Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दाइले नै बुवाको हत्या गरेपछि १७ बर्षिय रमिताको बिचल्ली
दाइले नै बुवाको हत्या गरेपछि १७ बर्षिय रमिताको बिचल्ली १३ बर्ष अघि आमा गुमाएकि उनि अब घरमै एक्ली भइन्
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, साउन १३, २०७९
bhawbihal ramita.jpg

बैतडी
सुक्रबार बिहान ५बजेको समयमा डिलाशैनी गाउँपालिका ५ सेराका २४ बर्षिय लोकेन्द्र जोशीले आफ्नै बुवा ६८ बर्षिय अन्तरामको बन्चरो प्रहार गरि हत्या गरे । 

बुवाको हत्या गरेका दाई जेल जाने निश्चीत भएसंगै १७ बर्षिय रमिता बिचल्लीमा परेकी छन् । रमिताकी आमाको १३ बर्ष अघि नै मृत्यु भएको थियो । 

पीडाले भावविह्वल बनेकि रमिताले भनिन्,‘म चार बर्षकि छदाँ मेरो आमाको मृत्यु भएको हो । बुवा, दाई र म मात्रै घरमा बस्थ्यौँ । अहिले दाईले बुवाको हत्या गरेपछि म एक्ली भएकी छु । मेरो कोहि छैन् । जसको कोही छैन् उस्को भगवान पनि नहुने रैछन् ।’ मृगी रोगबाट पीडित रमिताकी आमा पानि भर्न गएका बेला धारामै मृत भेटिएकी थिइन् । 

चुहिने छानो भएको एक कोठाको घरमा बस्ने रमिताले अहिले कक्षा १२को परिक्षा दिएकीछन् । उनको परिवार सेरा गाउँको सबैभन्दा गरिब हो । लोकेन्द्रलाई डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोश जोशीका बुवा प्रदीपले लघु उद्यम सहजकर्ताको १८ महिने कोर्ष गराउन आर्थिक सहयोग गरेका थिए । तर उनले उक्त कोर्ष पास गर्न सकेनन् । रमिताले भनिन्,‘इडिएफ कोर्षमा पनि फेल भएको दाइले एसइइ पनि पास गर्न सकेका थिएनन् । २बर्ष भारत गएर ९ हजार रुपयाँ मात्रै पठाए, त्यो पैषाले गाई किन्यौ । त्यस बाहेक दाइले कमाई नै गरेनन् । हाम्रो साहारा बुवा मात्रै थिए । बुवाको पनि अहिले यसरी मृत्यु भएपछि म के गरु ? कहाँ जाउ ? मेरो साहारा कोहि छैन् ।’ 

यसरी भयो घटना, बुवा मारेर पनि लोकेन्द्रलाई पछुतो छैन्

अन्तराम जोशी बिहानै ५ बजे उठेर आगनमा मोहि पार्ने पारो धोइरहेका थिए । यसैबेला बन्चरो सहित ढोकाबाट बाहिर निश्केका छोरा लोकेन्द्रले उनिमाथी बन्चरो प्रहार गरे । पहिलो चोट लागेपछि पानी खोज्न गएका उनलाई ५चोट प्रहार हत्या गरिदिए । 

बुवाको हत्या पछि लोकेन्द्र धारा तर्फ गएका थिए । धारामा भेटिएका गाउँलेलाई आफैले हत्या गरेको सुनाएपछि गाउँलेले प्रहरीलाई खबर गरे । लोकेन्द्रले भने,‘मैले केहि समय अघि देखि नै मार्ने योजना बनाएको हुँ । आज मात्रै मौका मिल्यो । मेरो नजरमा ४जना अरुपनि छन् । मैले घटना स्वीकार गरिसकेकाले १बर्ष पनि जेल बस्दैन् होला । मेरो खानामा थुक्ने, मलाई गालि गर्ने भएका कारण मारेको हुँ ।’ 

आफु मृतक अन्तरामको छोरा समेत नभएको लोकेन्द्र बताउछन् । मलाई उस्ले पालेको मात्रै हो । म उस्को छोरा नै होइन् । उनले भने ।’ यसअघि नै १०–१२ पटक मार्न खोजेको उनको भनाई छ ।

लोकेन्द्रको मानसिक अवस्था ठिन नरहेको उनका आफन्त बताउछन् । मृतकका २छोरी र १छोरा छन् । १छोरीको पहिल्यै बिहे भैसकेको छ । रमिताकी दिदि राजमतीको घर महेन्द्रनगर हो । 

बुवाको हत्या गर्ने लोकेन्द्र केहि दिन यता कसैसंग नबोल्ने गरेको स्थानियबासीको भनाई छ । हत्याका अभियुक्तलाई कानुन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए । 

डिलाशैनी गाउँपालिका भरीका टुहुरा बालबालिकाका लागि निति निर्माण गरि टुहुरा बालबालिका लक्षित कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष सन्तोश जोशीले बताए ।  
 


प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्