Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पहाडमा खानेपानी पुर्तीको उत्तम विकल्प: ‘सोलार लिफ्टीङ प्रविधि’ 
पहाडमा खानेपानी पुर्तीको उत्तम विकल्प: ‘सोलार लिफ्टीङ प्रविधि’ 
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, साउन ८, २०७९

बैतडी, 
 बैतडीको सिगास गाउँपालिका ३ मा ठुलीसैनमा खानेपानी ल्याउनको लागि छिमेकी जिल्लाबाट खानेपानीको जोहो गर्नु पर्दथ्यो । डडेल्धुराको नवदुर्गा गाउँपालिका क्षेत्रबाट करिब २ घण्टाको पैदल हिडेर खानको लागि पानी ल्याउनसपर्ने बाध्यता थियो । खोपानीको अभावमा महिलाहरुको दैनिकी कष्टकर बन्दै आएको थियो । तर करिब २ सय घरपरिवार बस्दै आएको ठुलीसैनमा अहिले अवस्था फेरिएको छ । प्रदेश सरकारको सहयोगमा सोलार लिफ्टीङ खानेपानी योजनाबाट घरघरमा धाराहरु पुगेपछि दैनिकी सहज बनेको छ । 
छिमेकी जिल्ला डडेल्धुराको नवदुर्गाका स्थानीयहरुले ‘हाम्रो पानीको मुहान’बाट पानी लग्न पाइदैन भनेर झगडा गरेको दिनहरु सम्झदै ठुलसैनकी सारती धामीले भनिन्, ‘दुई घण्टाभन्दा बढी पैदल हिडेर खोलाबाट खोपानीको जोहो गर्नुपथ्र्यो, त्यहापनि पानी लग्न पाइदैन भनेर झगडा हुन्थ्यो, अहिले घरघरमा धाराहरु जडान भइरहेका छन्, दैलोमै खानेपानी पुगेपछि सहज भयो,’ उनले भनिन्  । 


प्रदेश सरकारको सहयोगमा ठुलीसैन खानेपानी योजना करिब २ करोड ८० लाख लागतमा निर्माण हुन लागेको लिफ्टीङ् खानेपानी योजना निर्माणको अन्तिम चरणमा छ । ३ किलोमीटर तल सिन्याखेतबाट सोलार लिफ्टीङ प्रबिधिबाट खानेपानी योजना निर्माणको सम्पन्न भइरहेको योजना उपभोक्ता समितिका अध्यक्ष सुन्दर धामीले बताए । 
३ किलोमिटर उकालोमा तानिएको पानीबाट खानेपानीका लागि मात्रै नभइ सिचाइका लागि पनि सहज भएको छ । खानेपानीका जम्म गरिएको ट्याङ्कीबाट बढी भएको पानीलाई सिचाइ टंकीमा जम्मा गरेर सिँचाइका लागि पनि सहज भएको अर्का स्थानीय पारु धामी बताउछिन् । ‘पानीको अभावकै करण बस्तुभाउ समेत पाल्न नसक्ने हामिहरु, आजभोली गाई भैसी पाल्छौ, खेती किर्सानी समेत गर्छाै,’ उनले भनिन् । 

लिफ्ट प्रविधिबाट खानेपानीको सुबिधा पुगेपछि यहाँका महिलाहरुको जिवनशैली नै परिवर्तन भएको छ । पानीको सुुबिधाको कारण केहि आम्दानीका श्रोतहरु पनि जुटेका छन् ।
बस्तीभन्दा माथी मुहान भएपछि मात्रै खानेपानीकाय योजना पाइन्छ भन्ने प्रवृतीको पनि अन्त्य भएको छ  । 


जिल्लाको दोगडाकेदार गाउँपालिका ४ को महरगाउँ खम्तोला निङ्ले पातल भरडी कोठला सोलार लिफ्टीङ खानेपानी योजना निर्माण सम्पन्न भएपछि १ घण्टाको दुरीबाट खानेपानी ल्याउनुपर्ने समस्या टरेको छ । खानेपानीको मुहान नभएर योजना पाउनै मुस्कील भएको उक्त टोलमा खानेपानी पुगेपछि स्थानीयहरुको खुसीको सिमा छैन । ‘राणाकाल देखि कुनै योजना पाएका थिएनौँ, यो यस टोलको पहिलो योजना हो,’ स्थानीय नन्दराम महरले भने, ‘खानेपानीको ठुलो समस्या अहिले ट¥यो, खानेपानीको मुहानै नभएपछि कुनै योजना आउदैन थे, लिफ्टीङ प्रबिधिको योजना सम्पन्न भएपनि दैनिकी सहज भयो ।’ महरटोलका २५ परिवारका लागि खानेपानी घरघरमै पुगरेपछि दैनिकी निकै सहज भएको उनले सुनाए ।  
यता दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पनि समुद्री सतहबाट २२ सय मिटर अग्लो स्थानमा संघिय सरकारको सहयोगमा साढे ३ करोड लागतमा लिफ्टीङ खानेपानी योजना सम्पन्न भएको छ । खानेपानीको मुहान नै नभएको ठाउँमा चार किलोमीटर दुरीमा पाँच ठाउँमा पम्प राखेर अग्लो भीर पार गर्दै मालिकार्जुन गाउँपालिका–२, को कुटिया खोलाबाट न्वालपानी गाउँमा खानेपानी पुर्याएको छ ।
प्रदेश सरकारको सहयोगमा बैतडी र दार्चुलामा १६ वटा योजनाहरु कार्यान्वयको चरणमा रहेका छन् । २२ करोड ५० लाख भन्दा बढी लागमा १६ वटा लिफ्टीङ खानेपानी योजनाहरु निर्माणको क्रममा रहेका छन् । ती मध्ये ३ वटा योजनाहरु सम्पन्न भइसकेका छन् ।  दोगडाकेदार गाउँपालिकाको निङ्ले पातल भरडी कोठला लिफ्टीङ खानेपानी योजना, पञ्चेश्वर गाउँपालिकाको पानडी धामकुडी खानेपानी योजना र दार्चुलाको दुहुगाउँपालिकामा गौमुल खानेपानी योजना सम्पन्न भइसकेको छ । बाकी रहेका १३ योजनाहरु पनि यसै वर्ष भित्र सम्पन्न गर्ने गरी कार्यान्वयनको चरणमा गइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण बहादुर बोगटीले जानकारी दिए ।  
उपभोक्ता समिति मार्फत निर्माण भइरहेका योजनाहरु सम्पन्न भइसेपछि पनि ‘खानेपानी ब्यवस्थापन समिति ’ निर्माण गरीने उनले बताए । उक्त समितिले खानेपानी उपभोग गरेबाफत मासिक रुपमा  उपभोक्ताबाट न्युनतम महसुल उठाएर कोष खडा गर्ने प्रावधान रहेको छ । कोषको रकमले खानेपानी योजनाको स्याहार सम्भार र मर्मतमा खर्च गर्नेगरी कार्यान्वयन भइरहेको डिभिजन कार्यालयका प्रमुख बोगटीले बताए ।
दोगडाकेदार गाउँपालिकामा चारवटा सोलार लिफ्टीङ खानेपानी योजनाहरु निर्माण गरिएको छ । वडा नं ५ मादुई, वडा नं ४ र वडा नं ८ मा पनि एकएक वटा योजनाहरु सम्पन्न भइसकेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । ‘बस्तीभन्दा तल खानेपानीका मुहानहरु थिए ।’ उनले भने, ‘लिफ्टको बिकल्प थिएन, सोलार लिफ्टीङको माध्यमबाट खानेपानी योजनाहरु सम्पन्न गरिएको छ, घरघरमा धाराहरु जडान गरिएका छन्।’  त्यसैगरी वडा नं ३, ६ र ७ मा पनि लिफ्ट सिँचाइ योजनाहरु कार्यान्वयनको चरणमा रहेकोपनि उनले  बताए । प्रदेश सरकार र स्थानीय सरकारको साजेदारीमा योजनाहरु कार्यान्वयनको चरणमा गएको पनि उनले बताए । बस्तीभन्दा माथी मुहान नभएका ठाउँहरुमा बस्तीभन्दा तलको मुहानबाट लिफ्टीङ प्रबिधिबाट माथी बस्तीमा लग्नेगरी लिफ्ट प्रबिधिलाई प्राथमिकतामा राखेको पालिकाले जनाएका छन् । 
खानेपानी मुहान नभएकै कारण खानेपानीको सुबिधाबाट बञ्चित भएका ठाउँहरुमा यतिखेर लिफ्टीङ प्रबिधि बिकल्पको रुपमा बैतडीबाट प्रदेश सभा सदस्य लिलाधर भट्टले बताए । ‘जिल्लामा पहिलो पटक डीप बोरिङ प्रबिधि भित्र्याउन बिभिन्न ठाउँहरुमा अध्यान गरिएको थियो, डीप बोरिङ भन्दापनि लिफ्टीङ प्रबिधि सजिलो देखियो, अहिले ठुला लिफ्टीङ प्रबिधिका आयोजनाहरु सम्पन्न भइरहेका छन् ।’ उनले भने, ‘बैतडीको मेलौलीमा सबैभन्दा ठुलो आयोजना निर्माणको अन्तिम चरणमा रहेकाछन् ।’ 
भौगोलिक रुपमा खानेपानीका मुहान भन्दा टाढा रहेका बस्तीहरुमा लिफ्ट प्रविधिबाट खानेपानी पहुँच पु¥याउने कार्य भइरहेकाले यसले सरकारले अबलम्बन गरेको एक घर एक धारा अभियानमा पनि टेवा पुग्ने उनको बिश्वास छ । 
पहाडी क्षेत्रमा डाडाँमा बस्ती हुने भएकाले खानेपानीका मुहान अभावले लिफ्टीङ खानोपनीका योजनाहरुलाई प्राथमिकतामा रहने गरेका छन् ।


प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्