Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका स्थानियतहका करिब अढाईसय कर्मचारीको करार अवधी थपिएन्
बैतडीका स्थानियतहका करिब अढाईसय कर्मचारीको करार अवधी थपिएन्
सीपी लोहिया
सीपी लोहिया बुधबार, साउन ४, २०७९
DashRath Chand Nagarpalika @baitadi.jpg

बैतडी 
बैतडीका केहि स्थानियतहले करारका कर्मचारीको करार थप नगर्ने भएकाछन् । आवश्यकता बेगर तलवको श्रोत सुनिश्चीत नभई नियुक्त गरिएका जिल्लाका करिब अढाईसय कर्मचारीको करार अवधी थप नहुने भएको हो । 

जिल्लाको दशरथचन्द नगरपालिकाका १सय ३९जना, डिलाशैनी गाउँपालिकाका ५८जना, दोगडाकेदार गाउँपालिकाका १५जना, पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकाका १२–१२जना, पञ्चेश्वर गाउँपालिकाका ६ जनाको करार अवधी नथपिएको सम्बन्धीत स्थानियतहले बताएकाछन् । 

करार अवधी थप नभएका कर्मचारीहरुलाई १ साउन देखि हाजिर नलगाउन सुचीत गरिएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिकाले करार अवधी थप नगरेका कर्मचारीमा अधिकांश  चुनावको १महिना अघिमात्रै नियुक्त भएका व्यक्तिहरु रहेकाछन् । गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले भने,“हामीले २०७८चैत महिनामा नियुक्त गरेका कर्मचारीको करार अवधी नथप्ने निर्णय गरेका हौँ । आवश्यकता नै नभएका ठाउँमा राजनितिक पुर्वाग्रहका आधारमा राखिएका कर्मचारीको तलव व्यवस्थापन गर्न नसकिने भएकाले उनिहरुको करार अवधी थप नगरिएको हो ।”

जिल्लाको शुर्नया गाउँपालिकामा कार्यरत १२जना कर्मचारीहरुको नियुक्ती नथपिने बताइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले भने,“बिगतमा भ्याकेन्सी बिनै नियुक्त गरिएका कर्मचारी हटाउने निर्णयका आधारमा  उनिहरुको करार अवधी नथपिएको हो ।”

जिल्लाको दशरथचन्द नगरपालिकाले सबैभन्दा बढी १सय ३९ कर्मचारीको करार अवधी नथपिएको नगरपालिकाले जनाएको छ ।

पुर्चौडी नगर पालिकामा नगरसभाको निर्णय अनुसार १२जना कार्यालय सहयोगीको करार अवधी थप नगरिएको प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर नेपालीले बताए । यसैगरी पञ्चेश्वर गाउँपालिकामा कार्यरत ६ जना प्राविधिक कर्मचारीहरुले सन्तोशजनक काम नगरेको जनगुनासो आएकाले उनिहरुलाई हाजिर नलगाउन सुचना जारी गरिएको छ ।  

६ महिनाको करार नियुक्ती लिएर काम गर्दै आएका करार कर्मचारीहरु रोजगारीमुक्त हुनुपरेकोमा चिन्तीत बनेकाछन् । 

आफ्नो करार अवधी नथपिएसंगै आगामी दिनमा के गर्ने भन्ने चिन्ता बढेको दोगडाकेदार गाउँपालिका १ रीम कफल्डाका लक्ष्मीदत्त जोशीले बताए । 

उनले भने,‘म २०७३सालदेखी कार्यरत थिएँ । हरेक ६महिनामा करार थपिदैँ आएको थियो । अहिले गाउँपालिकामा बुझ्दा नियुक्ती नबनेकोे कुरा थाहा भयो । अब के गर्ने भन्ने चिन्ता बढेको छ । विगतमा निकालेको ४लाख रकमको किस्ता तिर्नु बाँकी छ । कसरी ऋण तिर्ने भन्ने तनावमा छु ।’

पाटन नगरपालिकामा भने कर्मचारीको अवस्था मुल्यांकन गरि थपघट गर्ने बिषयमा निर्णय हुने नगर उपप्रमुख कमल सिंह बोहराले बताए । उनले भने,“अहिले ३महिना करार अवधी थपेका छौँ । मुल्यांकन समिती बनाएका छौँ । समितिले ३महिना मुल्यांकन गरि प्रगती पतिवेदन पेश गर्छ । सोही आधारमा कर्मचारी थपघट गर्ने निर्णय गरिनेछ ।”

जिल्लाको मेलौली नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाले भने कर्मचारी हटाएको छैन् । आफ्नो गाउँपालिकामा अनावश्यक कर्मचारी नै भर्ना नगरेकाले हटाउनुपर्ने बाध्यता नरहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 
 


प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्