा सञ्चालीत टावरमा विद्युतको मागका लागि प्रादेशीक कार्यालय मार्फत स्टीमेट पठाएर सरकार समक्ष विद्युतको माग गरेको उनले बताए । 
 


प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्