Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरपालिकाको शिक्षा सम्बन्धी नयाँ मापदण्डमाथी वडास्तरबाटै छलफल हुने 
पाटन नगरपालिकाको शिक्षा सम्बन्धी नयाँ मापदण्डमाथी वडास्तरबाटै छलफल हुने 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, साउन १२, २०७९

बैतडी,   
बैतडीको पाटन नगरपालिकाले शिक्षक दरबन्दी मिलान र बिद्यालय समायोजनको तयारी थालेको छ । कार्यपालिका बैठकबाट मापदण्ड निर्धारण गरेको पालिकाले नगर शिक्षा समितिबाट बिद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको प्रस्तावमाथी छलफल गरेको छ । 
पालिकाले जारी गरेको मापदण्ड अनुसार केहि बिद्यालयहरुको तह घटाइने उल्लेख गरिएको छ । 
नगर शिक्षा समितिले ९ वटा बिद्यालयलाई शिशुमा झार्ने प्रस्ताव अघि सारिएको छ । 
७ विद्यालयहरुलाई कक्षा ३ सम्म झार्ने, ४ वटा विद्यालयलाई ५ सम्म पढाई हुने गरी तह घटाउने प्रस्ताव अघि सारिएको छ । 
अन्य केहि विद्यालयको बारेमा अध्यान गर्ने र निरन्तरताको सुचीमा राख्ने प्रस्ताव अघि सारिएको छ ।  
दरबन्दीको मिलानको बिषयमा पनि उथलपुथलको वातावरण सिर्जना गरिएको छ । तर उक्त विद्यालयको तह घटाउने र शिक्षक दरबन्दी मिलानको विषयमा विना अध्यान र छलफलबाट ह्वात्तै पास गर्न खोजिएको नगरपालिका श्रोतले जनाएको छ ।
यद्यपी समाजिक विकास समितिले भने वडास्तरीय शिक्षा समितिबाट आएको रायका आधारमा अघि बढ्ने बताएको छ । 
शिक्षा क्षेत्रको गतिबिधि हेर्ने समाजिक विकास समितिका संयोजक वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले वडा स्तरबाटै छलफल गरेर निष्कर्समा पुग्ने अडान राखेपछि वडास्तरको छलफलबाट टुङ्गो लगाउने सहमती भएको छ । 
जिल्ला समन्वय समितिका सदस्य, वडा नं ९ मा रहेको सिद्धेस्वर मावि हुक्केडाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाट र सिक्षा साखा प्रमुख बिर्खराज भट्टले लगेको विद्यार्थी संख्याको आधारमा तह घटाउने र शिक्षक दरबन्दी मिलानको उक्त प्रस्ताव छलफलबाट टुङ्ग्याउने आधारमा सहमती जुटेको छ । 
समजिक विकास समिति संयोजक बिष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्र.अ., शिक्षाविद, राजनितिज्ञ र अविभावकहरुबीच गहन छलफलपछि मात्रै बिद्यालय समायोजनको विषयमा टुङ्गोमा पालिकाले पुग्नु पर्ने अडान राखेपछि फेरी छलफलको बिषय बनाइने भएको छ । ‘अहिले नै अधिकार छ भन्दैमा सबै कुरा मनमर्जीले गर्दैनौँ,’ बिष्टले भने ‘सम्बद्ध सबैसँग छलफल गरेपछि मात्रै अघि बढ्छौ ।’ यस बिषयमा वडास्तरबाटै छलफल गर्नुपर्ने र शिक्षा समिति नभएका वडामा छिटो भन्दा छिटो शिक्षा समिति गठन गरि छलफल सुरु गर्न पनि भनिएको बिष्टले बताए । 
नगर उपप्रमुख कमल सिंह बोहराले पनि वडास्तरको छलफलबाटै विद्यालय समायोजन तथा दरबन्दी मिलानको  प्रस्ताव अघि बढाउने बताए । सबैसँग सुझाव संकलन गरिने काम भइरहेको पनि उनले बताए ।
नगर प्रमुख गौरी सिंह रावलले पनि सबैपक्षसँग छलफल गरेर अघि बढ्ने बताए । ‘बटम लाईन भनेकै वडा शिक्षा समिति हो, सबैको राय समेट्न हामिले यो खाका तयार परेका हौँ,’ उनले भने ।
यता जिल्ला समन्वय समितिका सदस्य तथा सिद्धेस्वर माविका विद्यालय वयवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले शैक्षिक गुणस्तर बृद्धीका लागि बिद्यालय समायोजन र दरबन्दी मिलानको खाका नगरपालिका सुहाउदो रहेको दाबी गरे । बिद्यालय समायोजन र दरबन्दी मिलानमा ब्याभारिक पक्षलाई हेरेरपनि बिद्यालय शिक्षकहरुको कोटा निर्धारण गरिएको उनले बताए । आफैले नियम बनाएको नगर कार्यपालिका सदस्य तथा समाजिक विकास साखाका पदाधिकारीहरुले कार्यान्वयन तर्फ चासो नदिएको उनले बताए ।

 यस्तो छ नयाँ मापदण्ड 

पाटन नगरपालिकाको शिक्षा समितिले तयार पारेको बिद्यालयको बिद्यार्थी संख्या अनुपातको शिक्षक दरबन्दी मिलानका लागि नयाँ मापदण्ड बनाएको छ । 
पाटन नगरपालिकामा अब शिशु कोटा आवस्यक भएको बिद्यालयमा २५ जना बिद्यार्थी संख्या हुनपर्ने भएको छ । 
१ देखि ३ सम्मको बिद्यालय सञ्चालनको लागि पनि ३० बिद्यार्थी संख्या अनिवार्य हुने भनिएको छ । ३० जना बिद्यार्थी भयो भने त्यहा २ शिक्षक परीपुर्ती गर्न सकिने भनिएको छ । 
कक्षा १ देखि ५ सम्मको बिद्यालयमा ६५ जना बिद्यार्थी संख्या अनिवार्य तोकेको छ । उक्त संख्याका बिद्यार्थी भयो भने शक्षक संख्या पनि ४ कायम गरिने छ ।
८ सम्मको लागि ११० बिद्यार्थी न्युनतम हुनुपर्ने ब्यवस्था कायम गरिएको छ । ८ सम्म्को बिद्यालयमा ११० कायम भयो भने ८ जना शिक्षक  परीपुर्ती गरिने भनिएको छ । 
कक्षा १ देखि १० सम्मको बिद्यालयमा १७० बिद्यार्थी संख्या अनियार्व हुनुपर्ने भनेको छ सो संख्यामा बिद्यार्थी भयो भने उक्त बिद्यालयमा १३ जना शिक्षक परिपुर्ति गरिने उल्लेख गरिएको छ । 
यसैगरी १ देखि १२ सम्मको बिद्यालयमा २१० बिद्यार्थी अनिवार्य गरिएको छ  उक्त पिबद्यालयमा १६ जना शिक्षकको परिपुर्ती गर्न सकिने भनिएको छ । 


 


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्