Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा १ अर्ब ३७ करोड बढी बजेट फ्रिज 
बैतडीमा १ अर्ब ३७ करोड बढी बजेट फ्रिज 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, साउन ५, २०७९

बैतडी, 
बैतडीमा संघिय तथा प्रदेश सरकार अन्तरगतका कार्यालयहरुको खर्च प्रगती कमजोर देखिएको छ । गत आर्थिक वर्षको बजेट विवरण अनुसार बैतडीका संघिय तथा प्रदेश सरकार अन्तरगतका  कार्यालयहरुको खर्च प्रगती कमजोर देखिएको हो । 
गत आर्थिक वर्ष २०७८ ०७९ मा प्रदेश सरकारको चालु बजेट ७१ करोड ६० लाख १८ हजार रहेकोमा ६० करोड ९० लाख ४२ हजार ४६ रुपैया १३ पैसा खर्च भएको छ । 
त्यसैगरी प्रदेश सरकारको पुजीगत तर्फ अर्थात विकासे बजेट २ अर्ब ३० करोड ९९ लाख ३१ हजार रहेकोमा १ अर्ब ६४ करोड ६३ लाख १७ हजार ८ सय ९४ रुपैया २४ पैसा खर्च भएको छ ।
संघिय सरकारको  चालु बजेट ६ अर्ब २२ करोड ९२ लाख ३८ हजार ९१९ रुपैया रहेकोमा ५ अर्ब ९१ करोड ५० लाख ८३ हजार ३ सय २७ रुपैया ७ पैसा खर्च भएको छ । संघिय सरकारको विकासे बजेट अर्थात पुजीगत बजेट ८७ करोड २५ लाख ३१ हजार १ सय ८८ रुपैया रहेकोमा ५८ करोड २६ लाख ७ हजार ६ सय ७५ रुपैया ५१ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका सुचना अधिकारी कृष्ण भण्डारीले जानकारी दिए । 
यसरी हेर्दा बैतडीमा संघिय तथा प्रदेश अन्तरगतका कार्यालयहरुको पुजीगत र चालुगत बजेटको १ अर्ब ३७ करोड ४६ लाख ६८ हजार १ सय ६८ रुपैया बजेट फ्रिज गएको छ । 
प्रदेश सरकारको  चालुगत बजेट १० कारोड ६९ लाख ७५ हजार ९ सय ५४ रुपैया फ्रीज गएको छ । प्रदेशकै पुजिगत अर्थात विकासे बजेट पनि ६६ करोड ३६ लाख १३ हजार १ सय ९ रुपैया बजेट फ्रिज  गएको छ । 
त्यसैगरी संघिय सरकारको चालु बजेटबाट ३१ करोड ४१ लाख ५५ हजार ५९२ रुपैया खर्च हुन नसकेर फ्रिज  गएको छ । 
संघिय सरकारकै बिकासे अर्थात पुजीगत बजेट २८ करोड ९९ लाख २३  हजार ५ सय १३  खर्च हुन नसकेर फ्रीज गएको हो ।

के हो बजेट फ्रिज ?

सरकारी बजेट एक वर्षको लागि बनाइन्छ । बजेट एक वर्षमा गरिने खर्च र आम्दानीको अनुमान हो । खर्चको लागि सरकारका प्रत्येक निकायलाई विभिन्न खर्च शीर्षकअन्तर्गत रहेर कति रकम पाउने भनी अख्तियारी दिइन्छ, जसलाई बजेट विनियोजन भनिन्छ । खर्च गर्न उपलब्ध गराइएको रकम र त्यो खर्च गर्न दिइएको अख्तियारी हुँदाहुँदै पनि रकम खर्च नहुनु नै बजेट फ्रिज हुनु हो ।

खर्च नभएको रकम आर्थिक वर्षको अन्त्यपछि खर्च गर्ने अनुमति हुँदैन । त्यो रकम सरकारको कोष, जसलाई सर्वसञ्चित कोष भनिन्छ, त्यसमा रहन्छ । नयाँ आर्थिक वर्षका लागि नयाँ विनियोजन गरिन्छ । अर्को साल उपलब्ध बजेट विनियोजन गरिँदा यो साल सबै विनियोजित रकम खर्च गरको हो वा फ्रिज गराएको हो भन्ने कुरालाई नकारात्मकरूपमा हेरिने सम्भावना हुने हुँदा विनियोजित बजेट फ्रिज नहोस् भन्नेमा सबै पक्ष लाग्छन् । त्यसैले आर्थिक वर्षको अन्त्यतिर गुणस्तरहीन र चलखेलयुक्त खर्च हुने गर्छ ।

दिएको बजेट नै खर्च गर्न नसक्नुको अर्थ या त्यति रकम नै नचाहिने रहेछ या खर्च गर्ने क्षमता नै रहेनछ भनी हेरिने भएकाले बजेट खर्च गर्न प्रेरित हुनु वा दबाब पर्नु स्वाभाविक हो । त्यसैले असारमा झरी पर्दासमेत सडक पिच हुँदै गरेको देखिनु र पिच भएको केही दिनमा नै उप्केको देखिनुको पछाडि बजेट फ्रिज नगर्ने प्रेरणा कारक हुन्छ ।


प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्